विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वजलाई निर्वाचन आयोगले अद्यावधिक गरेको विरुद्ध नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह सर्वोच्च अदालत गएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको टोली रिट लिएर अदालत पुगेका थियो ।
सर्वोच्चमा पुगेर खड्कासहित नेताहरूले मुख्य रजिस्ट्रार विमल पौडेलसँग भेटेर निर्वाचन आयोगको निर्णयविरूद्धको रिटलाई आइतबारै पेसीमा राख्न माग राखेका गरेका थिए । तर हरेक दिन सर्वोच्च अदालतमा बिहान साढे १० बजे नै गोलाप्रथा अनुसार पेसी तोक्ने व्यवस्था रहेकोले मुख्य रजिस्ट्रार पौडेलले सर्वोच्च अदालत नियमावलीअनुसार आजै पेसी राखेर सुनुवाइ गर्न नमिल्ने जबाफ दिएका छन् ।
सर्वोच्च अदालतले आज कांग्रेस नेताहरूको रिट दर्ता गरेपछि अब ६ गते मंगलबार मात्रै पेसी चढ्ने भएको छ । सोमबार पनि सार्वजनिक बिदा रहेकोले अब पेसीका लागि ६ गते कुर्नुपर्ने भएको हो ।
विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेकोमा देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने बताउँदै आएको छ । तर निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई नै अद्यावधिक गरेपछि त्यसविरुद्ध देउवा पक्ष अदालत गएको हो ।









प्रतिक्रिया दिनुहोस्