काठमाडौँ ।
नेकपा (माओवादी)का शीर्ष नेताहरूले चुनाव नलड्ने भएका छन् । सोमबार बिहान बसेको स्थायी कमिटीको भर्चुअल बैठकले शीर्ष नेताहरू चुनाव नलड्ने निर्णय भएको स्थायी समितिको सदस्य अनिल शर्मा ‘विरही’ले बताए ।
अन्य नेताहरूको हकमा भने चुनावमा जान कुनै रोक नलगाइएको उनको भनाइ छ । यसअघि महासचिव विप्लवले रोल्पाबाट चुनाव लड्ने बताएका थिए । पार्टीको निर्णयअनुसार अब विप्लवले रोल्पामा उम्मेदवारी नदिने भएका छन् ।
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्