कोहलपुर ,पश्चिम नेपालमै कटिया (माटोको भाडोमा पकाएको खसीको मासु)को परिकारको ग्राहकलाई स्वाद चखाएर चर्चामा आएको कोहलपुर – २ मनकामना चोकमा रहेको डिभाइन डिस होटल थप परिकार र सुविधा सहित ग्राहकलाई पृथक स्वाद दिइरहेको छ । कटियासंगै अर्गानिक परिकार र थकाली खाना सहितको फरक शैलीमा होटल संचालनमा छ । पछिल्लो समयका फरक स्वाद र सजावटमा सेवा दिइरहेको होटलका संचालक ओम प्रसाद चापागाई बताउँछन ।

एकान्त तथा पारिवारिक वातावरणमा अर्गानिक परिकारको मज्जा लिन सकिने उनले बताए । सो होटल तेस्रो वर्षको अवसरमा ग्राहकको लागि लक्की ड्र स्कीम ल्याएको उनले बताए । सञ्चालक चापागाईले असार २८ गते देखि साउन १५ गते सम्मको लागि होटलमा आएर १ हजार भन्दा माथि खर्चिने ग्राहकलाई एउटा कुपन दिइने छ र त्यसै कुपनमार्फत लक्की ड्र सार्वजनिक गरिनेछ ।
उनले पहिलो पुरस्कार २ सेट थकाली खानासहित डबल बेड एसी रूम २४ घण्टाको लागि उपलब्ध गराइने छ । त्यस्तै दोस्रो पुरस्कार स्वरुप १ मटन कटिया , २ वटा टुर्बोग बियर उपलब्ध गराइने होटलका सञ्चालक चापागाईले बताए । लक्की ड्रको नतिजा साउन १६ गते बिहान डिभाइन डिसको फेसबुक आइडीद्धारा लाइभ प्रशारण गरेर सार्वजनिक गरिने चापागाईले बताए ।
लामो समय प्रवासमा बसेर नेपाल फर्किएका चापागाईले होटल सुरुवात गरेसँगै अर्गानिक उत्पादनलाई समेत जोड दिइरहेका छन् । उनलाई होटल व्यवसायी संघ बाँके कोहलपुरको पाँचौं साधारण सभा तथा चौथो अधिवेशनमा अर्गानिक परिकारलाई महत्व दिएको भन्दै उनी सम्मानित गरेको थियो । स्वदेशी उत्पादन र अर्गानिक परिकारलाई महत्व दिदै आएका उनले होटलमा आधुनिक हल निमार्णको कामलाई पनि अघि बढाइएको बताए ।









प्रतिक्रिया दिनुहोस्