मन बहादुर वि.क
मानिस एकैछिन्मा संसार घुमिदिन्छ खुसीको बहार बाँड्दैबाँड्दै अनि क्षण निमेकमै ओइलाइदिन्छ चुँडालिएको फूलजस्तै । मानिसका स्वभावहरु व्यक्तिपिच्छे फरकफरक हुुनुु स्वभाविक हो । कोही अन्तर्मुुखी त कोही बहिर्मुुखी । मानिस स्वभावगत रुपले फरक भए पनि बाल्यकालीन अवस्था भने प्रायः चञ्चल, निस्फिक्री एवं तनावरहित हुन्छ । कारण, त्यो अबोध बाल मस्तिष्कमा के चिन्ता, के पिर ! आमाको काखमा लुट्पुुटिएर एक हुुल साथीसँग धुलो, माटो खेल्न पाए त्यही नै आनन्दको स्वर्ग हो । भनिन्छ नि, जन्मँदै हरेक बालबालिकाको भाग्य रेखा कोरिन्छ रे । सायद, मेरो जन्ममा ती भाग्य विधाता खुसी नभएर होला । मेरा भाग्यका रेखाहरु उल्टो कोरिएछन् क्यारे ! यदि भाग्यलाई नै विस्वास गरुँ भने जीवन पनि कसरी गतिवान् होला र है ? दश, बाह्र वर्षको उमेरमा अरु मैले के नै गर्न सक्थेँ र ? मैले गर्न सक्ने भनेको आमाबुुबाको काखमा रमाउने, दुुःख दिने, सताउने, साथी सँगीको समूूह निर्माण गर्ने, पढ्ने, लेख्ने, भविष्यप्रतिको कुुनै चिन्ता प्रवाह नगरी आनन्दको बाल संसारमा डुुबुुल्की मार्ने होइन र ? तर, खोइ ती सबै कुरा प्राप्त गरेको मैले ? गरिबीले उठ्नै नसक्ने गरी थिचेको मेरो परिवार ! त्यसमा पनि घरको जेठो सन्तान । अनि कसरी अनुुभव, अनुुभूूति गर्न सक्थेँ र त्यो रापिलो बालापनको । घरमा भित्रिएका कैयौँ बिघ्न, बाधा व्यवधानसँग त्यो कलिलो बाल्याकालीन अवस्थाले पौठेजोरी खेल्न विवश भयो ।
आमा बुुबाको न्यानो काख स्पर्श गर्ने समयमा चट्टानरुपी ढुुङ्गा मुुढासँग खेल्नुुप¥यो । कापी, कलम बोकी शिक्षार्जन गर्ने समयमा ढुुङ्गा, गिट्टी बोकी आर्थिकोपार्जन गर्नुुप¥यो । कोमल, कलिला हातखुट्टाले तीक्ष्ण काँडा अनि कडा पत्थरसँग सामना गर्नुुप¥यो । अञ्जानरुपी बाल मस्तिष्कलाई परिपक्वतामा परिणत गर्नुुप¥यो । आफ्ना हरेक बाल इच्छा, चाहनाहरुलाई जबर्जस्त दमित गर्नुुप¥यो । गट्टा बनाई साथीसँग खेल्ने समयमा काठको फट्टा बनाई सिकर्मी, डकर्मी हुनुुप¥यो । मन चङ्गा भई उडाउने समयमा गंगामा गई पानी पँधेरो गर्न सिक्नुुप¥यो । मेरो जन्मस्थल, मेरो प्रकृति आहा ! क्या लोभ लाग्दो थियो । साविक मुुलखोला गा.वि.स. वडा नं. २, डोप्के सल्यानको त्यो सुुन्दर मनमोहक दृश्यले जो कोहीलाई पनि मन्त्रमुुग्ध बनाइहाल्छ नि होइन र ? त्यो स्थल ओहोरदोहोर गर्ने जोसुुकै होस् उसले मितेरी साइनो गाँसेकै हुुन्छ । काफलपानी डाँडा, डोप्के डाँडा, देउली डाँडाका मुुस्कानरुपी मुुहारमा छाएको कान्तिले सबैमा शान्तिको अनुुभूति गर्न सकिन्थ्यो । तिनै पाखा पखेरामा सल्लाका पातले हालेको संगीतमय सुुसेली अनि तिनै डाँडा काँडाबाट खसेको झरनाको मिष्ठानरुपी गीतले सबैको हृदय स्पर्शजडित बनाएको आभास हुुन्छ । त्यही सुुन्दर प्रकृतिको काखमा मेरी आमाले पृथ्वी लोकमा वि.सं. २००७ सालमा मलाई पदार्पण गराउनुु भयो रे । त्यसै वर्ष देशमा प्रजातन्त्र पनि आएको थियो रे । सायद, मलाई गिज्याएर प्रकृति हाँसीरहेको अनि म रोइरहेको थिएँ हुुँला । मेरी आमाको प्रसव पीडा र मेरो चिच्याहट शान्त पार्न प्रकृतिले सुुन्दर गीत, नृत्य प्रस्तुत ग¥यो होला ।
त्यो सुुन्दर छहरा पहरासँग लुुकामारी खेल्ने रहरले मलाई कति कुत्कुुत्याइरहन्थ्यो । त्यो झरनामा गएर नुुहाउँदै, चिप्लेटी खेल्दै साथीसँग जिस्किने रहर नभएको कहाँ हो र १ त्यो कलकल बग्ने जिउली खोलाको पानीमा गंगटा, माछासँग लुकामारी खेल्ने रहर अनि सल्लेरी पाखाका सल्लासँग भाकामा भाका मिलाउँदै छमछमी नाच्ने रहर कति थियो कति । ती सबै रहरहरुलाई बन्धक राख्दै निकै कठिन शारीरिक कष्टमय जीवन त्यही बाल्यावस्थादेखि नै गुुजार्दै आएँ । सानैदेखि जोतखन, खेतीपातीका काम त सामान्य नै भए । कडा ढुुङ्गा फुुटाउने, दारकाठ बनाउने जस्ता कठिन ज्याला, मजदुुरी काम बाह्र, तेह्र वर्षकै उमेरदेखि शुुभारम्भ भए । शारीरिक रुपले हृष्टपुुष्ट नभएका कोमल हात खुुट्टाका पञ्जाहरु फोकाम्य, रक्ताम्य बनाएर घर फर्किनुुपथ्र्यो । घरमा आएर आमाको हातबाट आटो, ढिँडो खान पाउँदा मन कति हर्षित हुुन्थ्यो । भात पाउन त दशैँ नै कुर्र्नुपथ्र्यो । ती कलिला, अबोध हातका हत्केलाहरुले बन्चरो, घन समात्दा पराजित भएर होला सायद, दिनभरि काम गरेर साँझ घर फर्किदा हातका हत्केला हेरिनसक्नुका हुुन्थे । पूूरै हात रक्ताम्य । नुुन, खुुर्सानीको धुुलोसँग आटो, ढिंडो खाँदा ती रक्ताम्य हातको हरिबिजोग हुुन्थ्यो । मेरा हात रक्ताम्य अनि आमाका आँखा रक्ताम्य । मेरा थकित रक्ताम्य हातलाई विश्राम दिंदै आमाले कति पटक आफ्नै हातले खुवाइदिनुभएको छ । आमाको हातबाट त्यसरी खाना पाउँदा त्यो पीडा नि के पीडा !
हरेक आमाबुुबाको लागि सबैभन्दा ठुुलो सम्पत्ति भनेकै आफ्ना सन्तति हुुन्छन् । बाल्याबस्थामै मेरो त्यो दुुःखदायी अवस्था देखेर आमाबुुबाको मन कति पिरोल्यो होला । वृद्ध आमाबुुबाको सेवा, आँखाका नानीजस्ता भाइबहिनीको रेखदेख । अझ भनौँ परिवार पालनपोषणको जिम्मेवारी । लाग्छ, छोराको मन सानो नपार्नलाई मात्र उहाँहरुले मसँग प्रकट गर्नुभएन । भित्रभित्रै ठुुलो जलनमा पर्नुभएको थियो उहाँहरु । सायद, सम्हालिन गाह्रो भएको थियो उहाँहरुलाई छोराको पीडादायी अवस्था देखेर । आफ्नो गरिबी, भोकमरीप्रति कस्तो पुुकार गर्नुभयो होला भगवान्लाई । अझ, आफ्नो पुुकार नसुुनेपछि ती निर्दयी भगवान्प्रति कति आक्रोश पोख्नुुभयो होला । कति रोयो होला उहाँहरुको मन अनि कति भक्कानिए होलान् ती वयवृद्धका आत्माहरु । अहिले त बालबालिका सम्बन्धि वकालत गर्ने कति ऐन, कानुन बनेका छन् । बालश्रमका विषवस्तुु उठान गरिएका छन् । कति सुुखभोगी छ अहिलेको पुुस्ता ।
हरेक काममा मेसिनकै प्रयोग हुुन्छ । मानिसका परिश्रमी पसिना बग्दैनन् बरु रगत नै बग्छ पराइ खाडी मुुलुुकमा । स्वदेशमा काम गर्दा, भारी बोक्दा एकले अर्कालाई होच्याउने, गिज्याउने परिपाटी छ हाम्रो शिक्षित समाजमा । उतिबेला पनि उच्च घरानाका घरमा काम गर्दा कति श्रमशोषण गर्थे अनि कति जिस्काउँथे, होच्याउँथे तिनैका सुुकिला मुुकिला छोराछोरीले । त्यतिबेला मन अमिलो भएर आउँथ्यो । ती साथी सँगीजस्तै खेल्ने, उफ्रिने, कुद्ने रहर नभएको कहाँ हो र ! उनीहरुका जस्तै नयाँ कपडा पहिरिएर देउसी, भैलो खेल्ने, चाडपर्व, मेलापर्वमा रमाउने इच्छालाई भित्री मनमा कुण्ठित पार्नुबाहेक अरु विकल्प के नै थियो र । ती सबै रहरहरुलाई कुल्चिने बाध्यात्मक सम्झौता गरिदिएको थियो निष्ठुुरी गरिबीले । त्यही गरिबी, भोकरीको पीडाले बाल्यावस्थाको रमणीय सुुखानुुभूूति गर्न नपाएर समकक्षीसँग रमाउने उमेरमा आर्थिकोपार्जन गर्न कमाउनतिर लागियो ।









प्रतिक्रिया दिनुहोस्