कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका–१० स्थित तक्षशिला एकेडेमीले आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ । बिहीबार विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरेर १०औँ वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको कोहलपुर नगरपालिका शिक्षा तथा खेलकदु शाखा प्रमुख रबीलाल मिजारले बिरुवामा जल चढाएर उद्घाटन गरेका थिए ।
उनले विद्यालयले गुणस्तरीय शिक्षा सँगसँगै व्यवहारिक शिक्षामा जोड दिएको बताए । तक्षशिला एकेडेमीले अन्य विद्यालयहरूभन्दा भिन्न तरिकाले शैक्षिक यात्रा गरिरहेको उनको भनाइ थियो । उनले कोहलपुर नगरपालिकालाई शैक्षिक हब बनाउन विद्यायलको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने भएकाले उनले गुणस्तर शिक्षामा जोड दिन आग्रह गरे ।
तक्षाशिला एकेडेमी संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयका अध्यक्ष विष्णुप्रसाद बेल्वासेले बताए । विद्यालयले समयअनुसार आफूलाई परिमार्जन गर्दै विद्यार्थीहरूको चाहना र भावनाअनुसार पठनपाठन गरिरहेको जनाकारी दिए । वैज्ञानिक, व्यवहारिक र संस्कारसहितको शिक्षामा तक्षशिला एकेडेमी कटिबद्धता रहेको विद्यालयका प्रधानाध्यापक भिमबहादुर रोकायले बताए ।
उनले विद्यालयले पाठ्यपुस्तक मात्रै नभइ डिजिटल माध्यमबाट पठनपाठन गरिरहेको जानकारी दिए । उनले १०औँ वर्षसम्म आइपुग्दा विद्यालयले विभिन्न आरोहअवरोह पार गर्दै नयाँ शैक्षिक गन्तव्य अघि बढाइरहेको उनको भनाइ थियो । विद्यालयले विद्यार्थीहरूको नवीनतम सोचको विकास र सिकाइका लागि स्मार्ट बोर्डको प्रयोग गर्दै आइरहेको बताए ।
वार्षिकोत्सव अवसरमा विद्यालयमा अभिभावकहरू बीचको मैत्रीपूर्ण भलिबल, फुटसल, कुर्ची दौड लगायतका खेलहरू समेत भएका थिए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न संस्कृति र कला झल्काउने नृत्यहरू समेत प्रस्तुत गरेका थिए । विशेष अतिथिका रूपमा आएकी मोडल तथा डान्सर नारायणी खत्रीले आफ्नो प्रस्तुती दिएकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्