काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक रूपमा रूपान्तरण भएर आएको कांग्रेस देश रूपान्तरणको स्पष्ट आधारसहित अगाडि बढेको बताएका छन् । नेविसङ्घ गोरखा–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको पार्टी सदस्य एवम् शुभेच्छुक भेटघाट कार्यक्रममा उनले बदलिएको कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै देश बदल्ने बताए ।

उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भ्रष्टाचार अन्त्य र सुशासन मुख्य माग रहेको उल्लेख गर्दै ती मागको सम्बोधन कांग्रेसले पूरा गर्ने जिकिर गरे । भ्रष्टाचार अन्त्यका लागि आर्थिक कारोबारलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले कांग्रेसले सार्वजनिक गर्न लागेको प्रतिबद्धतापत्रमा भ्रष्टाचारको अन्त्य, सुशासन कायम, स्वदेशमा रोजगारी सिर्जना, डिजिटल मुलुक निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए ।
प्रकाशित मिति : २०८२ फागुन २ गते शनिबार









प्रतिक्रिया दिनुहोस्