नेपालगन्ज ।
एपीवान टेलिभिजनबाट प्रसारण हुँुदै आएको रियालिटी शो एक्टिङ स्टारको प्रथम संस्करणमा विजेता बनेकी नेपालगन्ज निवासी कलाकार नविना रानाभाटलाई गृह जिल्लामा स्वागत गरिएको छ । नविनालाई नेपालगन्ज विमानस्थलमा कलाकार, सामाजिक अगुवा तथा दर्शकहरूको उपस्थितिमा स्वागत गरिएको हो ।
बाँके कला केन्द्र नेपालगन्जको संयोजनमा भएको स्वागत कार्यक्रममा कला केन्द्रका पदाधिकारी, कलाप्रेमी, सामाजिक अगुवा, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । रानाभाटलाई पन्चे बाजासहित विमानस्थलदेखि राँझा बजारसम्म स्वागतमा नाचगान गर्दै खुसीयाली मनाइएको थियो । विमानस्थलबाट नेपालगन्जको सिटी प्यालेस होटेलमा ¥यालीसहित पुगेर औपचारिक कार्यक्रम गरिएको थियो ।
नेपालगन्जका पूर्व नगरप्रमुख उमा थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार शरण कर्माचार्य, समाजसेवी कृष्णप्रसाद श्रेष्ठ, नविना रानाभाटका बुबा भीमबहादुर रानाभाट लगायतले बोल्दै खुसी साटेका थिए । नविनाका बुवा भीमले छोरीले पाएको सफलताले सम्पूर्ण देश र नेपालगन्जलाई गौरभान्वित बनाएकोमा आफूलाई हर्ष लागेको बताए ।
नविनाकी आमा निशा रानाभाटले छोरीले पाएको सफलतामा आमाको रूपमा आफूलाई धन्य महसुुस भएको बताइन् । नविनाले आफ्नो यात्रा बल्ल सुरु भएकोले आगामी यात्रामा पनि भरपुर साथ दिन दर्शक तथा नेपालगन्जवासीहरूमा अनुरोध गरेकी छन् । उनले आफ्नो सफलता बाँके जिल्ला र समग्र कलाकारिता क्षेत्रको सफलता भएको महसुस गरेको बताइन् । नगर उपप्रमुख थापामगरले नविनाले प्राप्त गरेको सफलताले नेपालगन्जलाई सबैभन्दा बढी खुसी बनाएको बताइन् । कार्यक्रमस्थलमा केहीबेर पन्चेबाजामा नाचेर खुसीयाली पनि मनाइएको थियो ।









प्रतिक्रिया दिनुहोस्