डाइनामिकद्वारा लिटिल स्टार कल्चरल कार्यक्रम



कोहलपुर ।

डाइनामिक माध्यमिक विद्यालयले लिटिल स्टार कल्चरल कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले आफ्नो वार्षिकोत्सवको साप्ताहिक कार्यक्रमअन्तर्गत मंगलबार प्री–प्राइमरी तहको लिटिल स्टार कल्चरल कार्यक्रम सम्पन्न गरेको हो ।

प्री–प्राइमरी तहमा अध्यनरत बालबालिकाहरूको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रविन्द्र रेग्मीले बताए । लिटिल स्टार कल्चरल कार्यक्रमले बालबालिकाहरूको क्षमता वृद्धि गर्नुका साथै आत्मविश्वास बढाउने उनको भनाइ थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले पहिलोपटक प्री–प्राइमरी तहका बालबालिकाहरूका लागि लिटिल स्टार कल्चरल कार्यक्रम सञ्चालन गरिएको उनले बताए । कार्यक्रमका बारेमा अभिभावकहरूले राम्रो प्रतिक्रिया दिएको बताउँदै उनले कार्यक्रमलाई निरन्तता दिने उल्लेख गरे ।

कार्यक्रममा प्री–प्राइमरी तहका विद्यार्थीहरूले विभिन्न संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए । अभिभावकहरूले समेत नृत्य गरेको कार्यक्रममा अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २१ गते बुधबार