दक्षिण भारतको कोयम्बातुर जिल्लाको इरोड नाम गरेको एक सानो गाउँको स्कुल । प्रारम्भिक कक्षाको अध्यापक कक्षामा आए । उनी केहिबेर सुस्ताउन चाहन्थे । अतः उनले विद्यार्थीहरूलाई एक काम दिए । १ देखि १०० सम्मको सबै सङ्ख्याको जोड निकाल्न । तर दस मिनेट पनि बित्न पाएको थिएन कि सात वर्षको एक विद्यार्थीले आएर अध्यापकको आरामलाई खलल पु¥याइदिए । उनले जोड निकाले, तर साधारण तरिकाबाट होइन, बरु एक गणितीय सुत्रको प्रयोग गरेर, जसको ज्ञान कलेजस्तरका विद्यार्थीको सरह हुन जान्छ ।
चिन्तामणि घिमिरे
गणितका जादुगर मानिने श्रीनिवास रामानुजनको जन्म २२ डिसेम्बर १८८७ मा तमिलनाडुको कोयम्बातुर जिल्लाको इरोड नामक गाउँमा भएको थियो । उनको गाउँ हुँदै कावेरी नदी बग्छ । कावेरी नदीको किनारमा रहेकोे इरोड नामक गाउँमा नरिवलको पातको छानो भएको एउटा झुपडीमा उनी जन्मेका थिए । उनको पारिवारिक अवस्था आर्थिकरूपले अत्यन्तै दयनीय र कमजोर थियो ।
ब्राह्मण जातिका भएपनि उनका पिताले पुरेत्याइँ काम भने कहिल्यै गरेनन् । बरु एउटा कपडाको दोकानमा मुनिमको काम सम्हाले । उनको बाल्यकाल गाउँका अरु बालबालिकाको जस्तै सामान्य थियो । तीन वर्षको उमेरमा पुग्दासम्म उनको बोली फुटेको थिएन । रामानुजन एक गरिब हिन्दु तमिल ब्राह्मण परिवारमा जन्मेका थिए । आमाको नाम कोमलताम्मल र पिताको नाम श्रीनिवास अयङ्गर थियो ।
दक्षिण भारतको कोयम्बातुर जिल्लाको इरोड नाम गरेको एक सानो गाउँको स्कुल । प्रारम्भिक कक्षाको अध्यापक कक्षामा आए । उनी केहिबेर सुस्ताउन चाहन्थे । अतः उनले विद्यार्थीहरूलाई एक काम दिए । १ देखि १०० सम्मको सबै सङ्ख्याको जोड निकाल्न । तर दस मिनेट पनि बित्न पाएको थिएन कि सात वर्षको एक विद्यार्थीले आएर अध्यापकको आरामलाई खलल पु¥याइदिए । उनले जोड निकाले, तर साधारण तरिकाबाट होइन, बरु एक गणितीय सुत्रको प्रयोग गरेर, जसको ज्ञान कलेजस्तरका विद्यार्थीको सरह हुन जान्छ ।
त्यो विद्यार्थीको नाम थियो– श्रीनिवास रामानुजन आयङ्गर । बालक रामानुजनको प्रतिभादेखि अध्यापक महोदय दङ्ग परे । उनलाई यस सूत्रको ज्ञान कुनै पुस्तकको अध्ययनबाट प्राप्त भएको होला, यस्तो मान्नलाई अध्यापक महोदय तयार थिएनन् । वास्तवमा उनको प्रतिभा नै विलक्षण थियो । बचपनदेखि नै रामानुजनको गणितमा निकै रुचि थियो । उनी आफ्नो गणितको पाठ्यपुस्तक छिट्टै नै अध्ययन गर्दथे । त्यसपछि उनी माथिल्लो कक्षाको विद्यार्थीहरूसँत पुस्तक मागेर पढ्थे ।
यस्तैमा एकपटक उच्चस्तरीय गणितको एक पुस्तक उनको हातमा आयो । पुस्तकलाई पढ्दै गर्दा उनले कैयौँ नयाँ सुत्रहरू खोज गरे । तर त्यस समय रामानुजनलाई थाहा थिएन कि उनले जुन सुत्रहरू खोजेका थिए, तीनमा त कैयौँ सूत्रहरू त पहिले नै गणितज्ञहरूद्वारा खोज गरिएका थिए। जब रामानुजनलाई यो कुरा थाहा भयो तब उनलाई दुःख पनि लाग्यो । तर उनको गणितप्रतिको अनुराग कम भएन ।
सोह्र वर्षको उमेरमा रामानुजनले म्याट्रिक पास गरे र इन्टरमिडियटमा भर्ना भए । उनी प्रायजसो गणितको पुस्तकहरूमा नै डुबिरहन्थे । अतः अन्य विषयहरूमा पर्याप्त ध्यान नदिनुको कारण उनी इन्टरको परीक्षामा फेल भए । दोश्रोपटक पुनः दोहो¥याएर प्राइभेट परीक्षा दिए । फेरि पनि पास हुन सकेनन् । त्यसपछि उनी घरमै बसेर गणितमाथि मौलिक शोध अनुसन्धान गर्दै रहे ।
रामानुजनले गणितबाहेक अन्य विषयमा त्यति ध्यान दिँदैनथे । उनी गणितमा च्याम्पियन थिए । तर अरु विषयमा ध्यान दिन नसक्नुको कारण बाह्र कक्षाको पढाईमा उत्तीर्ण हुन सकेनन् । दुइचोटीसम्म पनि प्रयास गर्दा पनि गणितबाहेक अरु विषयमा फेल भए । गणित उनको सर्वाधिक चासोको विषय थियो । औपचारिक शिक्षा बाह्र कक्षाभन्दा अगाडी बढ्न सकेन । यसैबीच रामानुजनको विवाह भयो । विवाहपछि पढाईलाई निरन्तरता दिन समस्या प¥यो ।
जीविकोपार्जनको लागि उनी नोकरीको खोजीमा लागे र मद्रास पोर्ट ट्रष्टको अफिसमा कलर्कको तीस रुपैयाँ मासिकको नोकरी उनलाई मिल्यो।
कलर्कको नोकरी गर्दै रहँदा पनि उनी प्रायजसो गणितको समस्याहरूमा लागिरहन्थे । एकदिन रामानुजनको साहेबले उनको दराज खोतलखातल पार्दा उनको चोरी समातियो । दराजमा केही यस्ता पानाहरू भेटिए जसको अफिससँग कुनै सम्बन्ध थिएन् ।
ती पानाहरूमा गणितको सूत्र लेखिएको थियो । तैपनि उनको साहबलाई रिस उठेन, बरु उनलाई यस्तो प्रतिभाशाली युवकमाथि दया आयो । उनले आफैँलाई धिक्कारे, के यो युवक कलर्कको कुर्सीमाथि बस्न लायक छ ? उनले रामानुजनको ती पानाहरूलाई इङ्गल्यान्डको महान गणितज्ञ प्रो.जी.एच.हार्डीको पास पठाइदिए । प्रो.हार्डी ती पानाहरूलाई देखेर यस निष्कर्षमा पुगे कि रामानुजन जस्तो प्रतिभालाई अँध्यारोबाट निकाल्नु पर्दछ । उनले प्रयास गरेर रामानुजनलाई इङ्गल्यान्ड बोलाए ।
ठूला ठूला गणितज्ञहरूसँग रामानुजनको परिचय गराए । जब उनको शोधपत्र त्यहाँको चर्चित पत्रिकामा छापियो, तब उनलाई देखेर पाश्चात्य जगत आश्चर्य मान्न थाल्यो । प्रो हार्डीले महसुस गरे कि रामानुजनको गणितको केही क्षेत्रमा दख्खल छ, तर केही चीजहरूको उनलाई कम जानकारी छ । यसप्रकार रामानुजनलाई ती चीजहरू पढाउने जिम्मा प्रो.हार्डीले स्वयं आफैँले नै लिए । प्रो.हार्डीले एक ठाउँ लेखेका पनि छन् कि ‘मैले रामानुजनलाई पढाउने कोशिश गरेँ र जुन हदसम्म सफल पनि भएँ । तर रामानुजनलाई मैले जति पढाएँ, त्योभन्दा पनि धेरै मैले उनीबाट स्वयं सिकेँ ।’
वास्तवमा यति कम उमेरमा पनि यस श्रेणीको विद्वान कमै नै हुन्छन् । रामानुजनलाई गणितज्ञहरूमा शिरोमणि भनिन्छ । एकपटक प्रो .हार्डी अस्पतालमा रामानुजनलाई भेटन गए । उनको ट्याक्सीको नम्बर १७२९ थियो । उनले रामानुजनसँग भने कि यो धेरै असुभ सङ्ख्या हो । सुन्दाबित्तिकै रामानुजन बोले, ‘हैन यो त धेरै मनोरञ्जक सङ्ख्या हो, जो दुई घनहरूको योगको रूपमा दुई विभिन्न तरिकाहरूबाट प्रकट गर्न सकिन्छ ।’
रामानुजन धर्मकर्ममा विश्वास गर्थे । उनी इङ्गल्यान्डको अत्यन्तै कडा चिसो मौसममा पनि कपडा उतारेर नाङ्गो शरीरमा रहेर भोजन बनाउँथे, नियमित स्नान गर्थे । फलतः उनी अस्वस्थ रहन लागे । यसैबीच उनलाई ‘रोयल सोसाइटी’ले आफ्नो फेलो बनायो । तब सम्पूर्ण एसियामा यस सम्मानबाट सम्मानित हुने उनी प्रथम व्यक्ति थिए । यसबाट प्रोत्साहित भएर उनले दुई गुणा उत्साहले आफ्नो काममा जुटे ।
आखिर रोगी शरीरले कहिलेसम्म साथ दिन्थ्यो र ? उनी स्वदेश फिर्ता भए र २६ अप्रिल १९२० मा ३३ वर्षको कम उमेरमा नै उनको अकालमा मृत्युु भयो । ‘आज हामीहरूको बीचबाट त्यो हीरा गुमेको छ कि योभन्दा पहिले संसारमा यति कम शिक्षा प्राप्त व्यक्तिद्वारा यति कम उमेरमा गणित जस्तो जटिल विषयमाथि यति धेरै खोज कसैले पनि गरेन ।’– रामानुजनको निधनमा प्रो. हार्डीको उद्गार ।
नोट ः भारतका महान गणितज्ञ रामानुजन असाधारण गणितीय मेधा (बुद्धि)का थिए । तर उनको बारेमा चर्चा छ कि उनलाई कथित रुपबाट कुनै देवी गणितीय सूत्रहरूको हल (समाधान) दिन्थिन् । उनी भन्थे कि समुद्र पार गर्नु अत्यन्तै नराम्रो, अशुभ हो । जब देवीले उनलाई कथित रुपबाट आज्ञा दिइन, तब उनी विदेश (विशेषत इङ्गल्यान्ड) गए ।
उनी नाङ्गो शरीरमा कपडा उतारेर भोजन आफैँ बनाउँथे । यी सबै असंगत धारणाहरूको कारण उनी यस्तो बिरामी भए कि अल्पायुमा नै जीवन गुमाउनु प¥यो । यी वैज्ञानिकहरू विज्ञान विषय जान्दछन्, त्यसको दर्शन जान्दैनन् । उनीहरू विज्ञान प्रोफेसनमा प्राक्टिस गर्छन्, जीवनमा गर्दैनन् । वैज्ञानिक हुनु र वैज्ञानिक चेतनाबाट सुसज्जित हुनु दुवै अलगअलग कुरा हुन् ।









प्रतिक्रिया दिनुहोस्