विज्ञानको विकासक्रमको यात्रा



हामीले अहिले जे जति ज्ञान आर्जन गरेका छौँ र सूचनाहरू प्राप्त गरेका छौँ त्यो पानीको एउटा थोपा बराबर हो । जति हामीले जान्न र बुझ्न पाएका छैनौँ, त्यो समुद्र बराबर नै छ । हामीले धेरै जानेका छौँ, बुझेका छौँ भनेर घमण्ड गर्नु हुँदैन । हामीसँग अहिले जुन ज्ञानको भण्डार छ, त्यो सीमित मात्रामा छ । मानवजातिले आर्जन र संकलन गरेको अथाह ज्ञानको भण्डारलाई हामीले चुम्न सकेका छैनौँ र सुसज्जित हुन पाएका छैनौँ ।

चिन्तामणि घिमिरे

हजारौँ वर्षदेखि मानिसले रात्री आकाशतिर ताकेर हेर्ने ग¥यो । आकाशमा मौजुद ताराहरू, ग्रहहरू र अन्य खगोलीय पिण्डहरूको गतिलाई बुझ्ने प्रयास ग¥यो । बुझ्ने प्रयासमा निरन्तर लागिरह्यो । अनुसन्धान कार्यमा निरन्तर लागिरह्यो । नयाँनयाँ खोजहरूको विकास हुँदै गयो । मानवीय चेतनामा थप विकास हुँदै अगाडि बढ्यो । उत्पादनका साधनहरू र नयाँनयाँ औजारहरूको आविष्कार र विकास हुन थाल्यो । प्राचीन ग्रिक खगोलविद्हरूले आफ्नो अध्ययनको आधारमा ब्रह्माण्डको मोडेल प्रस्तुत गरे । सबैभन्दा पहिले छैटौँ शताब्दी इसापूर्वमा थेल्स नाम गरेका एक दार्शनिकले यो अवधारणा प्रस्तुत गरे कि धर्ती थाल÷प्लेटजस्तै चेप्टो छ, जो अनन्त महासागरमा तैरिरहेको छ, यसको माथि उचाइमा अन्य खगोलीय पिण्डहरू रहेका छन् । अनेक्स्मेण्डरले यो बताए कि धर्ती चेप्टो छ, तर यो कुनै अनन्त महासागरको माथि रहेको छैन् । प्राचीन खगोलविद्हरूले रातमा आकाशलाई अवलोकन गर्ने प्रयास गरे र ग्रहहरू एवं तारा मण्डलहरूलाई चिन्ने काम गरे । यसपछि यी खगोलीय पिण्डहरू र धर्तीलाई लिएर एकपटक फेरि खगोलीय जगतको मोडेल प्रस्तुत गर्ने प्रयासहरू भए ।

यसै सन्दर्भमा अरस्तुले यो अवधारणा दिए कि धर्ती गोलो छ एवं सूर्य, चन्द्रमा र अन्य खगोलीय पिण्डहरूले यसको वरिपरि घुमिरहन्छन् । अरु अगाडि एराटोस्थीनीजले दोस्रो शताब्दी ईसापूर्व यो सिद्द गरे कि पृथ्वी गोलो छ एवं यसको क्षेत्रफल ६४०० किमि छ । यद्यपि अरस्तुको जियोसेन्ट्रिक मोडेल (Geocentric Model) लाई पनि त्यस समयमा चुनौती मिल्यो । पहिलो पटक अरिस्टार्कस नाम गरेका वैज्ञानिकले यो विचार दिए कि सूर्य ब्रह्माण्डको केन्द्र हो र अन्य खगोलीय पिण्डहरूले यसलाई घुम्छन् । यही मोडेल नै हेलिओसेन्ट्रिक मोडेल (Heliocentric Model) पछि गएर प्रसिद्ध भयो । इसाको दोश्रो शताब्दीमा टोलेमीले अरस्तुको जियोसेन्ट्रिक मोडेललाई सही सिद्ध गर्नको लागि यसमा एपीसाइकिल्स (Epicycles)को अवधारणालाई जोडे । आगामी करिब १५००–२००० वर्षसम्म टोलेमी र अरस्तुको जियोसेन्ट्रिक मोडेलको नै बोलबाला रह्यो । १५औँ शताब्दीमा पोल्यान्डका एकजना पादरी निकोलस कोपरनिकसले हेलियोसेन्ट्रिक मोडेललाई सही ठहराए र उनले भनेकी धर्तीले वृत्ताकार पथमा सूर्यलाई घुमिरहेको हुन्छ । १६औँ शताब्दीमा जोहान्स केपलरले यसमा सुधार गर्दै भने कि धर्ती र अन्य ग्रहहरूले सूर्यको चारैतिर वृत्ताकार पथमा नभएर दीर्घ वृत्ताकार (elliptical path) पथमा परिक्रमा गर्छन् ।

१६औँ शताब्दीको समय त्यो समय थियो, जब टेलिस्कोपको आविष्कार भयो । हैस लेपररो नामक एक डच नागरिकलाई टेलिस्कोपको निर्माणको श्रेय दिने गरिन्छ । यद्यपि, टेलिस्कोपको डिजाइनलाई ग्यालिलियोले नै सुधारेका थिए । उनले यसमा उत्तल लेन्सलाई ओब्जेक्टिभ लेन्सको ठाउँमा प्रयोग गरे र आईपीसको ठाउँमा अवतल लेन्सको प्रयोग गरे । केपलरले आईपीसको ठाउँमा उत्तल लेन्सको प्रयोग गरे ।
ग्यालिलियोले टेलिस्कोपको सहायताबाट वृहस्पतिको उपग्रहहरूलाई खोजे र कैयौँ अन्य महत्त्वपूर्ण खोजहरू गरे । लेन्सवाला टेलिस्कोप पछि गएर रिफ्रेकलर टेलिस्कोपको रूपमा चर्चित भयो । तैपनि ग्यालिलियो र केप्लरको टेलिस्कोपमा एउटा कमी थियो । जब प्रकाश लेन्स भएर जान्थ्यो, अपर्वतन्को साथ वर्णविचलन (अजचयmबतष्अ ब्दभचखबतष्यल) पनि हुन्थ्यो । जसको कारण प्रतिविम्ब धमिलो हुन्छ । यस समस्याको समाधानको सन्दर्भमा (सिलसिलामा) न्युटनले रिफ्लेक्टर टेलिस्कोप तयार गरे । जसमा लेन्सको सट्टा अवतल दर्पणको प्रयोग हुन्थ्यो।
यस्तो टेलिस्कोपलाई न्युटोनियन रिफ्लेक्टर भनियो । यस्तै क्रिस्टोफर हाइजेन्सले वर्ण विचलन (chromatic Abervation)को समस्याबाट मुक्ति र छुटकारा पाउनको लागि विशाल रिफ्रेक्टर टेलिस्कोपको निर्माण गरे ।

परन्तु आफ्नो आकारको कारण यस्तो टेलिस्कोपलाई प्रयोग गर्न धेरै मुश्किल थियोे । यद्यपि टेलिस्कोपको प्रयोगले ब्रह्माण्डको बारेमा हाम्रो ज्ञानको विस्तार भयो । हामीलाई राम्रो जानकारी मिल्यो । हामीलाई यो कुराको जानकारी भयो कि हाम्रो सौर्य मण्डलदेखि पर पनि खगोलीय पिण्ड वा संरचनाहरू (निहारिका आदि) छन् । १७औँ, १८औँ एवम् १९औँ शताब्दीको दौरान टेलिस्कोपको डिजाइनहरूमा लगातार सुधार हुँदै रह्यो । कासेग्रेन र रिचेचेरिटोन टेलिस्कोप पनि यसै दौरानमा बनाइएका हुन्, जो सामान्य गैलियन रिफ्रेक्टर र न्युटोनिएन रिफ्रेक्टरभन्दा कैयौँ मानेमा राम्रो थिए । २०औँ शताब्दीको आरम्भसम्म मानिसलाई यो जानकारी हुन थाल्यो कि हाम्रो आकाशगङ्गा एक्लो आकाशगङ्गा होइन, बरु यस्ता असंख्य आकाशगङ्गाहरू ब्रह्माण्डमा मौजुद छन् । तर एकपटक फेरि हामीलाई आप्टिकल टेलिस्कोपहरूको सीमाहरूको सामना गर्नुप¥यो । डाप्लर प्रभावको सिद्धान्तबाट हामीलाई यो थाहा हुन्छ वा हामी जान्दछौँ कि ब्रह्माण्ड फैलिँदै धेरै टाढा गइरहेको छ । खगोलीय पिण्डदेखि निक्लिरहेको प्रकाशको तरंग टाढा बढ्दै जान्छ । जसको कारण उसको प्रकाश हाम्रो दृश्य सीमाभन्दा बाहिर जान्छ । यस कारणले कुनै पनि आप्टिकल टेलिस्कोपको सहायताले तिनीहरूलाई देख्न सकिँदैन ।

यसको अतिरिक्त खगोलीय पिण्ड दृश्य प्रकाशको अलावा पनि कैयौँ तहको विद्युत् चुम्बकीय तरंग पनि उत्सर्जित गर्दछ । यस कारण यस्तो खगोलीय पिण्डको अवलोकन गर्नको लागि एक्सरे, टेलिस्कोप, रेडियो टेलिस्कोप, गामारे टेलिस्कोप, अलट्रावायलेर टेलिस्कोप एवं इफ्रारेद टेलिस्कोपलाई पृथ्वीमाथि कक्षहरूमा स्थापित गरिएको हुन्छ । आधुनिक समयमा यी विभिन्न प्रकारका टेलिस्कोपहरूले ब्रह्माण्डको कैयौँ रहस्यहरूको पर्दा उठाएका छन् । आजको एक्काइसौँ शताब्दीमा विज्ञानले अद्भूतरूपमा विकास गरेको छ । हामीले कल्पना नगरेको कुरामा विज्ञानले आफूलाई हिँडाएको छ । अहिले विज्ञानले जुन तरिकाले विकास गरेको छ र एउटा गतिशील चेतनाको निर्माण गरेको छ । हामी अझैपनि विज्ञानले गरेको विकासअनुरुप आफूलाई हिँडाउन सकेका छैनौँ । वैज्ञानिक चेतनाको हिसाबले हामी अझै पिछडिएका छौँ । अहिले विश्वमा जे जति विकास भएको छ, त्यो मानिसको कल्पनाशक्तिको परिणाम हो । कल्पना मानिसको विचारभन्दा बलियो र शक्तिशाली हुन्छ । मानिसले कल्पना गर्न छाड्यो भने उसको विचारको विकासको यात्रा रोकिन्छ । कल्पनाशक्तिले विचारलाई मजबुत बनाउँछ र अगाडि बढ्न प्रेरित पनि गर्दछ ।

पहिले मानिसहरूमा यो बुझाइ थियो कि पृथ्वी नै ब्रह्माण्डको केन्द्रमा छ । अरस्तुले यो विचारलाई जोड दिएका थिए । उनले पृथ्वी गोलो छ भने तर सूर्यलगायत अन्य ग्रह र ताराहरूले पृथ्वीलाई घुम्छन भने । तर अरस्तुको यो विचार पछि गएर असत्य सावित भयो । पृथ्वीबाट नै अन्य वस्तुहरूको गतिको निर्धारण गर्ने गरिन्छ । हामीले अहिले जे जति ज्ञान आर्जन गरेका छौँ र सूचनाहरू प्राप्त गरेका छौँ त्यो पानीको एउटा थोपा बराबर हो । जति हामीले जान्न र बुझ्न पाएका छैनौँ, त्यो समुद्र बराबर नै छ । हामीले धेरै जानेका छौँ, बुझेका छौँ भनेर घमण्ड गर्नु हुँदैन । हामीसँग अहिले जुन ज्ञानको भण्डार छ, त्यो सीमित मात्रामा छ । मानवजातिले आर्जन र संकलन गरेको अथाह ज्ञानको भण्डारलाई हामीले चुम्न सकेका छैनौँ र सुसज्जित हुन पाएका छैनौँ । ब्रह्माण्डको खोजयात्रामा मानिस लागिरहेको छ । असम्भव र रहस्यमय लाग्ने कुराहरूलाई उसले सम्भव बनाउँदै लगिरहेको छ । विज्ञानले हरेक कुरालाई सम्भव बनाउँदै लगिरहेको छ । विज्ञान र प्रविधिको सहाराले मानिसले आफूलाई सुखी र खुसी बनाउँदै लगिरहेको छ । विज्ञान र प्रविधि चलाउन जाने सुखी र खुसी भइने नत्र जीवन दुखको भूमरीमा रुमल्लिरहने खतरा छ । बेलैमा सचेत र सतर्क बनौँ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार