मधेश लोक सेवा आयोगको सदस्यमा विमला यादव नियुक्त



धनुषा ।

मधेश प्रदेश लोक सेवा आयोगको सदस्य पदमा धनुषाकी विमला यादव नियुक्त भएकी छन् । मधेश प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले धनुषाको सबैला नगरपालिका–६ की विमला यादवलाई आयोग सदस्य पदमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता विष्णुदेव साहले जारी गरेको विज्ञप्तिमा आयोगलाई सक्षम, निष्पक्ष र प्रभावकारी बनाउन अनुभवी व्यक्तित्वलाई जिम्मेवारी दिइएको उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ११ गते सोमबार