हस्तलेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण



कोहलपुर ।

प्रसिद्ध एजुकेशनल नेर्टवक (पेन प्रालि)ले ‘बाँके जिल्लास्तरीय नेपाली हस्तलेखन प्रतियोगिता’का विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । आइतबार एक कार्यक्रमका बीच नेपाली हस्तलेखन प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हो ।

लामो समयदेखि निजी तथा सामुदायिक विद्यालयको शैक्षिक सुधारका पेन प्रालिले गर्दै आएको काम सराहनीय रहेको बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्रमुख दानबहादुर हमालले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका हमालले विद्यार्थीहरुको व्यक्तित्व र मिहिनेत हस्तलेखनमा समेत प्रष्ट देखिने उनको भनाइ थियो ।

विद्यार्थीहरुका लागि हस्तलेखन राम्रो भए परीक्षामा राम्रो अंक प्राप्त गर्न मात्र नभई व्यक्तिको परिचय बनाउन समेत मद्दत पुग्ने उनले बताए । उनले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नुका साथै हस्तलेखन प्रगियोगिताले विद्यार्थीहरुमा उत्प्रेणा र हौसला प्रदान गरेको जानकारी दिए ।
प्रसिद्ध एजुकेशनल नेर्टवक (पेन प्रालि)का कार्यकारी निर्देशक गगनबहादुर बुढाले प्रालिको वार्षिक कार्यतालिकाअनुसार ‘बाँके जिल्लास्तरीय नेपाली हस्तलेखन प्रतियोगिता’ सञ्चालन गरिएको बताए ।

उनले बाँके जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालय गरेर ४१ विद्यालयका विद्यार्थीहरु सहभागिता जनाएको जानकारी दिए । उनका अनुसार १ हजार ४ सय ९९ जना प्रतिस्पर्धी विद्यार्थीहरुबाट छनोट गरेर ४५ जना विद्यार्थीहरुबाट विजेतालाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको हो । अन्य सहभागी विद्यार्थी र विद्यालयहरुलाई समेत सम्मान गरिएको उनले जानकारी दिए ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई तीन तहमा विभाजन गरेर नतिजा प्रकाशन गरिएको उनले बताए । उनका अनुसार कक्षा–१ देखि ३, कक्षा–४ देखि ६ र कक्षा–७ देखि १० तीन तहमा विभाजन गरेर नतिजा प्रकाशन भएको हो । तह एक कक्षा–१ देखि ३ मा वेष्र्टन मावि कोहलपुरका कक्षा–२ का कपिल ढकाल प्रथम, तक्षशिला एकेडेमी कोहलपुरका कक्षा–३ का शिखा अधिकारी द्वितीय र बाल विद्या सेकेन्डरी स्कुल कोहलपुरका श्रीया विष्ट तृतीय भएका हुन् ।

यस्तै तह दुई कक्षा–४ देखि ६ मा डाइनमिक मावि कोहलपुरका विवेक बुढा प्रथम, लिटिल फ्लावर एकेडेमीका दिब्य थारु द्वितीय र भृकुटी ईमी स्कुल पितमनरी आशा राना तृतीय भएकी हुन् । त्यस्तै तह तीन कक्षा–७ देखि १० मा ग्रिनपिस माविका स्मृति थारु प्रथम, भृकुटी ईमी स्कुल पितमनरी रितु बुढा द्वितीय र वेष्र्टन मावि कोहलपुरका सन्ध्या डिसी तृतीय भएकी हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार