जलवायु सचेतना कार्यक्रमको निरन्तरतामा सरोकारवालाको जोड



नेपालगन्ज ।
बैजनाथ गाउँपालिकामा सञ्चालीत जलवायु परिवर्तन सम्बन्धी विद्यालय स्तरीय सचेतना कार्यक्रम प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन् । बैजनाथ गाउँपालिका, बैजनाथ गाउँपालिका वडा नम्बर १, ५ र ७ को सहयोगमा बास नेपालद्धारा सञ्चालीत उक्त कार्यक्रमको समापन बैठकमा सरोकारवालाहरुले यस्तो बताएका हुन् । बैठकमा बोल्दै सहभागिहरुले कार्यक्रम उपलब्धी देखिने गरी हासिल भएकाले कार्यक्रमको निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् ।

 

कार्यक्रमको समापन बैठकमा बोल्दै बैजनाथ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष देब बहादुर रावतले छोटो समयमा अत्यन्तै प्रभावकारी उपलब्धी हासिल भएकोले निरन्तरता दिने प्रतिबद्धता गरे । उनले भने “यो कार्यक्रम सयौ बिद्यार्थीहरुको ब्यवहार परिवर्तनसँग जोडिएको छ यसलाई निरन्तरता दिनुको बिकल्प छैन”। बिद्यालमा अनुगमनको क्रममा जादा बिद्यार्थीहरुमा बालबालिकाहरुको बानिमा परिवर्तन आएको बताए । सानो सहयोगले बालबालिकाहरुको जिवन परिवर्तन हुन्छ भने त्यस्तो कार्यक्रमको निरन्तरताका लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।

यसैगरी बैठकमा बोल्दै बैजनाथ गाउँपालिका शिक्षा शाखाका लाल बहादुर बोहराले जलवायु परिवर्तन कार्यक्रम आवश्यक रहेकाले यसको निरन्तरतामा जोड दिए । उनले शिक्षा कार्यक्रमका उपलब्धीहरुलाई शाखामा छलफल गर्ने र आगामी योजनाका लागि पहल गर्ने प्रतिबद्धता गरे । बैठकमा सहभागि बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकहरुले कार्यक्रमको उपलब्धीको बारेमा जानकारी गराएका थिए । बैठकमा श्री सूर्योदय माबि बैजनाथ १, श्री सिंह भवानी आबि, श्री नेरा माबि, श्री सुन्दर आबि बैजनाथ ५ र श्री नेरा माबि बैजनाथ ७ बाट बिद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

बैठकको शुरुवातमा बास नेपालका निर्देशक हेमराज भट्टले जलवायु सचेतना सम्बन्धी बिद्यालय स्तरीय सचेतना कार्यक्रमको उपलब्धी, सिकाई र चुनौतीको बारेमा प्रस्तुतीकरण गरेका थिए । बास नेपालका सहजकर्ता रचना चौधरीले सञ्चालन गरेको बैठकमा वडा अध्यक्ष, बिद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक, बास नेपालका सहजकर्ता शोभा भण्डारी, ज्योती बुढा मगरको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १३ गते शनिबार