काठमाडौँ ।
ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्ष २०८२–०८३ को ६ महिनामा ३ अर्ब २५ करोड २१ लाख रूपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कमाएको नाफा गत आवको सोही अवधिको तुलनामा ६.५० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा भने बैंकले ३ अर्ब ५ करोड ३५ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।
गत आवको दोस्रो त्रैमाससम्ममा ८ अर्ब २९ करोड ८५ लाख रूपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी चालू आवको सोही अवधिमा ३.३२ प्रतिशतले घटेर ८ अर्ब २ करोड २३ लाख रूपैयाँ सीमित भएको छ । चालू आवको पुससम्ममा बैंकको खुद फि तथा कमिसन आम्दानी १ अर्ब ७५ करोड ६२ लाख रूपैयाँ छ जुन गत आवको तुलनामा ९.७३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा भने बैंकको यस्तो आम्दानी १ अर्ब ६० करोड ४ लाख रूपैयाँ थियो ।
यस अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम २ अर्ब २० करोड ३७ लाख रूपैयाँबाट बढेर चालू आवमा २ अर्ब ४३ करोड १ लाख रूपैयाँ पुगेको छ । चालू आवको दोस्रो त्रैमासमा बैंकको सञ्चालन मुनाफा १.६८ प्रतिशतले बढेर ४ अर्ब २७ करोड ६३ लाख रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो मुनाफा ४ अर्ब २० करोड ४२ लाख रूपैयाँ थियो ।
यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आवको दोस्रो त्रैमासमा १६.०२ रूपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी चालू आवको सोही अवधिमा आइपुग्दा बढेर १७.०६ रूपैयाँ पुगेको छ । पुस मसान्तसम्मको बैंकको प्रतिसेयर नेटवर्थ १७५.२९ रूपैयाँ र मूल्य आम्दानी अनुपात १३.२४ गुणा छ ।
चालू आर्थिक वर्षको छ महिनाको बैंकको वितरणयोग्य नाफा १ अर्ब ४२ करोड १० लाख रूपैयाँ छ । ब्याज बक्यौताका कारण बैंकले ३४ करोड १ लाख रूपैयाँ नियामकीय कोषमा जम्मा गरेको छ । बैंकको सञ्चित नाफा २ अर्ब ४२ करोड ६६ लाख रूपैयाँ छ । ३८ अर्ब ११ करोड ५८ लाख रूपैयाँ चुक्तापूँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब २७ करोड ८ लाख रूपैयाँ छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप ६ खर्ब ५ अर्ब ८८ करोड र कर्जा ४ खर्ब ३२ अर्ब ९६ करोड रूपैयाँ छ । बैंकको निष्क्रिय कर्जा गत आवको दोस्रो त्रैमासमा ४.८६ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा आइपुग्दा भने ४.९१ प्रतिशत कायम भएको छ । बैंकको प्राथमिक पूँजीकोष अनुपात ९.७१ प्रतिशत र त्रैमासको औसत आधार दर ५.१६ प्रतिशत छ ।








प्रतिक्रिया दिनुहोस्