नेपालगन्ज ।
बाँकेको नेपालगन्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयमा खेल सप्ताह सुरु भएको छ । कक्षा १२ सम्म अध्यापन हुने उक्त विद्यालयले रनिङ शिल्डको तयारीस्वरुप खेल सप्ताह आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सध्या गुप्ताले जानकारी दिइन् ।
उनका अनुसार सप्ताहमा रनिङ शिल्डमा समावेश हुने खेलहरूका साथै साना बालबालिकाका लागि मनोरन्जनात्मक खेलकुद गतिविधिहरू पनि सञ्चालन गरिने उनले बताइन् । यसवर्ष थप व्यवस्थित तरिकाले खेलकुद क्रियाकलापलाई प्रोत्साहन गर्न खेल सप्ताह आयोजना गरिएको गुप्ताको भनाइ छ ।
आइबार खेल सप्ताहको उद्घाटन समारोह आयोजना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकेश सिंहको अध्यक्षता तथा नेपालगन्ज उपमहागरपालिकाका शिक्षा शाखा प्रमुख गार्खबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विद्यार्थीहरू मार्च पास तथा शारीरिक कसरतका अभ्यासको प्रदर्शनी पनि गरेका थिए ।
कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख थापाले नेपालगन्जको सबैभन्दा पुरानोमध्येको एक विद्यालयको रूपमा रहेको मंगलप्रसाद माविले खेलकुद गतिविधिमा पनि हरेक वर्ष उत्कृष्ट प्रदर्शन गर्दै आएकोमा खेल सप्ताहले थप बल पु¥याउने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहले विद्यार्थीहरूको प्रतिभा विकासका लागि उपयुक्त वातावरण बनाउने काममा आफूहरू निरन्तर लागिरहेको र आगामी दिनमा पनि थप गतिविधिहरू आयोजना गर्ने तयारीमा रहेको जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्