दलित मोर्चामा जुना



कोहलपुर,चैत्र २२
एनेकपा माओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा कोहलपुर नगरको अध्यक्षमा जुना बिक चयन भएकी छन् । आइतबार कोहलपुरमा भएको मोर्चाको प्रथम नगर सम्मेलनले बिकको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा जंगबहादुर बिक, सचिवमा निरु सुनार, सहसचिवमा बिमल परियार, कोषाध्यक्षमा सेतराम बिक लगायत रहेका छन् ।
मोर्चाले दलितका हकअधिकारका विषयमा आवाज उठाउने बताइएको छ । यसअघि भएको उद्घाटन सत्रमा मोर्चाका केन्द्रीय सदस्य शिव सुनारले दलितका हकअधिकारहरु संविधानमा समेटिएपनि कार्यान्वयनको पाटोमा चुनानैति देखिएको ले सबै दलित एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा एमाओवादी बाँके अध्यक्ष अक्कलबहादुर बम, सचिव कृष्णा केसी, सल्लाहकार समिति अध्यक्ष ओमप्रकाश केसी, दलित मुक्ति मोर्चा बाँके संयोजक अम्मर बिक, क्षेत्र नं. ४ इन्चार्ज डम्बर बिक, क्षेत्र नं. १ इन्चार्ज नरेन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत २२ गते सोमबार