कोहलपुर
बाँकेको कोहलपुर नगरपालिकामा–१४ हवलदारपुरमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कोहलपुरमा खुल्ला भलिबल प्रतियोगिता हुन लागेको हो । च्याम्पियन स्पोर्ट क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै आउँदो पौष २५ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।
च्याम्पियन स्पोर्ट क्लबका अध्यक्ष निर्मल विष्टका अनुसार प्रतियोगितामा बाँके जिल्ला लगायत अन्य जिल्लाबाट समेत प्रतियोगितामा सहभागि हुन पाउनेछन् । उनले अहिले कोरोना महामारीको लामोसमय सम्म खेलकुद गतिविधि हुन नसकिरहेको अवस्थामा गतिविधिलाई तिव्रता दिनको लागि प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । प्रतियोगितामा राष्ट्रिय स्तरका पुरुष भलिबल टिम समेत यस प्रतियोगितामा सहभागि हुन पाउने उनको भनाइ थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार र द्धितीय हुनेलाई २५ हजार पुरस्कार सहित प्रमाण पत्र र ट्रफि सहित पुरस्कारको व्यवस्था भएको उनले बताए । उक्त अवसरमा उनले अहिले सम्म ४ वटा टिमहरुले आफ्नो टिमको नामहरु टिपाइसकेको पनि बताए । प्रतियोगितामा १४ वटा टिमलाई सहभागी गराउने लक्ष्य रहेको पनि उनले बताए । यस्तै कार्यक्रम संयोजक सुधन कुमार गुरुङ्गले पुरुष भलिबल प्रतियोगिताको लागि अनुमानित लागत २ लाख ४९ हजार ९ सय पँचास रहेको जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजक बन्नका लागि २५ हजार, सह–प्रयोजक बन्नका लागि १५ हजार र प्रायोजक बन्नका लागि ४ हजार रुपैयाँको दर तोकिएको बताए । प्रतियोगिताको लागि कोहलपुर नगरपालिका ९ र १४ को वडा कार्यालयहरुले संयूक्त रुपमा सहयोग गरेका छन भने प्राविधिक सहयोग भने जि–फोटिन युथ एण्ड स्पोर्ट क्लबले गरेको छ ।









प्रतिक्रिया दिनुहोस्