कोहलपुर ।
गोरखा युनाइटेड पब्लिक स्कुलका शिक्षक तथा कर्मचारीहरुलाई एकदिने आधारभूत जीवन सहायता तालिम प्रदान गरिएको छ । आकस्मिक स्वास्थ्य अवस्थाहरूमा सही समयमा सही प्राथमिक उपचार प्रदान गर्न सक्ने सीप विकास गर्ने उद्देश्यले एकदिने तालिम प्रदान गरिएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको आयोजना र गोरखा युनाइटेड पब्लिक स्कुलको सहकार्यमा आधारभूत जीवन सहायतासम्बन्धी एकदिने तालिम सञ्चालन भएको थियो ।
आधारभूत जीवन सहायता तालिमले कुनै व्यक्तिको श्वासप्रश्वास वा मुटुको धड्कन अचानक बन्द भएको अवस्थामा अस्पताल पु¥याउनुअघि गरिने जीवनरक्षक प्राथमिक उपचार रहेको अस्पतालका निर्देशक प्राडा रेशमबहादुर रानाले बताए । उनका अनुसार तालिमले विद्यालय वा घरमा श्वासप्रश्वास अवरुद्ध हुँदा अपनाइने उपाय, बिरामीको प्रारम्भिक मूल्याङ्कन, आकस्मिक अवस्थामा सुरक्षित उद्धार तथा आपत्कालीन अवस्थाको प्रारम्भिक व्यवस्थापनबारे सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिएको छ ।

तालिमले स्वास्थ्यकर्मी मात्र होइन, नर्सिङ तथा मेडिकल विद्यार्थी, एम्बुलेन्सकर्मी, शिक्षक, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई पनि आकस्मिक अवस्थामा कसैको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । विशेषगरी दुर्घटना, हृदयाघात, डुब्ने घटना वा अन्य आपत्कालीन अवस्थाहरूमा घटनास्थलमै गरिने सही प्राथमिक उपचारले बिरामीको बाँच्ने सम्भावना उल्लेखनीय रूपमा रहेको उनी बताउँछन् ।
तालिमले शिक्षक, कर्मचारी र सवारी चालकलाई आपत्कालीन अवस्थामा त्यस सीपले धेरै उपयोग हुने विश्वास लिएको गोरखा युनाइटेड पब्लिक स्कुलका सञ्चालक अध्यक्ष केशरबहादुर आलेले बताए । विद्यालय र अन्य सार्वजनिक स्थलमा आपत्कालीन घटनाहरु घट्दा आत्तिने र समयमै अस्पताल पु¥याउन नसक्दा ज्यान जाने जोखिबाट बचाउन तालिमले मद्दत पुग्ने उनको भनाइ थियो । एकदिने तालिममा शिक्षक, कर्मचारी, खेल प्रशिक्षक र सवारी चालकलगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्