एनपीएल ट्रफी टुरले थपेको उत्साह



देशभर नेपाल क्रिकेट संघ क्यानले अहिले नेपाल प्रिमियम लिग (एनपीएल)को ट्रफी टुर गरिरहेको छ । पहिलो संस्करणमा सहभागी क्लबहरूको समन्वयमा क्यानले देशभर ट्रफी पु¥याइरहेको छ । सोमबार मात्रै लुम्बिनी प्रदेशमा एनपीएल ट्रफी टुर सकेर अहिले ट्रफीलाई कर्णाली लगिएको छ । कर्णालीपछि सुदूरपश्चिम प्रदेशमा लगेपछि एनपीएल ट्रफी टुर सम्पन्न हुन्छ । नेपाल प्रिमियम लिग (एनपीएल)को पहिलो सिजन जति भव्य रूपमा सम्पन्न भएको थियो त्यसैगरी अहिले भव्यरूपमा ट्रफी टुर पनि चलिरहेको छ । एनपीएलको ट्रफी टुर जुन ठाउँमा हुन्छ। त्यहाँ नागरिक र क्रिकेट प्रेमीहरूको सहभागिता उल्लेखनीय रहन्छ । लुम्बिनी प्रदेशका दुई ठूला सहर नेपालगन्ज र कोहलपुरमा एनपीएल ट्रफी टुर सम्पन्न भएको थियो । एनपीएलको ट्रफी टुरमा बाँकेका सर्वसाधारण नागरिकहरूदेखि पूर्वखेलाडीहरूको सक्रिय सहभागिता रह्यो । ट्रफीलाई कोहलपुर चौराहा, कोहलपुरको क्रिकेट मैदान, नेपालगन्जको बागेश्वरी मन्दिर र नेपालगञ्ज रङ्गशालासम्म समेत पु¥याइएको थियो । सम्भवतः नेपालमा पहिलो पटक यसरी ट्रफी टुर भएको हुनुपर्छ । ट्रफी टुरले केही भएपनि एनपीएलले थप समर्थन आर्जन गर्न सफल भइरहेको छ ।

क्रिकेटप्रेमी, लुम्बिनी लायन्सका समर्थक र सरोकारवाला निकायको सहभागितामा ट्रफीको बाँकेका भव्य स्वागत गरिएको थियो । बाँकेमा मात्र नभइ देशभर ट्रफी टुर भएको प्रदेश र जिल्लाहरूमा यसरी नै उल्लेखनीय सहभागिता र समर्थन रहँदै आएको छ । एनपीएलको ट्रफी टुर प्रदर्शनका लागि मात्र नभएर यो क्रिकेटप्रेमीहरूको भावनासँगसमेत जोडिएको छ । नेपाली क्रिकेटप्रेमी र समर्थकहरूले आफ्नै घरआँगनमा एनपीएल ट्रफी प्रत्यक्ष देख्न पाउनु सौभाग्य र सकारात्मक कुरा हो । ट्रफी टुर भएका हरेक जिल्लामा ट्रफी हेर्ने समर्थकहरूको लर्काे लाग्ने गर्छ । यसले पनि नेपालीहरूको क्रिकेट खेलप्रतिको मोह र समर्थन देख्न सकिन्थ्यो । महत्वपूर्ण कुरा त के रह्यो भने यो ट्रफी टुर मात्र नभइ नेपाली खेलजगतमा एउटा इतिहास पनि बनेको छ । किनकी खेलकुद जगतमा विश्वकपको ट्रफी बाहेक अरु ट्रफीको टुर गरेको इतिहास देखिदैँन । त्यसैले पनि क्यानले गरेको एनपीएलको ट्रफी टुरमा सबैको साथ र समर्थन रहेको देखिन्छ । पहिलो सिजनको यो ट्रफी टुर सुदूरपश्चिम पुगेर सम्पन्न हुन थालेसँगै एनपीएलको दोस्रो संस्करण समेत मंसिर १ गतेबाट सुरु हुँदैछ ।

विभिन्न जिल्लामा देखिएको उत्साह र समर्थनले एनपीएलको दोस्रो संस्करण अझ भव्य हुने माहौल बनेको छ । पहिलो संस्करणको भनदा अहिले त्रिवि मैदान कीर्तिपुरको भौतिक संरचनादेखि अन्य पक्षहरू बलियो देखिन्छ । क्यानले यसपटकको ट्रफी टुरलाई ग्लोवल वार्मिङ र वातावरण संरक्षणको जनचेतनासँग पनि जोडेको थियो । एनपीएलको पहिलो संस्करणले नेपाली क्रिकेटमा थप इट्टा थप्ने काम ग¥र्यो । तर, क्यानले पहिलो संस्करण भव्यरूपमा सम्पन्न गरेपनि थुप्रै आरोप र आलोचना खेप्नु परेको थियो । त्यसैले यसवर्ष क्यानले विगतमा भएका कमिकमजोरी सच्याइँ गल्ती दोहो¥याउने छुट छैन् । अर्काेतर्फ नेपाल प्रिमियम लिग (एनपीएल)ले नेपाली क्रिकेटलाई एक लेवल माथि पु¥याएको छ । नेपाली खेलाडीहरूदेखि आइपीएल खेलका विदेशी खेलाडीहरू एनपीएल खेल्न नेपाल आउने भएका छन् । यसले नेपालको अर्थतन्त्रमा थप टेवा पु¥याउनेछ । एनपीएलले क्रिकेट मात्र नभइ नेपाललाई चिनाउन समेत मद्दत गर्नेछ र गरिरहेको छ । त्यसैले पनि एनपीएलको ट्रफी टुर र मंसिर १ गतेदेखि सुरु हुन गइरहेको एनपीएलको दोस्रो संस्करणलाई सफल बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार