देउवा समूह अदालतमा



नेपालगन्ज, ४ माघ
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वजलाई निर्वाचन आयोगले अद्यावधिक गरेको विरुद्ध नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह सर्वोच्च पुगेको छ ।
शनिबार बसेको देउवा समूहको बैठकले निर्णय गरेको निर्वाचन आयोगले थापा समूहलाई आधिकारिकता दिनु गलत भएको जिकिरसहित अदालत जाने निर्णय थियो । सोही बमोजिम कार्यवाहक सभापति पूर्णबहादुर खड्का रिट लिएर अदालत पुगेका हुन् ।
विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेकोमा देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने बताउँदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार