नेपाली संस्करणमा तटस्थता र मौनता !



इतिहासले धेरै पटक देखाएको छ । आकस्मिक विद्रोह, भावनात्मक उभार, वा सामाजिक सञ्जालको जोशले सत्ता हल्लाउन सक्छ, तर नयाँ व्यवस्था निर्माण गर्न सक्दैन । त्यसका लागि निरन्तर वर्गीय संगठन, वैचारिक स्पष्टता, सैद्धान्तिक दृढता अनि अनुशासित क्रान्तिकारी राजनीतिक पार्टी अनिवार्य हुन्छ । नत्र क्रान्ति नामको उभार पनि अन्ततः पुरानै शक्तिको हातमा अपहरित हुन्छ ।

विष्णु पादुका

दुईटा कुरा छ नेपालीमा बिरोध या समर्थन । कि डटेर बिरोध गर कि आँखा चिम्लेर समर्थन। तटस्थ भएर कोहि केहि बोल्छ भने उसको उदय सम्भावना समाप्त प्राय हुन्छ। यो अस्तित्वको शङ्कट गजबको भएरै जो कोहि तटस्थ वस्दैन । तटस्थहरू सबैको शत्रु हुन्छन। तटस्थहरू सबैका लागि हानिकारक हुन्छन्। उनिहरूको कुरा अनेक वादहरूसँग पनि वाझिन्छ। उसो त तटस्थलाई खास स्वार्थको अपेक्षा नहुनुले नै यो चक्र चलेको हुनुपर्छ। जुन सुकै समय होस् सत्ता परिवर्तनको सास्व छोन हतार हुन्छ जो कोहिलाई राजनितिक नेतृत्व होस् या नेतृत्वका उत्रतायाका कथित विद्वान। तटस्थता भनेको निष्क्रियता त हुँदै होइन। सत्यप्रति निष्ठा राख्दै अन्यायको दबाबमा पनि विवेक नहराउनु पो होला भनी ठान्छ म। कहिलेकाहीं तटस्थ रहनु नै सबैभन्दा कठिन तर सबैभन्दा मानवीय निर्णय हुन्छ। त्यो कठिनता झेल्न अझ कठिन हुनाले तटस्थ व्यक्ति साना ठुला परिवर्तनको छायामा हुन्छन् । कहिलेकाही मौनता सौभेको जस्तो देखिन्छ । तटस्थता र मौनताका विच के कति भिन्नता र समानता होलान् घोत्लिन मन लाग्दैछ। चटस्थको एउटा उभिने जग हुन्छ। जग कहिले सामाजिक कहिले राजनीतिक व कहिले अन्तरास्ट्रिय धरातलमा खन्नुपर्ने हुने रहेछ। अहिले देशले भोगेको पछिल्लो आन्दोलन बिद्रोह या क्रान्तिलाई पनि अलग दृष्टिकोण बाट हेरिनु पर्छ। इतिहास सधै आन्दोलनबाट मात्र बदलिएको छैन, र विद्रोहबाट मात्र पनि शान्ति कायम भएको हुँदैन । कतिपय समत्रहरू आफैमा भिन्न हुन्छन् । जहाँ एक पुस्ता स्वयं नै प्रश्न बन्छ। उसले आफूलाई आन्दोलन भन्न पनि सक्दैन विद्रोही साचित गर्न पनि सक्दैन। आजको जेन्जि बेतना त्यही सीमारेखामा उभिएको छ।
आन्दोलन भनेको संरचनासँग संवाद हो । त्यहाँ माग हुन्छ, समय हुन्छ, रणनीति हुन्छ सिमित प्रतीक्षा पनि हुन्छ। विद्रोह। विद्रोह भनेको संरचनासँगको विच्छेद नै हो। बिद्रोह आक्रामक हुन्छ। संवाद सकिएपछी आक्रोशको बोल्ने पालो आउँछ। तर जेन्जि अभिव्यक्तिमा संवादप्रतिको विश्वास टुटिसकेको छ। र विच्छेद गर्ने सामर्थ्य अझै बनेको छैन। यसैले आजपनी यो आन्दोलनजस्तै धैर्यवान देखिन सकेको छैन। नव बिद्रीहजस्तै निर्णायक नै भएको देखिन पाइयो ।

आजको पुस्ता अनभिज्ञ छैन। कम्तिमा आफ्ना आवश्यकता माथी ऊ सचेत छ। अनावश्यक सहनशीलता उसले झेल्न सकौन। नसहनु र सहन बाध्य पार्नुको टकराव जहिल्यै श्रतियुक्त हुन्छ । सामान्य सामाजिक सिद्धान्त हो यो तर सत्ता अन्धताको टेवलमा यस्तो कुरा देखिदैन। त्यसैले जुनसुकै सत्तामा आन्दोलन बिद्रोह र विरोध लुकेकै हुन्छन् । सत्ता प्राय अहंको दवावले बलियो बनेको भ्रममा हुन्छ। त्यसैले त्यो आन्दोलन अन्तरालको चेतना थियो भन्नु नै उपयुक्त हुन्छ। यस पुस्ताले जन्मिँदै संकट देख्यो । अस्थिर राजनीति, असुरक्षित रोजगारी, बेरोजगारी, मूल्याविहीन प्रतिस्पर्धा र भविष्यलाई व्यापार बनाएको राज्जासता, यस्तो अवस्थामा धैर्य गरः। भन्ने उपदेश दार्शनिक होइन, क्रूर रूपमा चित्रीत हुन्छ नै। तर आक्रोश मात्रै पनि दर्शन त होइनात्यसैले जेन्जि चेतना नारा होइन, प्रश्न हो जुन यथावत छ। यो शासन उल्ट्याउने घोषणाभन्दा बढी सत्ताको अर्थ खोज्ने एउटा खोज थियो। दवाब भेल्न बाट मुक्त हुनुपर्छ भन्ने एउटा सन्देश थियो। सामाजिक सञ्जाल ग्रसको बलियो माध्यम बन्यो। त्यहाँ शब्द छिटो बग्छ। भावना भनु छिटो बाडिको रूपमा हेलिन्छ। तर गति बढ्‌दा गहिराइ बढ्ने खतरा पनि उत्तिकै हुन्छ। जुन कुरा निकै छिटो देखियो । तात्विक अन्तर आएको छैन अवस्था र व्यवस्थामा तर बेस्सरी झस्काएको छ सम्पूर्ण संयन्त्रलाई । लिखित अलिखित कानुनका दफा समेत किरिङ्ग मिरिन पारिदिएको छ यो बिद्रोहले। वास्तवमा कुनै पनि चेतना सतही हुँदैन। त्यसको जरा कतै न कतै बलियो गरि टेकिएको हुन्छ, फैलिएको हुन्छ। कहिलेकाही भाषा अपुरो हुन गएको देखिन्छ। व्यवहारिक बितृष्णाले उब्जाउने आक्रोश खतरापूर्ण हुन्छ है भन्ने सन्देश दिलाउन दर्जनीले ज्यान दिनुफ्यो। भौतिक क्षती जहिले पनि मानविय क्षतिको तुलनामा माथी हुँदैन।

तटस्थ दृष्टिले हेर्दा जेनिन्ज अभिव्यक्ति नैतिक रूपमा वैध थियो र छ। दाशीनेक रूपमा सैद्धान्तिक रूपमा अधूरो देखिनाले आज पनि आलोचनाका स्वर जताततै सुन्न पाइन्छ । यसको शक्ति असैयता सत्यतामा आधारित थियो। सिमाहिनताको विरुद्ध थियो। देखावटी विरुद्ध थियो। जागरण अनिवार्य छ भन्ने पक्षमा थियो। हरेक कुराका कमजोरी हुन्छन् नै। यसको कमजोरी विकल्पको अस्पष्टतामा देखियो। तर इतिहासले सधै पहिले विकल्प जन्माएको छैन र हुँदैन। कहिलेकाही पहिले आक्रोश बोल्छ र पछि विचार जन्मिन्छ। त्यही भएको हो यहाँ। तर त्यसैको साख छोप्न हतारो देखिएको छ। मार्क्सवादी राज्यसिद्धान्तको कलेबरमा उभिएको भए पनि राज्य तटस्थ संख्या होइन। यो परस्पर विरोधी वर्गबीचको शक्ति सन्तुलनको औजार नै हुनेगर्छ। उत्पादनका साधनमाथि जसको नियन्त्रण छ राज्य अन्ततः उसकै हितमा झुक्छ। राज्यले लोकतन्त्र, गणतन्त्र, समावेशिता, संघियता जस्ता चम्किला आचरण प्रयोग गर्छ तर त्यसले वर्गीय शोषणलाई सदैव लुकाउने मात्र काम गर्छ, अन्त्य गर्दैनः सर्वहारा अधिनायकत्वको अवधारणा कम्तीमा यति इमानदार छ कि उसले आफ्नो वर्गीय चरित्र स्वीकार गर्छ। तर आज सम्म चरित्र चित्रमा देखिन नसक्नु नै राजनीतिक असफलता सावित भएको छ। राज्यको नीति, अर्थतन्त्रको दिशा, र शक्ति(संरचना जस्ताको तस्तै रहँदा, व्यक्तिहरू फेरिनु मात्रले आम गरिखाने वर्गको जीवनमा गुणात्मक परिवर्तन आउँदैन। त्यस अर्थगा फलानो ढिस्कानों जो आए पनि हुँदाखाने वर्गलाई राज्य भए‌को अनुभूति हुँदैन । हुनेखाने बर्गले त कुन बेला कुन पल्ला भारी छ त्यही दाड हेरि बस्छ। भौनताको हतियारमा धार लाउन सिपालु हुन्छ त्यो बर्ग। यहाँ समस्या व्यक्ति होइन संरचनामै समस्या थियो। तर ब्यक्ति फेरेर चित्त बुझाइएको छ। त्यसैले यो समय यसलाई महिमा गाउन मात्र प्रयोगमा ल्याइनु हुँदैन। यससँग गम्भीर संवाद हुनुपर्ने थियो। यदि यस चेतनाले आफ्नो आक्रोशलाई विचारमा रूपान्तरण गर्न सक्यो भने बल्ल त्यो आन्दोलन बन्छ। आन्दोलन निरन्तर आवश्यक हुन्छ। यसो हुन सकेन भने तुला बिद्रोह र विस्फोटमा पनि अपेक्षाहरू लायामै पर्छन्। अहिलेको खतरा यहि हो।

जेन्जि बिद्रोह आज इतिहासको दोबाटोमा उभिएको छ। एक बाटो सजिलो छ, जे भयो भयो। क्षतिको लागि गोहिको आँसु चुहाएर खुम्बुम्याउने । अर्को बाटो कठिन छ तर अर्थपूर्ण छ। तर त्यसले गति लिन नसक्दा श्रद्धाञ्जलीमै सकिने छ अर्को एक प्रस्ता। इतिहासले धेरै पटक देखाएको छ। आकस्मिक विद्रोह, भावनात्मक उभार, वा सामाजिक सञ्जालको जोशले सत्ता हल्लाउन सक्छ तर नयाँ व्यवस्था निर्माण गर्न सक्दैन । त्यसका लागि निरन्तर वर्गीय संगठन, वैचारिक स्पष्टता, सैद्धान्तिक दृढता अनि अनुशासित क्रान्तिकारी राजनीतिक पार्टी अनिवार्य हुन्छ। नत्र क्रान्ति नामको उभार पनि अन्ततः पुरानै शक्तिको हातमा अपहरित हुन्छ । हरेक व्यवस्थाका सीमाना हुन्छन् ती सिमा भित्र रहेर कति कुरा सम्बोधन हुनै सक्दैनन् । कति अन्तर्राष्ट्रियस्तरका दवाव हुन्छन् ती पनि भयावह विद्रोहले मात्र समाप्त हुँदैनन् । प्रजातन्त्र होस् या लोकतन्त्र सधैं सबैका लागि थिएन।। आज पनि औपचारिक रूपमा सबै बराबर देखिए पनि, आर्थिक असमानताले राजनीतिक अधिकारलाई खोक्रो बनाइदिएको छा भोट दिन पाउनु र सत्ता निर्णय गर्न सक्नु एउटै कुरा होइन। आर्थिक असमानतार बेरोजगारी समस्याको सम्बोधन गन्यो त यो आन्दोलन या बिद्रोहले रु बहुसंख्यक भूइँमान्छे नीति(निर्माणको केन्द्रभन्दा अभी बाहिर छन । देख्न देखाउन, लेख्न लेखाउन जे भए पनि यो व्यवस्था मुठ्ठीभरका लागि कार्यरत छ आम जनताको लागि होइन। यस संरचनाभित्र रहेर पूर्ण प्रतिनिधित्व सम्भव छैन। तर यसले निराशा होइन, दीर्घकालीन, सचेत र संगठित संघर्षको उज्यालो बाटो चाहिँ देखाएको छ। यो कुरा कोरा नारा नभएर इतिहासले दिए‌को कठोर पाठ हो। देशीविदेशी सबै सता दासयुगका अवशेष हुन्। सत्ता बन्नुपूर्व र सता आसिन भएपछिका उसका कुरा र व्यबहारमा जहिल्यै अन्तर हुनेगर्छ। जनतालागी भनेर जनतालाई नै शोषण गर्नु सत्ताको अन्तरनिहित चरित्र हो।

दलिय व्यवस्थामा अझ दलिय सता बलियो हुन्छ। पछिल्लो आन्दोल या बिद्रोहले त्यो सत्तालाई मलजल पुगेको अनुभूति चाहिँ प्रत्यक्ष देखिदै छ। अपेक्षा संस्कार फेर्ने भएपनी व्यक्ती फेरिदै गए‌को हेरेर चित्त बुझाउनु आजको बाध्यता हो । आलोचनात्मक चैत एउटा कुरा हो अन्धभक्ती अकर्को कुरा, बलियो लाग्ने सबैकुरा असल हुन्छ भनी ठान्नु मुर्खता साबित हुनसक्छ । अहिलेको राजनीति परिदृश्य अख्त निर्णायक र नैतिक रूपमा गम्भीर अवस्थामा छ। कुनै पनि व्यति तटस्थता र मौनतामा विश्वास गर्दैन। तटस्थता भन्नाले म कुनै पक्षमा छैन भन्ने दाबी हो। तर वर्गीय, शोषणकारी राजनीतिक संरचनामा तटस्थता व्यवहारतः असम्भव भएको देखिन्छ। किनभने राज्य आफै पक्षपाती छ ९पूँजी र शक्तितर्फ० नीति आफै शोषणमुखी छ। हिंसा, बहिष्कार लुट संरचनात्मक रूपमा भइरहेकै छन् । यस्तो अवस्थामा म बीचमा उभिएको छु भन्नु अन्ततः यथास्थितिलाई स्वीकार गर्नु नै हुन्छ। त्यसैले त भनिन्छ नि, अन्यायको बीचमा तटस्थ रहनु भनेको शक्तिशालीको पक्ष लिनु हो। मौनता भनेको सधै हर पलायन वा अवसरवाद मात्र पनि होइन । कहिलेकाही विचारमा परिपक्व हुन नपुगेको अवस्था या रणनीतिक प्रतीक्षा भनेर पनि परिभाषित हुन्छ गौनता। भाषाले धोका दिने समय र शब्दभन्दा कर्म आवश्यक भएको क्षणमा प्रतिरोधकै एक रूप पनि हुन सक्छ नि। तर यो क्रम लामो समय कायम रहनु हुँदैन। यदि मौनता अन्याय देख्दादेख्दै पीडितको आवाज दबिएका बेला सत्य बोल्ने ठाउँ हुँदाहुँदै अपनाइन्छ भने, त्यो मौनता अपराधका लागि सहयोगी बन्छ। वर्तमान राजनीतिक सन्दर्भमा तटस्थता प्रायः गलत मान्न सकिन्छ। किनकि यसले शोषणको संरचनालाई वैधता दिन्छ। मौनताले सर्तसहितका सम्भावनालाई हस्तक्षेपतर्फ जाने तयारी रोकासक्छ ।

शोषित वर्गको दृष्टिकोणबाट हेर्दा तटस्थता विलासिता हो मौनता पनि लामो समयको विकल्प होइन। किनकि तिनीहरूलाई मौन बस्दा पनि शोषणबाट छुटकारा हुँदैन । अन्धो तटस्थता भन्दा सचेत, जिम्मेवार र अस्थायी मौनता कम हानिकारक हुन्छ। तर सबैभन्दा सही स्थिति भनेको मौनता तोड्ने तयारीसहितको स्पष्ट पक्षधरता हो। यही नै अहिलेको समयको नैतिक माग हो। सचेत नेपालीले कसरी आफ्नो विचार सम्प्रेषण गर्लान् र त्यसले एउटा मुर्तरूप लेला रु भविष्यको चिन्ता भविष्य अनिश्चित भएकोलाई पनि हुनेरहेछ। पार्टीका होलसेल पसलको अभाव भएर देश बिग्रेको हो कि पसलेहरूको स्तर उन्नति भएर जो कोहि सेलिब्रेटी बन्नु र उनिहरूलाई सत्ता आरोहण गर्ने अवसर दिने रु प्रश्न जति गंभिर छ जवाफ उत्तिकै जटिल। नेपालीजनले दिने विश्वास विश्वास लायक बन्न सकोस् कामना गरौं ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार