काठमाडौँ ।
विश्वव्यापी प्रविधि ब्रान्ड भिभोले नेपाली क्रिकेट फ्यानहरूको उत्साहलाई सम्मान गर्दै विशेष विश्वकप उपभोक्ता अफर सार्वजनिक गरेको छ । दराज २.२ क्याम्पेनको सफलतापछि भिभोले प्रविधि र क्रिकेटप्रतिको भावनालाई जोड्दै यो योजना ल्याएको हो । भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले नेपालमा क्रिकेट केवल खेल मात्र नभई साझा राष्ट्रिय भावना भएको उल्लेख गरे ।
‘यस अभियानमार्फत हामी नेपाली फ्यानहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै भिभोका नवीन प्रविधिसँगै राष्ट्रिय गर्वको प्रतीक विश्वकप जर्सी गर्वका साथ लगाउने अवसर दिन चाहन्छौँ,’ उनले भने । यस अफरअन्तर्गत भिभोको आधिकारिक अनलाइन प्लेटफर्म पार्टनर दराजमार्फत माघ २७ गतेसम्म ३५ हजारभन्दा माथिको कुनै पनि भिभो स्मार्टफोन खरिद गर्दा ग्राहकहरूले निःशुल्क विश्वकप जर्सी प्राप्त गर्नेछन् ।
यो योजना भिभो–वाई ४००, भिभो–भि६० लाइट, भिभो–भि६०, भिभो–एक्स २०० प्रो तथा भिभो–एक्स ३०० प्रो मोडलहरूमा लागू हुनेछ । उपभोक्ता अफरका अतिरिक्त भिभोले विभिन्न डिजिटल तथा अन–ग्राउन्ड गतिविधिहरू पनि सञ्चालन गर्ने जनाएको छ । ती कार्यक्रममार्फत क्रिकेट फ्यानहरूले अन्तरक्रियात्मक गतिविधिमा सहभागी भई निःशुल्क जर्सी तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् ।
यस अभियानले उपभोक्ताहरूलाई स्मार्टफोन अपग्रेड गर्ने अवसर मात्र नभई नेपाली राष्ट्रिय क्रिकेट टोलीप्रति एकीबद्धता व्यक्त गर्ने मौका पनि प्रदान गरेको छ । नेपाल प्रिमियर लिगदेखि विश्वकपसम्म भिभोले निरन्तर रूपमा क्रिकेट समुदायसँग सहकार्य गर्दै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन समर्थन गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्