बर्दिया,२५ माघ/ गाँउगाँउमा सिंहदरवार भन्ने आश्वासन पुरा गराउन नसक्दा करिव ६ महिनादेखि नागरिकहरुलाई जवाफ दिनै निकै सकस हुदै गएको जनप्रतिनिधिहरुले बताएका छन् ।
संघिय संरचनालाई संस्थागत हँुदै जादा, स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन समेत सम्पन्न भइसक्दा पनि प्रयाप्त ऐन कानुन र कार्यविधिको अभावमा सेवा प्रभाकारी हुन नसकेको नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले गुनासो गरिन ।
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्वर ५ को निर्वाचन स्थल दाङको घोराहीमा पुगेकी मगरले राष्ट्रिय सभाले पूर्णता पाए ऐन कानुन बन्नेमा आशा गरिन् । बर्दियाबाट प्रदेश सभा सदस्य भएकी टीका थारुले सिंहदरवार गाँउ गाँउमा भन्दा भन्दै अझै पुरा हुन नसक्दा नागरिकहरुलाई आश्वासन बाँढे झै भएको दुखेसो गरिन ।
प्युठान नगरपालिकाका मेयर अर्जुन कक्षपतिले ऐन कानुनले पूर्णता पाएको छैन् तथापी १८ वटा कानुनको मस्यौदा नेपाल सरकारबाट प्राप्त भएकाले अब स्थानीय तह सञ्चालनका लागि अभ्यासरत रहेको प्रतिक्रिया दिए । मधुवन गाउँपालिका बर्दियाका प्रमुख गणेश केसीले प्रदेश सभाले आम नगारिकलाई सर्वसुलभ सेवा दिने गरी कानुन बनाउनुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्