कोहलपुर ।
कोहलपुर नगरपालिका–११ साझा चोक स्थित ज्ञान बहुमुखी क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार क्याम्पस प्रागिक विद्यार्थी प्ररिसदद्वारा आयोजना गरिएको अन्तर विभागीय तथा संकायबीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न हो ।
क्याम्पसमा अध्ययनतर करिब साढे ७ सय विद्यार्थीहरुको सहभागीतामा हाजिरीजवाफ प्रतियोगिता भएको क्याम्पस प्रमुख टेकबहादुर गुरुङले बताए । उनले क्याम्पसमा अध्ययनतर शिक्षा संकाय र म्यानेजमेन्टतर्फका विद्यार्थीहरुको समूह निर्माण गरेर प्रतियोगिता सञ्चालन भएको जानकारी दिए ।
हाजिरीजवाफ प्रतियोगितामा म्यानेजमेन्टतर्फका अमन खड्का नेतृत्वको महूले प्रथम स्थान हासिल गरेको छ भने द्धितीय स्थान प्रविण पौडेल समूह र तृतीय स्थान सिर्जना कामी नेतृत्वको समूह भएको हो ।
क्याम्पसमा अध्ययनतर विद्यार्थीहरुको बौद्धिक क्षमताको परीक्षरण र वृद्धि विकासका लागि हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको हो । क्याम्सले विगतदेखि गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै व्यवहारिक शिक्षामा समेत जोड दिँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्