कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर–१० स्थित आरएम अस्पताल प्रालिको दोस्रो वार्षिकोत्सव अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा सोमबार कन्सल्टेन्ट फिजिसियन सेवा र स्त्री तथा प्रसूति रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
अस्पतालका प्रशासन सहायक राजेन्द्र न्यौपानेका अनुसार शिविरमा २६२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा स्त्री तथा प्रसूति रोग र कन्सल्टेन्ट फिजिसियन सेवाअन्तर्गत स्वास्थ्य परीक्षण गरिएको थियो । सो अवसरमा निःशुल्क ओपिडी सेवा, २० प्रतिशत छुटमा भिडिओ एक्सर–रे र डिजिटल एक्सर–रे, निःशुल्क सुगर तथा प्रेसर जाँच र ४० प्रतिशत छुटमा मेडिकल ल्याब जाँच गरिएको उनको भनाइ छ ।
यस्तै दोस्रो वार्षिकोत्सवकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ पुरुष र एक महिलासहित ३८ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महताराले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्