केनिता गिरी
अँध्यारो र उज्यालो,
घाम र पानीका अवरोधहरू स्वीकार्दै
छरिएका प्रकाशका किरणहरू—
महलझैँ सजाइएका आफ्ना सन्तानहरू।
घामको पहिलो झिल्कासँगै
बिस्तरामा चिया र नास्ता,
मोबाइलको पर्दाभित्र कैद
उज्यालो संसारमा अल्झिएका
अस्तव्यस्त युवाहरू।
सपना भने देख्छन् टाकुराभन्दा अग्ला,
मेहनत–परिश्रमभन्दा
चट्टानभन्दा ठूला गफहरू।
रहरहरू उड्छन्
अस्ट्रेलिया, अमेरिका।
के मेहनत बिना नै
महल सजिन्छन् त रु
के पौरखी हात नबढाई
सपनाहरू पूरा हुन्छन् त रु
थोपा–थोपा मिलेर समुन्द्र बनेझैँ,
थुङ्गा–थुङ्गा मिलेर माला बनेझैँ,
सिन्का–सिन्का जोडेर महल बनेझैँ,
युवा–युवा मिलेर
के देशमै रोजगारी सिर्जना हुन सक्दैन रु
बाझा खेतबारीमा
रगत र पसिनाले माटो भिजाई,
उजाड मरुभूमिमा
मोती फलाएझैँ—
के भावी पुस्ताका
सुन्दर गन्तव्यहरू
सिर्जना गर्न नसकिएला रु
रातपछि दिन आएझैँ,
कालो बादलपछि बर्सा झरेझैँ,
बालुवामा सुन फलेझैँ,
दुःखपछि सुख आएझैँ—
मेहनतपछि परिवर्तन
के देशमै आउँदैन रु
रोजगारीको खोजीमा
अर्काको देश जाँदा
विचलित परिवारहरू,
टुहुरा बाल्यकालहरू।
“एकदिन छोरा फर्किन्छ” भन्ने आशमै
पर्खँदा–पर्खँदै
बिदा भएका
वृद्ध बाआमाहरू।
आफ्नै देशको माटो,
आफ्नै सुन्दर प्रकृति
आज पनि
युवालाई पर्खिरहेछ।
उठाऊ,
तिम्रा कोमल तर पौरखी हातहरू।
तिम्रा सपना
पूरा हुन्छन्—
आफ्नै जननी
र आफ्नै जन्मभूमिको काखमा
ज्ञान बहुमुखी क्याम्पस कोहलपुर -११ बाँके









प्रतिक्रिया दिनुहोस्