काठमाडौँ : गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन्। बिहीबार कुपण्डोलमा बसेको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको बैठकले चालिसेलाई प्रवक्ता नियुक्त गरेको हो।

बैठकले चालिसेलाई प्रवक्ता मनोनित गरेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। विशेष महाधिवेशनका लागि अभियान चलाउने कांग्रेस नेतामध्ये चालिसे पनि एक हुन्।ललितपुरको कुपण्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एन्ड इभेन्ट्समा केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ।
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्