काठमाडौँ ।
नेपालमा मनसुनको समयमा लामो समयसम्म पानी पर्ने र हावामा आद्र्रता बढी हुने भएकाले कपडा धुने र सुकाउने काम केही झन्झटिलो हुन सक्छ । घाम नलाग्दा कपडा सुक्न समय लाग्ने, कपडामा ओसिलोपन वा गन्ध रहने तथा सुकाउन पर्याप्त ठाउँ नहुने जस्ता समस्या धेरै घरपरिवारले अनुभव गर्ने गर्छन् । यस्ता अवस्थालाई ध्यानमा राख्दै एलजीले एआई डिडी २.० वासर एन्ड ड्रायर नेपाली बजारमा ल्याएको छ ।
एउटै मेसिनमा कपडा धुने र सुकाउने सुविधा रहेको यस वासर एन्ड ड्रायरले बदलिँदो मौसममा दैनिक लन्ड्री रुटिनलाई अझ सहज बनाउन सहयोग गर्ने कम्पनीको भनाइ छ । एलजी एआई डिडी २.० वासर एन्ड ड्रायर विभिन्न परिवारका आवश्यकता अनुसार २०÷१० केजी, १५÷८ केजी, ११÷७ केजी र ८÷६ केजी क्षमतामा उपलब्ध छ ।
स्मार्ट प्रविधिसहित सहज लन्ड्री केयर
एलजी एआई डिडी वासर एन्ड ड्रायरमा कपडाको हेरचाह र दैनिक लन्ड्रीलाई अझ सहज बनाउन विभिन्न उन्नत प्रविधि समावेश गरिएको छ । एआई डिडी २.० प्रविधिले कपडाको तौल र फेब्रिक प्रकार पहिचान गरी त्यसअनुसार उपयुक्त फेब्रिक केयर प्रदान गर्न सहयोग गर्छ । स्टीम एलर्जी केयर एन्ड स्टीम रिफ्रेसले परीक्षण गरिएको अवस्थामा ९९.९ प्रतिशतसम्म सामान्य एलर्जीकारक तत्व कम गर्न, गन्ध घटाउन र कपडालाई रिफ्रेस गर्न सहयोग गर्छ ।
एलजी थिनक्यूको माध्यमबाट स्मार्टफोन प्रयोग गरी वासरलाई अनुगमन र नियन्त्रण गर्न सकिन्छ । इजी डिस्पेन्सले लन्ड्री लोडअनुसार आवश्यक डिटर्जेन्ट र सफ्टनरको मात्रा स्वतः वितरण गर्छ, जसले डिटर्जेन्टको अनावश्यक प्रयोग घटाउन र लन्ड्रीलाई अझ सहज बनाउन सहयोग गर्छ । ६ मोसन डाइरेक्ट ड्राइभ + एआई वासले लन्ड्री लोडको तौल र फेब्रिकका विशेषता पहिचान गरी वासिङ साइकललाई अनुकूल बनाउन सहयोग गर्छ ।
६ मोसन डाइरेक्ट ड्राइभले हातले धुँदा गरिने विभिन्न गतिविधिबाट प्रेरित ड्रम मुभमेन्ट प्रयोग गर्दै कपडालाई प्रभावकारी रूपमा सफा गर्न र फेब्रिक केयर गर्न सहयोग गर्छ । टर्बोवास ३६० ले ३९ मिनेटमै शक्तिशाली धुलाई प्रदान गर्दै कम पानी र ऊर्जाको प्रयोगमा प्रभावकारी धुलाई गर्न सहयोग गर्छ ।
मनसुनमा लन्ड्रीलाई अझ सहज बनाउने सुविधा
मनसुनको समयमा मौसमका कारण बाहिर कपडा सुकाउन कठिन हुन सक्छ । यस्तो अवस्थामा एलजी एआई डिडी २.० वासर एन्ड ड्रायरले एउटै उपकरणबाट कपडा धुने र सुकाउने सुविधा प्रदान गर्दै दैनिक लन्ड्री रुटिनलाई अझ सहज बनाउन सहयोग गर्छ । अब मौसमअनुसार कपडा सुकाउने समय र ठाउँको चिन्ता केही कम गर्दै, एउटै उपकरणबाट वास एन्ड ड्राइ गर्न सकिन्छ ।
एलजी एआई डिडी २.० वासर एन्ड ड्रायर नेपालभर एलजीको आधिकारिक खुद्रा सञ्जालमा उपलब्ध छ । यो सिजी डिजिटल, एलजी ब्रान्डसप तथा आधिकारिक एलजी विक्रेतामार्फत खरिद गर्न सकिन्छ । साथै, ग्राहकका लागि शून्य प्रतिशत इएमआई किस्ताबन्दी सुविधा समेत उपलब्ध रहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्