सुखी र स्वस्थ जीवन बाँच्नु छ भने यी १० सामान्य नियम पालना गरे पुग्छ



– पुलेसो   |   पौष ४, २०७२ , 4:25 pm   |   तस्विर : गुगलबाट

स्वास्थ्य सबैभन्दा महत्वपूर्ण छ । स्वस्थ जीवन नै प्रगतिको आधार हो । अहिलेको समयमा त स्वस्थ रहनु झन् आवश्यक छ । दौडधुप, व्यवस्ता र मानसिक तनावका बीच स्वस्थ रहनका लागि हिजोआज मानिसले विभिन्न खालका शारिरीक व्यायामदेखि औषधि सेवन गरिरहेका छन् तर आफ्नो जीवनशैलीमा खासै फरकपन ल्याउनेतर्फ ध्यान दिएका पाइदैन । व्यायाम र खाने बानीमा सुधार आवश्यक छ तर तीबोहक पनि दिनचर्यालाइृ सामान्य बनाउनु आवश्यक छ । समान्य दिनचर्याले अहिले महामारीका रुपमा फैलिरहेका उच्च रक्तचाप, मधेमेह, युरिक एसिड र मुटुका विभिन्न रोगबाट सुरक्षित राख्न सक्छ ।

आफ्नो दिनचर्यालाई सामान्य राख्न धेरै ठूलो मिहिनेत पनि गर्नु पर्दैन, न त यो खर्चालु नै छ । केही सामान्य तथ्यहरूमा ध्यान दिन सकियो भने दिनचर्या सामान्य बन्न सक्छ फलस्वरुप घातक रोगहरूबाट मात्रै बच्न सकिन्न शरीरलाई सुन्दर पनि बनाउन सकिन्छ । सामान्य दिनचर्याका लागि यी १० बानीलाई अंगाल्न वैज्ञानिकहरूले सुझाव दिएका छन् ।

bad१ . नराम्रा बानीबाट मुक्ति पाउनुहोस्

सबै नराम्रा बानीबाट मुक्ति पाउन सम्भव छैन तर तीमध्ये केहीबाट भने पाउनै पर्छ यदि तपाई स्वस्थ रहन चाहनुहुन्छ भने । धुमपान, लागूऔषध, असुरक्षित यौन सम्पर्क र अन्य केही अस्वस्थ लतहरू त्याग्नै पर्ने बानी हुन् । यी बानी छोड्न केही समय अवश्य लाग्छ तर प्रयास गरे छोड्न नसकिने होइन । अर्कोतर्फ केही यस्ता बानी पनि छन् जो खासै हानिकारक छैनन् तर ती नराम्रा हुँदै जान्छन् । त्यस्ता बानी हुन् रक्सी, चिनी, क्याफिन, जंक फुड । यिनको नियमित उपभोगले लत लाग्न सक्छ फलस्वरुप स्वास्थ्यमा ठूलै हानी पुग्न सक्छ ।

 

chechup२. नियमित शारिरीक जाँच
कम्तीमा वर्षमा एक पटक शारिरीक जाँच आवश्यक छ । रगतमा कुन तत्व धेरै वा थोरै छ ? मुटु र मृगौलाको अवस्था कस्तो छ ? आँखाको अवस्था के छ ? मधुमेह र युरिक एसिडको मात्रा रगतमा कस्तो छ ? छालामा कुनै समस्या त छैन ? आदि प्रश्नहरूको उत्तर हरेक वर्ष तपाइले थाहा पाउनु आवश्यक छ । यदि तपाई उच्च वा निम्न रक्तचापबाट पीडित हुनुहुन्छ भने त्यस अवस्थामा कम्तीमा तीन महिनाको फरकमा रक्तचाप जाँच गर्नु आवश्यक छ । रक्तचापका विरामीले जतिसक्दो कम अवधिमा जाँच गराउनुपर्ने चिकित्सकहरूको सल्लाह छ ।

 

sleep३. निन्द्रामा ध्यान दिनुहास्

निन्द्राले मानिसको स्वस्थपनमा असर गर्दछ । कम निन्द्राले शरीरका प्रायः सबैजसो काममा असर पार्ने अनुसन्धानहरूले देखाएका छन् । निन्द्रा कम भएमा पाचन प्रक्रिया, एकाग्रता, स्मरणमा प्रत्यक्ष असर पर्दछ र तनाव बढाउने हार्मोन बढ्छ । कम निन्द्राले मुटुको रोग पनि निम्त्याउन सकिन्छ । विभिन्न अनुसन्धानहरूले स्वस्थ वयस्क मानिसका लागि दैनिक आठ घण्टा गहिरो निन्द्रा आवश्यक रहेको देखाएका छन् ।

 

exercise४. व्यायाम आवश्यक

व्यायाम शरीरका लागि अति आवश्यक छ । हामीहरू व्यायाम भन्नाले कठोर शारिरीक श्रम बुझ्दछौं । तर त्यसो होइन । शरीरलाई सामान्य रुपमा चलायमान राख्नु पनि व्यायाम हो । साताका केही दिन मात्रै भए पनि हिंड्नाले पनि शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ । यस्तो व्यायामले मुटु र फोक्सोलाई बलियो बनाउँछ । रक्तसञ्चारलाई नियमित र राम्रो बनाउन पनि व्यायामले मद्दत गर्दछ । सातामा चार दिन हरेक दिन मात्रै एक घण्टाको हिंडाईले पनि शररुरलाई चाहिने व्यायाम प्राप्त हुने अनुसन्धानहरूको परिणाम छ ।

food५. खानमा ध्यान राख्नुहोस्

जंक फुडको उपभोग कम गरेमा मात्रै खानेबानीमा प्रशस्त सुधार हुने अनुसन्धाताहरूको कथन छ । हरियो सागपात र तरकारी तथा ताजा अन्नबाट बनेका परिकार नै स्वस्थ खानेकुरा हुन् । कुखुराको मासु, माछा, सिमी जातका तरकारी, फलफूल, दुग्धजन्य उत्पाद खाँदा स्वस्थ रहन सकिन्छ । तर, खाना राम्रो भएर मात्रै पुग्दैन, खाने तरिका पनि राम्रो हुनुपर्छ । भेट टम्मै भरिउञ्जेल कहिल्यै खानु हुँदैन । मात्रा मिलाएर खान आवश्यक छ ।

 

 

breakfast६.  विहानको नास्ता खान नभुल्नुहोस्

विहानको स्वस्थ नास्ताले नै तपाईको दिनचर्या सुनिश्चित गर्दछ । दिनभरिलाई चाहिने शक्ति र उर्जा यही नास्ताले दिने गर्दछ । रगतमा चिनीको मात्रा स्थिर गर्न विहानको नास्ता अत्यन्त आवश्यक भएको अनुसन्धानहरूले देखाएका छन् । विहानको नास्ताले दिउँसो र साँझमा अनावश्यक र अत्यधिक खानबाट पनि बचाउँछ । विहानको नास्ता विहान १० बजेसम्म खाइसक्नु पर्ने विज्ञहरूको सुझाव छ । नेपाली खानपिन सँस्कृतिमा भने विहानको खानालाई नै नास्ताका रुपमा लिन सकिन्छ ।

water७. पर्याप्त पानी पिउनुहोस्

मानव शरीरको ठूलो अंश पानीबाट बनेको छ । पर्याप्त पानी नपिउनाले शरीरमा धेरै किसिमका समस्या उत्पन्न हुन्छन् । शरीरलाई पूर्णतः जलयुक्त गगरिएन भने उत्पन्न हुने विकार घातक हुन्छन् । अनुसन्धानहरूका अनुसार एक वयस्क व्यक्तिले प्रतिदिन चारदेखि ६ लिटरसम्म पानी पिउनु आवश्यक छ । पानी पिउँदा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा के हो भने पानी पूरर्ण रुपमा सफा हुनुपर्छ । पिउन लायक नरहेको पानी धेरै पिउँदा दुष्परिणाम झन् घातक हुन सक्छ ।

 

 

happy-and-healthy-man८. तनाव कम गर्नुहोस्

धेरैलाई लाग्छ तनाव व्यक्ति स्वयंले क मगर्नै सक्दैन तर सत्य त्यो होइन । विभिन्न कारणले उत्पन्न तनाव व्यक्ति स्वयंले क मगर्न सक्छ । हरेक समस्यालाई अवसरका रुपमा हेरेर त्यसबाट फाइदा लिने उपाय खोज्ने बानी बसाल्न सके तनाव कम हुने अनुसन्धानकर्ताहरूको भनाई छ । समस्यालाई सामान्य ठान्न सक्ने क्षमता नै तनाव क मगर्ने उपाय हो भन्छन् उनीहरू । तनावले एकदमै छिटो शरीरलाई नराम्रो असर गर्दछ । व्यायाम तथा ध्यानले पनि तनाव क मगर्न मद्दत मिल्ने खोजहरूले देखाएका छन् ।

express९. आफूलाई अभिव्यक्त गर्नुहोस्

मनका कुरा दवाएर राख्दा मानसिक र भावनात्मक तनाव उत्पन्न हुन्छ । जब भावनात्मक र मानसिक तनाव उत्पन्न हुन्छ त्यसको प्रत्यक्ष असर शारिरीक स्वस्थतामा पर्दछ । कुण्ठाले मनोवैज्ञानिक रोगहरू बढाउँछ । त्यसैले मनका कुरा अर्थात कुण्ठाहरूलाइृ दबाएर राख्नु हुँदैन । साथीभाई वा मिल्ने मान्छेहरूसँग ती कुरा गर्ने हो भने खतरनाक मानसिक, मनोवैज्ञानिक र शारिरीक समस्याहरूबाट बच्न सकिन्छ ।

१०. नियमितता र नम्रता आवश्यक

जीवनलाई खुसी र स्वस्थ बनाउने हो आफ्नो दिनचर्यामा नियमितता र एकरुपता आवश्यक छ । तपाई हरेक दिन जे गर्नुहुन्छ त्यो स्वस्थ जीवनका लागि हुनुपर्छ । अस्वस्थकर बानीबेहोराबाट बच्दै स्वस्थ जीवनशैलीका लागि सहयोगी हुने बानीको विकास जरुरी छ । आफ्नो दिनचर्यालाई व्यवस्थित बनाउनु आवश्यक छ । विहान उठ्नेदेखि राति सुत्नेसम्मको समयमा एकरुपता, खानादेखि मनोरञ्जनको शैलीमा एकरुपता जस्ता बानीको विकास गर्न सक्नुभयो भने त्यसले तपाईलाई स्वस्थ जीवनतर्फ नै लैजान्छ । दिनचर्यामा यस्तो एक रुपता कायम गर्दा ध्यान दिनुपर्ने कुरा केहो भने आफ्नो दिनचर्यामा एक्कासी ठूलो परिवर्तन गर्नु हुँदैन । विस्तारै र एकएक गरी परिवर्तन गर्न आवश्यक छ ।

साभार : livestrong.com

– See more at: http://puleso.com/?post_type=news&p=2595/#sthash.Hf1LEZRT.dpuf

  • No tags available
प्रकाशित मिति : २०७२ पुस ८ गते बुधबार