सरकारद्धारा ६ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजस्व संकलन



काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२-०८३ को छ महिनामा सरकारले कुल ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । जुन रकम लक्ष्यको ८१.७५ प्रतिशत हो ।सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । जस अनुसार पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राखिएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८१-०८२ मा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ वार्षिक राजस्व लक्ष्य लिएको थियो । सो अवधिमा लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ संकलन भएको थियो ।

अर्थ मन्त्रालयका अनुसार पुस महिनामा मात्रै १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ । यस महिना १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्य राखिएको थियो । आर्थिक वर्ष २०८१-०८२ को पुस महिनामा १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार