दुई वर्षपछि बागेश्वरी तलाउमा मनाइँदै छठ 



नेपालगन्ज ।

नेपालगन्जस्थित बागेश्वरी मन्दिरको तलाउको मध्यभागमा अवस्थित जुंगे महादेवको मन्दिर पुनर्निर्माणको काम सुरु भएपछि अस्तव्यस्त हुनपुगेको तलाउ यसवर्ष झकिझकाउ छ । तिहारको बेला झकिझकाउ पारिएको मन्दिर क्षेत्र र तलाउको अहिले सरसफाइ छठ पर्वका अवसरमा बागेश्वरी मन्दिरको तलाउ तथा मन्दिर क्षेत्र सरसफाइ गरी झकिझकाउ पारिएको छ ।

यसवर्षको छठ सोमबार परेकोले अझ धेरै दर्शनार्थीहरूको उपस्थिति रहने बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीले महाआरती र छठपूजाको समय व्यवस्थापनको तयारी गरिएको जानकारी दिए । उनले भने, ‘महाआरतीको विधि पूरा गरेर छठ पूजाको समयसम्म सक्नेगरी तयारी गरेका छौँ । बागेश्वरी मन्दिर क्षेत्रमा हजारौँ भक्तजनहरूले भरिभराउ हुने हाम्रो अनुमान छ ।’

बागेश्वरी मन्दिरको तलाउ दुई वर्ष भद्रगोल अवस्थामा रह्यो । बागेश्वरी मन्दिरको तलाउको बीचमा रहेको जुँगे महादेव मन्दिर र त्यहाँसम्म पुग्ने पुल स्तरोन्नति भएपछि अहिले मन्दिर क्षेत्रको सुन्दरतामा सुधार आएको छ । २०७९ चैतमा सम्झौता भई एक वर्षमा निर्माण सक्नुपर्ने काम ठेकेदारको ढिलासुस्तीका कारण करिब साढे २ वर्षमा निर्माण पूरा भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १० गते सोमबार