एनसेलले दैनिक १०० एमबी निःशुल्क डेटा दिँदै



काठमाडौँ ।

एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत दैनिक १०० एमबी निःशुल्क डेटा पाइने अफर सञ्चालनमा ल्याएको छ । यसका साथै ग्राहकले हरेका हप्ता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरूप जित्न सक्छन् । ग्राहक अनुभव अभिवृद्धि र डिजिटल प्रयोगलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धताबमोजिम कम्पनीले यो अफर सञ्चालनमा ल्याएको हो ।

यस अफरअन्तर्गत सबै एनसेल ग्राहकहरूले हरेक दिन एनसेल एपको बाई प्याक मेनुमा गई १०० एमबी निःशुल्क डेटा सक्रिय गर्न सक्छन् । यसले ग्राहकलाई एपका विभिन्न सुविधाहरू प्रयोग गर्दै सधैँ कनेक्टेड रहन मद्दत गर्दछ । यो अफरको उद्देश्य ग्राहकलाई आधारभूत ग्राहक सेवाभन्दा बाहिर गएर डिजिटल जीवनशैली अपनाउन प्रेरित गर्नु हो ।

एनसेल एप डिजिटल माध्यमबाट सजिलै विभिन्न ग्राहक सेवाहरू लिन सकिने एक प्लेटफर्म हो जसले रिचार्ज सेवा, डेटा तथा भ्वाइस प्याक खरिद, अन्य विभिन्न सेवालगायत गेमहरू एकै ठाउँमा उपलब्ध गराउँछ । सहज र छिटो पहुँचमार्फत ग्राहकहरूले यस एपबाट सहज रूपमा ग्राहक सेवाहरू लिन सक्छन् ।

ग्राहक संलग्नता थप बढाउन एनसेलले ‘प्ले एन्ड विन’ अफर पनि ल्याएको छ, जसअन्तर्गत ग्राहकहरूले साप्ताहिक रूपमा एपमा आधारित गतिविधिहरूमा सहभागिता जनाएर ५० जिबीसम्म डेटा जित्न सक्छन् । प्रयोगकर्ताहरूले दैनिक रूपमा एपमा गई स्पिन द ह्वील, म्याथ च्यालेन्ज, एनसेल रनर, स्क्राच एन्ड विन जस्ता गेमहरूमामा संलग्न भई आफ्नो अंकहरू संकलन गर्न सक्छन् ।

हप्ताभरि संकलन भएको अंकका आधारमा ग्राहकहरूको स्थान निर्धारण गरिन्छ र सोही अनुसार उनीहरूले आकर्षक डेटा पुरस्कारका रूपमा जित्नेछन् । प्रत्येक हप्ता कूल ३ हजार ४१० जना ग्राहकले डेटा पुरस्कारका रूपमा प्राप्त गर्नेछन्, जसमा शीर्ष १० जनाले ५० जिबी डेटा प्राप्त गर्नेछन् ।

उत्कृष्ट १ देखि १० जना ग्राहकहरूले जनही ५० जिबी डेटा प्राप्त गर्नेछन् भने ११ देखि ६० स्थानसम्मका ग्राहकहरूले १० जिबी, ६१ देखि १६० स्थानसम्मका ग्राहकहरूले ५ जिबी, १६१ देखि ४१० स्थानसम्मका ग्राहकहरूले १ जिबी, ४११ देखि ९१० स्थानसम्मका ग्राहकहरूले ५०० एमबी र ९११ देखि ३,४१० स्थानसम्मका ग्राहकहरूले जनही १०० एमबी डेटा पुरस्कार प्राप्त गर्नेछन् ।

यो निःशुल्क डेटा अफर एनसेलको डिजिटल समावेशीकरण तथा ग्राहक संलग्नता अभिवृद्धि गर्ने योजनाअन्तर्गत सञ्चालनमा ल्याइएको हो । दैनिक निःशुल्क डेटा र विभिन्न क्रियाकलापमार्फत ग्राहक अनुभव अभिवृद्धि गर्दै एनसेलले डिजिटल पहुँचलाई अझ आकर्षक, सहभागितामूलक र सबैका लागि सहज बनाउने लक्ष्य राखेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार