ज्ञान बहुमुखीका नवआगन्तुक विद्यार्थीलाई स्वागत



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित ज्ञान बहुमुखी क्याम्पसले नवआगन्तुक विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै स्वागत गरेको छ । शनिबार एक अनौपचारिक कार्यक्रमका बीच क्याम्पसले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुका साथै सम्मान गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै क्याम्पसका अध्यक्ष ज्ञानेन्द्र खनालले विद्यार्थीलाई आफ्नो लक्ष्यमा दृढ रहेर अघि बढ्न आग्रह गरे । नवआगन्तुक विद्यार्थीहरूलाई क्याम्पसमा स्वागत गर्दै उनले उच्चशिक्षा सफलताको शुभकामना दिए । उनले परम्परागत शिक्षाभन्दा माथि उठेर अहिलेको समयअनुकूल क्याम्पसले शिक्षा प्रदान गर्न सक्नुपर्नेमा जोड दिए ।

नवआगन्तुक विद्यार्थीहरूलाई उनले आफूसँग दक्षता र क्षमता भए स्वदेशमा रोजगारीको थुप्रै अवसरहरू रहेको बताए । ‘पछिल्लो समय स्वदेशमा केही छैन्’ भन्ने भाष्य निर्माण भएकाले त्यसलाई चिर्न आवश्यक रहेको उनको भनाइ थियो । क्याम्पसले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा मात्र नभई व्यवहारिक कुरामा पनि जोड दिँदै आएको उनले बताए ।

नवआगन्तुक विद्यार्थीलाई स्वाग गर्दै क्याम्पसका प्राध्यापक भुलप्रसाद अधिकारीले पढाइ भन्दा पनि सिकाइलाई प्रथामिक्ता दिनुपर्नेमा जोड दिए । क्याम्पसले पनि विद्यार्थीहरुलाई सिकाइका लागि शान्तिपूर्ण वातवरण सिर्जना गर्नुका साथै गुणस्तरी शिक्षा प्रदान गर्दै आइरहेको बताए ।

विद्यार्थीलाई किताबको मात्र ज्ञान नभएर बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्दै आएको क्याम्पस प्रमुख टेकबहादुर गुरुङले बताए । उनका अनुसार क्याम्पसले दक्ष जनशक्ति उत्पादन मात्र नभई एक असल नागरिक तयार पार्ने काम गरिरहेको छ ।

नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नु क्याम्पसको एक संस्कारको रूपमा रहेको उनले बताए । उनले प्रत्येक वर्ष क्याम्पसले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुका सथै क्याम्पससँग नजिक जोड्ने काम गरिरहेको जानकारी दिए ।

बिएड र बिबिएस दोस्रो वर्षका विद्यार्थीहरूको व्यवस्थापनमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रमको आयोजना गरिएको हो । उक्त अवसरमा विद्यार्थीहरूले विभिन्न संस्कृति झल्काउने नृत्य, कविता, मुक्तक वाचन गर्नुका साथै अनुभव साटासाट गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार