नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत कुराका विरुद्ध १० वटा स्टाटस लेख्न आग्रह गरेका छन् । राम्रो काम गरेका कुराहरू सामाजिक सञ्जालमा लेख्न आग्रह गर्दै उनले भने, ‘राम्रो कामको लाइक त गर्नुस् बाबा । त्यहीँ छेउमै हुन्छ लाइक ।’
उनले अर्काले गालीगलौज गरे ‘पहिले बुझेर त लेख्नुस्’ भन्ने कमेन्ट गर्न आग्रह गर्दै सभ्य ढंगले जवाफ दिन भनेका छन् । उनले पार्टीविरुद्ध दुष्प्रचार भइरहेको हुँदा त्यसका विरुद्ध डटेर लड्नुपर्ने बताए । ‘हामी आफैँ योद्धा हौँ । हामी आफैँ लड्नुपर्छ,’ उनले भने, ‘जनता जति बलियो केही हुँदैन ।’
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्