डिल्ली शाही,१६ मंसिर/ कोहलपुर नगरपालिका–१० स्थित तक्षशिला एकेडेमीले नवौं वार्षिक उत्सव शुक्रबार सम्पन्न गरेका छ ।
वार्षिक उत्सवको उद्घाटन गर्दै कार्यक्रका प्रमुख अतिथि बाँकेका जिल्ला शिक्षा अधिकारी भिम प्रसाद साउँदले विद्यालयले स्थापनाको छोटो अवधिमा नै गुणस्तरीय शिक्षा दिन सकेकोमा खुसी व्यक्त गर्दै कोहलपुर क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा विद्यालयको महत्वपूर्ण योगदान रहेको बताए ।
आगामी दिनमा पनि विद्यालयको अझ राम्रो प्रगति गर्ने विश्वास गर्दै वार्षिक उत्सव सफलताको शुभकामना व्यक्त गरे । त्यस्तै साउँदले विद्यार्थीहरुको चाहना अनुसारको वातावरण सृजना गरी पठनपाठन लगायत अतिरिक्त क्रियाकलापलाई महत्वकासाथ अगाडि बढाउन सुझाव समेत दिएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि कोहलपुर नगर विकारस समितिका अध्यक्ष अवराज खड्काले कोहलपुरका अन्य क्षेत्रका विद्यालय भन्दा शैक्षिक क्षेत्रको विकास नमुनायोग्य रुपमा अगाडि बढेको भन्दै खुसी व्यक्त गरेका थिए । अन्य क्षेत्रको विकासका तुलनामा शिक्षा क्षेत्रले धेरै फड्को मारिसकेको बताउ“दै खड्काले समग्र विकासका लागि सबैको साथ आवश्यक रहेको बताए ।
वार्षिक उत्सवको अवसरमा विद्यालयमा अध्ययतरत छात्र÷छात्राहरुलाई विभिन्न विधामा उत्कृष्ट पुरस्कार वितरण गर्दै हौसला समेत गरेको थियो । त्यस्तै कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र प्रसाद शर्मा, कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारी, पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष महानन्द ढकाल, तक्षशिला एकेडेमीका प्रधानाध्यापक बासु गिरी, नविन बैंक शाखा प्रमुख नविन श्रेष्ठ लगायत अभिभावकको उल्लेखनिय उपस्थिति रहेको थियो ।
वार्षिक उत्सव समारोहमा विद्यालयमा अध्ययनरत बालबालिकाहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु दिदै कार्यक्रममा उपस्थित अभिभावहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको संचालन तक्षशिला एकेडेमी सल्लाहकार खोपी राम वलीले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्