आज तोलामा २ हजार १ सय रुपैयाँले सुनको भाउ घट्यो



काठमाण्डौ । 

सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार १ सय रुपैयाँले घटेर तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँमा थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर आज तोलाको ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ४ हजार ५ सय २५ रुपैयाँ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार