सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट



काठमाडौँ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न गरेको छ । ललितपुरस्थित होटल रोयल टुलिपमा आयोजित उक्त समारोह देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा आबद्ध भई ‘क्लब योजना’मा सफलता हासिल गर्न सफल बीमा सल्लाहकारहरूको सम्मान तथा प्रोत्साहनका लागि कार्यक्रम लक्षित थियो ।

कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरत कुमार तोदी र केशवराज केसी तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो । अध्यक्ष केडियाले क्लब सदस्यता प्राप्त गर्न सफल बीमा सल्लाहकारहरूले कम्पनीको व्यवसाय वृद्धिमा खेलेके भूमिकाको प्रसंशा गरे । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरू कम्पनीको मेरुदण्डका रूपमा रहेको भन्दै प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने बताए ।

डेपुटी सीईओ निराजन कँडेलले जीवन बिमामा आफूअन्तर्गतको टिमको महत्व र सहकार्य गर्दा सफल भइने बताए ।कम्पनीले आर्थिक वर्ष २०८२–०८३ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब, आकाश क्लब, ग्यालेक्सी र कसमस क्लबका योजनाहरू प्रस्तुत गरेको छ । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम बीमाशुल्कको लक्ष्य तोकिएको हुन्छ ।

तोकिएको लक्ष्य हासिल गर्न सफल बीमा सल्लाहकारहरू क्लबको सदस्यता प्राप्त गरी कार्यक्रममा सहभागी हुन्छन् । सबै क्लब सहभागिहरू तथा देशभरबाट वैयक्तिक कोड र टीम व्यवसाय अन्तर्गत उत्कृष्ट तीनमा पर्न सफल बीमा अभिकर्ताहरूलाई कम्पनीले सम्मान गरेको छ । अन्तर्राष्ट्रिय र राष्ट्रिय अवार्डहरू प्राप्त गर्न सफल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार