
खगेन्द्र गिरि ‘कोपिला’
छाडेर आएको हुँ
त्यही कुइनेटोमा
अलिकति पारिलो सम्झना
सुकिसकेको मन पनि
मूल फुटेर
बग्न थालेको हो
त्यसपछि मात्रै
मसंगसंगै हिड्न थालेका हुन्
आशाका केही सुसेलिहरु
भ्रमका केही सुस्केराहरु भने
छुट्न गएछन् उतै
मेरोको आश्रयमा
त्यसै बस्न नसकेपछि
मसित बिराना हुँदै गएका हुन्
मेरै रहरहरु
जुन दिन जुर्मुराएर
उभिएका थिए
नमेटिएका पैतालाका डोबहरु
आँखाको लयसितै
मैले जङ्घार तरेर
निश्चित गरेको हुँ
त्यसपछिको यात्रा ।
प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्