सरस्वती पूजामा ब्राइटहोप एकेडेमीमा विशेष कार्यक्रम



नेपालगन्ज ।

बाँकेको नेपालगन्जस्थित ब्राइटहोप एकेडेमीले सरस्वती पूजाको अवसरमा अक्षराम्भ, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । एकेडेमीले सरस्वती पूजाका अवसरमा वार्षिक पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम गरेको हो ।

विद्यालयका संस्थापक विष्णुमाया पौडेलको सभापतित्व तथा समाजसेवी एवं विद्यालयका अभिभावक अक्कल बमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षाप्रेमी, समाजसेवी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बालबालिकाहरूले गीत, नृत्य, कविता वाचन, तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।

साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट शिक्षक कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुने शिक्षहरूमा जमुना बुढाथोकी, भगवती थापा, कल्पना खड्का, प्रमिला चौधरी, सरिता बिसी, लक्ष्मी केसी, आस्था चौधरी, संगीता रजौरे, मोनिका थापा, हिमांशु केसी रहेका छन् ।

यसैगरी, शिक्षकहरू अन्जना घले, लक्ष्मण चौधरी, सरस्वती खड्का, विष्णु देवकोटा, जवी सलमानी, शान्ता थापा र तेज अधिकारीलाई पनि सम्मान गरिएको छ । कर्मचारीका तर्फबाट कल्पना ज्ञवाली, मंगली चौधरी, खिमा थापा, रिता भण्डारी, वीरबहादुर रावल र तोफिक मनिहारलाई पनि सम्मान गरिएको छ । यसैगरी विद्यालयका पूर्वविद्यार्थीहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन र सहपाठ्यक्रम गतिविधिलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिए । अभिभावकहरूको तर्फबाट पनि विद्यालयको शैक्षिक वातावरणप्रति सन्तुष्टि व्यक्त गर्दै निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार