कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर–११ न्युरोडस्थित खुला मैदानमा पुस ९ गतेदेखि सञ्चालित सातौँ कोहलपुर महोत्सव सम्पन्न भएको छ । ‘कोहलपुर महोत्सव, दिगो विकासको उत्सव’ भन्ने मूल नारासहित कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कोहलपुर महोत्सव–२०८२ सम्पन्न भएको हो ।
समापन सत्रलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले संघको आयोजनामा सञ्चालित कोहलपुर महोत्सव आफ्नो उद्देश्य र योजनाअनुसार नै भव्य रूपमा सञ्चालन भएको बताएका थिए ।
समापन सत्रका बोल्दै संघका अध्यक्ष प्रदीप भट्टराईले कोहलपुर महोत्सव उत्सव मात्रै नभएर निजी क्षेत्रको सपना भएको भन्दै निकै चुनौतीपूर्ण परिस्थितिका बाबजुद शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न गर्न सफल भएको बताए । महोत्सवमार्फत घरेलु तथा साना उत्पादन प्रवद्र्धन, बजारीकरण, कला तथा सांस्कृतिक क्षेत्रको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन र मनोरञ्जन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्