बुटवल ।
लुम्बिनी प्रदेश सभा चार प्रदेशसभा सदस्यले राजीनामा दिएका छन् । प्रतिनिधि सभामा उम्मेदवार बन्नको लागि ४ जना सांसदले राजीनामा दिएपछि उक्त पद रिक्त भएको हो ।
राजीनामा दिनेहरूमा नेपाली कम्युनिस्ट पार्टीबाट प्रदेश सभा सदस्य रहेका धन बहादुर मास्की दाङ क्षेत्र नम्बर ३ (ख) र कृष्णा केसी बाँके क्षेत्र नम्बर १(क) रहेका छ ।
नागरिक उन्मुक्ति पार्टीका धर्म बहादुर चौधरीले पनि राजीनामा दिएका छन् । मास्की, केसी र चौधरी प्रदेशसभामा मन्त्रीसमेत रहेका थिए । लोसपाका कन्यौया बनियाले पनि राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सचिव दुर्लभ पुन मगरले चारै सिट रिक्त भएको जानकारी दिएका हुन् ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्