दाङ ।
बर्दियामा दाङ तुलसीपुरका २७ वर्षीय निरज चौधरीको गोली हानी हत्या गरेको अभियोगमा महावीर चौधरी पक्राउ परेका छन् । महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ हुन् ।
उनलाई कैलालीको पैलारी गाउँपालिका( ५ बाट आज बिहान ३ बजे पक्राउ गरिएको बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए। उनका अनुसार हत्यामा प्रयोग भएको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ ।
महावीरले यही मंसिर १९ गते बिहानै बर्दियाको राजापुर(४ स्थित हमार थारु घर रेष्टुरेन्टमा काम गर्ने २७ वर्षीय चौधरीलाई गोली हानी हत्या गरेका थिए ।
प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार








प्रतिक्रिया दिनुहोस्