टिकट नपाएपछि योगेश भन्छन्, ‘विचलित नहुनुस्‌’



नेपालगन्ज, ४ माघ
प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनमा केही चर्चित अनुहार नपरेपछि असन्तुष्टिहरु व्यक्त हुन थालेका छन् । अध्यक्ष केपी शर्मा ओलीले गत महाधिवेशनमा आफ्‌नो विपक्षमा चुनाव लडेका केही चर्चित नेताहरुलाई टिकट वितरणमा छुटाएका छन् । यस विषयमा केही नेताहरु मुखरित भएरै असन्तुष्टिहरु व्यक्त गर्न थालेका हुन् ।

यसैबीच, एमाले उपमहासचिव समेत रहेका योगेश भट्टराईले ‘निर्णय सुनेर विचलित नहुन’ भन्दै फेसबुमा स्टाटस लेखेका छन् । उनले भनेका छन्, ‘अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्छु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार