चिन्तामणि घिमिरे
गर्भावस्थामा छँदै पिताको निधन हुनु । दुई वर्षको उमेरमा आमाले दोस्रो विवाह गरेर जानु । मातृ वात्सल्य र पितृ वात्सल्यबाट वञ्चित हुनु त्यो दुधे बालकको निम्ति कम पीडादायी थिएन । संघर्षले मानिसलाई स्पात बनाउँछ भने प्रेमले उत्साहित बनाउँछ भन्ने वाक्य जेनी माक्र्सको मुखबाट त्यत्तिकै निस्केको थिएन होला शायद । न्युटनले बाल्यावस्थामा नै मातापिताको प्रेमबाट वञ्चित हुनुप¥यो भने संघर्ष उनको साथमा रह्यो । त्यही संघर्षले उनलाई स्पात बनायो । न्युटन प्रतिभाशाली वैज्ञानिक थिए । यस्ता प्रतिभाशाली वैज्ञानिकलाई नचिन्ने को होला र ? सन् १६७०–८० को दशकमा लन्डन र पेरिसमा वैज्ञानिकहरूको समूहले मानिसहरूको विचारमा एउटा नयाँ क्षितिज खोलिदिएका थिए ।
भ्लनष्किज च्यथब िक्यअष्भतथ र ँचभलअज ब्अबमझथ इा क्अष्भलअभ ले महत्वपूर्ण कार्य प्रारम्भ गरिदिएका थिए । वैज्ञानिकहरू र दार्शनिकहरूमा नयाँ तथ्यलाई खोज्नको लागि एक अपूर्व अध्ययनको ध्यान जागेको थियोे । ठाउँ ठाउँमा सभा हुन्थे, भाषण हुन्थे र प्रदर्शन पनि हुन्थे । न्युटनलाई भाग्यशाली वैज्ञानिक मान्नुपर्ने हुन्छ । किनकि यिनको समयदेखि नै वैज्ञानिक चेतना प्रारम्भ भएको थियो । यिनले धर्मको यातना भोग्नुपरेन । ब्रुनो र ग्यालिलियोको जस्तो दुःखद परिस्थितिको सामना गर्नुपरेन । वैज्ञानिक दुनियाँमा हलचल धेरै पहिलेदेखि नै आरम्भ भइसकेको थियो । कोपरनिकसले यसको सुरुवात गरेका थिए । कोपरनिकसले विज्ञानको जग बसालेका थिए र विज्ञानलाई धर्मबाट अलग गरेका थिए । कोपरनिकसले आकाशीय पिण्डहरूको वैज्ञानिक दृष्टिकोणबाट पूरै तरिकाले प्रस्तुत गर्न सकेका थिएनन् । कोपरनिकसको अधुरो कार्यलाई न्युटनले पूरा गरेका थिए ।
सत्रौँ शताब्दीमा इङ्गल्यान्डको लिन्कनशायरको ग्रान्थम नामक स्थानमा २५ डिसेम्बर १६४२ का दिन न्युटनको जन्म आफ्ना पिताको मृत्युको केही समयपछि भएको थियो । जन्मको समय यिनको स्वास्थ्य यति खराब थियो कि मान्छेहरूले सोँच्दथे कि उनी धेरै दिनसम्म बाँच्ने छैनन् । यिनी किसान परिवारमा जन्मेका थिए । पिताको नाम आइज्या क न्युटन थियो भने माताको नाम हान्ना थियो । न्युटनकी आमासँग विवाह भएको केही महिनाभित्रै उनका पिताको मृत्यु भएको थियो । न्युटनको जीवन कठिनाइ र संघर्षले भरिएको थियो । बाआमाको मायाको अभाव त छँदैथियो । ठूलोे भएपछि एउटी केटीसँग प्रेम अंकुराएको थियो । तर प्रेमिकाले पनि उनलाई धोका दिइन् । निजी जिन्दगीमा मिलेका थुप्रै झट्काहरूबाट उनी निराश भएनन् ।
बरु पाठ सिके र पढाइ र नयाँ नयाँ खोजहरूमा ज्यादा ध्यान दिन थाले । छब्बीस वर्षको उमेरमा उनी क्याम्ब्रिज युनिभर्सिटीको प्रोफेसर बने । न्युटन अत्यन्तै सोँच्दथे । हरेक कुरामा अत्यन्तै होसियारीपूर्वक दृष्टि राख्दथे । उनले गतिको नियमहरू पनि खोजे । जसको आधारमा आज पूरा विश्व चलिरा’छ । न्युटनले काम लाग्ने र पूरा गर्न सकिने किसिमका कैयौँ सूत्रहरू दिए । कुनै पनि ठूलोे काम वा खोज ठूलोे सोचबिना सम्भव हुँदैन्। बाल्यकालमै न्युटन अनाथ भएका थिए । न्युटन जन्मनुभन्दा पहिले नै उनका पिताको निधन भइसकेको थियो । यिनी गर्भ मै टुहुरा भएका थिए । यिनले आफ्ना पिताको मुहार देख्न पाएनन् । यिनी दुई वर्षको हुँदा विधवा माताले दोस्रो विवाह गरिन् । हजुरआमाले अनाथ बच्चाको देखभाल गरिन् । न्युटन छ वर्षको भएपछि उनलाई गाउँको स्कुलमा भर्ना गरियो । बाह्र वर्षको उमेरसम्म उनले गाउँमै पढे । पढाइमा यिनी त्यति उम्दा थिएनन् । सामान्य नै थिए । गणितमा यिनको रुचि अत्यन्तै तीव्र थियो । पछि यिनलाई ग्रान्थम सहरको किङ्ग्स स्कुलमा पठाइयो ।
जुन उनको गाउँदेखि सात माइल टाढा थियो । उनलाई उतै बस्ने व्यवस्था मिलाइएको थियो । उनले त्यहाँ दुई वर्ष बिताए । १४ वर्षको उमेरमा उनलाई पढ्नबाट छोडाइयो र खेतमा काम गर्नको लागि पठाइयो । परन्तु यिनको मन गणित र दार्शनिक विचारहरूमा हराइरहन्थ्यो । यिनको मामाको प्रयासले यिनी पÞmेरि स्कुलमा भर्ना भए । स्कुलमा न्युटनलाई सबभन्दा काम नलाग्ने निकम्मा केटो मानिन्थ्यो । एकदिन कुरै कुरामा कुनै केटासँग यिनको लडाइँ चल्यो । लडाइँमा न्युटनले जिते । तब यिनले निश्चय गरे कि लडाइँमाजस्तै पढाइमा पनि मैले यसलाई पछार्छु । उनी ठूलोे उत्साहका साथ पढाइमा जुटे । देख्दादेख्दै दर्जाको हिसाबले सबैभन्दा कमजोर केटा सबैभन्दा प्रतिभाशाली छात्र मानिनलागे । न्युटन सोझा थिए तर कमजोर थिएनन् । प्रतिभाशाली व्यक्तिहरूले पाठयपुस्तक भित्रको ज्ञान र स्कुलको पर्खालभित्रको जीवनभन्दा बाहिर आँखा लगाउन थाल्छन् जब बाहिरको स्वतन्त्र दुनियाँमा रमाउन चाहन्छन् तब उनीहरूको खोज अनुसन्धानको दायरा फराकिलो बन्दैजान्छ ।
स्कूले जीवनमा नै न्युटनमा वैज्ञानिक प्रतिभा विकास हुन लागेको थियो । जब सबै केटाकेटी खेलकुदमा व्यस्त रहन्थे भने उनी आफ्नै धुनमा मस्त रहन्थे, कुनै वैज्ञानिक प्रयोगमा सोचमग्न रहन्थे । छिमेकमा एक पवनचक्की देखेर न्युटनले आफ्नो लागि एउटा सानो पवनचक्की बनाएका थिए । यतिमात्र होइन, न्युटनले जलघडीको पनि निर्माण गरेका थिए । जब न्युटन चौध वर्षको उमेरमा पुगेका थिए उनकी आमाको दोस्रो पतिको पनि मृत्यु भयो र न्युटनकी आमा आफ्नो पुरानो घर (वुल्सथार्पी) फर्केर आइन्, जहाँ न्युटनको हजुरआमा रहन्थिन् । घरमा आउँदाबित्तिकै न्युटनकी आमाले उनलाई ग्रान्थमबाट घर बोलाइन् । तिनले न्युटनलाई खेतीपातीको काममा लगाउन चाहिन् । तर न्युटनको मन खेतीपातीको काममा गएन् । बजार लागेको दिन न्युटनलाई नोकरको साथ ग्रान्थम जानुपथ्र्यो । तर किनबेचको काम नोकरले नै गथ्र्यो । न्युटन त आफू बस्ने पहिलेको ठाउँमा गएर साँझसम्म किताब पढ्ने गर्दथे । जब उनको मामाले भान्जाको पढाइमा यतिविघ्न रुचि देखे तब उनले क्याम्ब्रिज विश्वविद्यालयमा भर्ना हुने सल्लाह दिए । एक वर्षको तयारीपछि उनी क्याम्ब्रिजमा भर्ना भए । १६६१ मा यिनी क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजमा भर्ना भएका थिए ।
एक साँझको समय न्युटन आफ्नो बगैँचामा स्याउको रूखमुनि सोचमग्न अवस्थामा बसिरहेका थिए । एक्कासि माथिबाट एउटा स्याउको दाना उनको टाउकोमा खस्यो । उनी स्याउको दाना माथितिर नगई तलतिर खसेकोमा अचम्म परे । उनको मनमा विचार आयो कि आखिर स्याउ जमिनमा नै किन खस्यो, माथितिर किन गएन ? मनमा खुल्दुली मच्चियो । यहीँबाट नै गुरुत्वाकर्षण को सिद्धान्त जन्मियो । ज्ञान व्यवहारबाट आउँछ भनेको सत्य हो । गुरुत्वाकर्पणको सिद्धान्त किताब पढेर फुरेको होइन । यो त व्यवहारमा उनले प्रत्येक्ष आफ्नै आँखाले देखेको कुरा हो । यस समस्यामाथि विचार गरेर न्युटनले गुरुत्वाकर्षणको सिद्धान्तलाई स्थापना गरे जसका अनुसार हाम्रो पृथ्वी प्रत्येक वस्तुलाई आफ्नो केन्द्रतिर तान्ने (खिच्ने) गर्दछ ।
पृथ्वी नै किन ब्रह्माण्डका प्रत्येक कण अर्को कणलाई आफूतिर तान्ने (खिच्ने) गर्दछ ? यसै बलको कारण सबै ग्रह उपग्रह आफ्नो कक्षमा रहने गर्दछन् । ‘प्रिन्सिपिया’ न्युटनद्वारा रचित महान ग्रन्थ हो जसमा उनको गति नियमहरूको व्याख्या छ । यो ग्रन्थ तीन भागमा छ जसको आज पनि महत्व छ । यसको अतिरिक्त न्युटनले अरु पनि कैयौँ खोजहरू गरे । तत्कालीन समाजमा न्युटनको ठूलोे प्रतिष्ठा थियो । उनको प्रसिद्धिको अन्दाज यस कुराबाट लगाउन सकिन्छ कि उनको बारेमा भनिन्थ्यो – ‘प्रकृति अँध्यारो थियो, प्रकृतिका नियम अँध्यारोमा थिए जब न्युटन पैदा भए, तब चारैतिर अरु उज्यालो हुनगयो ।’ यी पंक्तिहरू आजपनि न्युटनको कब्रमाथि कुँदिएको छ ।
महान वैज्ञानिक हुँदाहुँदै पनि न्युटन अत्यन्तै नम्र स्वभावका थिए । उनीसँग एउटा प्यारो कुकुर पनि थियो– डायमण्ड । एकपटक न्युटनले बलिरहेको बत्ती टेबुलमा छोडेर घुम्न गए । यसै बीचमा किन हो कुन्नी कुकुरले टेबुल माथि झम्टयो । बत्ती टेबुलबाट तल भुइँमा खसेर सम्पूर्ण कागजहरू जलेर नष्ट भए । जब न्युटन घुमेर घर फर्केर आए तब उनले देखे कि उनको वर्षौँको मेहनत उनका अगाडि जलेर राख (खरानी) भयो । जान्नुहुन्छ – न्युटनले के गरे ? आफ्नो दुःखलाई समेटेर उनले केवल यतिमात्र बोले ‘डायमण्ड, तँलाई के थाहा, तैँले मेरो कति नोक्सान गरिस् ?’
त्यस समय वैज्ञानिक यो खोजिरहेका थिए कि जब सूर्य र ग्रह आफ्नो स्वतन्त्र अस्तित्व राखिरहेका छन् भने यस्तो कुन चाहिँ शक्ति छ जो उनीहरूलाई आफ्नो नियमित मार्गमा एक लयमा स्थिर राख्दछ । सबैभन्दा पहिले विलियम गिलबस्र्टले सोचे कि पृथ्वी एउटा चुम्बक हो र यस चुम्बकत्वको आकर्षणबाट सबै आकाशीय पिण्ड टिकेका छन् ।
न्युटनले १६६५–१६६६ मा एकाएक यसको हल खोजेर निकाले । एक त केपलरको नियमको उनले अध्ययन गरिरहेका थिए र दोश्रो अरस्तुको गुरुत्वाकर्षणसम्बन्धी सिद्धान्त गलत भइसकेको थियो । अरस्तुको विचारअनुसार वस्तुहरूमा भार (तौल, वजन) हुन्छ र त्यो माथिबाट तलतिर खस्छ भन्ने थियो । अरस्तुले गह्रौँ वस्तु छिटो र हलुका वस्तु ढिलो खस्छ भन्ने मान्यता राख्दथे जुन ग्यालिलियोद्वारा प्रयोग गरेर गलत सावित गरिएको थियो । अरस्तुले वस्तु माथिबाट तलतिर खस्ने कुरा पृथ्वीको आकर्षण शक्तिले हो भन्ने कुरा उनको दिमागमा फुरेको थिएन ।
परन्तु जब कोपरनिकसको यो सिद्धान्त प्रमाणित भयो कि पृथ्वी सूर्यको चारैतिर घुमिरहेको छ त पृथ्वी ब्रह्माण्डको केन्द्र रहेन र अरस्तुको तर्क निराधार भयो । यिनै सबै उल्झनहरूलाई लिएर एकपटक उनी आफ्नो बगैँचामा बसेर मनन गरिरहेका थिए कि माथि रूखबाट एउटा स्याउको दाना तल खस्यो । एकाएक यिनलाई सुझ्यो कि यो पृथ्वीको आकर्षण शक्तिले तल आएको छ । त्यसपछि यिनले आफ्नो गुरुत्वाकर्षण नियमको प्रतिपादन गरिदिए जसका अनुसार भौतिक पदार्थको प्रत्येक कण एकअर्काको कणलाई आकर्षित गर्दछ र यो आकर्षण शक्ति त्यसको मात्राको गुणनफलको समानुपाती र तिनको बीचको दूरीको विपरीत अनुपाति हुन्छ ।
सन् १६६५ मा लन्डनमा भयंकर प्लेग रोग फैलिनपुग्यो क्याम्ब्रिज विश्वविद्यालय बन्द भयो र विवश भएर न्युटनलाई आफ्नो गाउँ फर्किनुप¥यो । उनी एकान्तमा रहेर यन्त्र विद्याको जग बसाले । उनले गणितको विकास गरेर एक नयाँ शाखा म्षाभचभलतष्ब िऋबअिगगिक को खोज गरे । यसको अतिरिक्त प्रकाश विज्ञान (इउतष्अक)मा यिनले महत्वपूर्ण खोज गरे । बाइनोमियल प्रमेय (द्यष्लयmष्ब ित्जभयचझ)को पनि यिनले खोजी गरे । १६८७ ई.मा आफ्नो सबै धारणाहरूको सार यिनले आफ्नो अमर पुस्तक प्रिन्सिपिया (उचष्लअष्उष्ब)मा गरिदिए ।
आफ्नो लामो अविवाहित जीवनको तीस वर्ष यिनले क्याम्ब्रिजमा व्यतीत गरे । १६६९ ई.मा उनी प्राकृतिक दर्शनशास्त्र (ल्बतगचब िएजष्यिकयउजथ)को प्राध्यापकमा नियुक्त भए । १६७२ ई.मा यिनी च्यथब िक्यअष्भतथ को सदस्यमा चुनिए । १७०५ ई.मा यिनलाई ‘सर’को उपाधि मिल्यो र यिनका सिद्धान्तहरूलाई मान्यता दिइयो । १६८८ ई.को साल न्युटनको लागि आँधीमय वर्ष थियो ।
उनी राजनीतिमा पुगेका थिए । त्यसै वर्ष क्याम्ब्रिज विश्वविद्यालयले आफ्नो सदस्य चुनेर न्युटनलाई संसद्मा पठायो । न्युटनको सम्बन्ध उदारवादी व्हिग दलसँग थियो । न्युटनले त्यसै समय क्याम्ब्रिजको उपकुलपतिलाई एउटा चिट्ठी लेखे जसमा उनले लेखे कि उनको राजनीतिक विचारधारा राजगद्दीको हकदारप्रति सीमित लगावको नै हुनसक्थ्यो, असीमित लगावको हैन । यसको सीधा अर्थ थियो कि न्युटन जेम्स द्वितीयको विरुद्ध हुन थालेको विद्रोहको समर्थन गरिरहेका थिए । राजा जेम्स द्वितीयले न्युटनलाई ग्यालिलियो बनाउन चाहन्थे । तर समय बदलिसकेको थियो । वैज्ञानिक चेतना धेरै अगाडी बढिसकेको थियो । अक्सफोर्ड र क्यााम्ब्रिजमा धर्मको नभएर विज्ञानको पकड बलियो बन्दै गइरहेको थियो । न्युटनभन्दा पहिले ग्यालिलियो आफ्नो वैज्ञानिक विचारहरूको कारण सहिद भएका थिए । जेम्सले न्युटनलाई पनि बलिदान गराउन चाहन्थे । तर परिस्थिति उनको पक्षमा थिएन । आठोैँ पोपले ग्यालिलियोलाई ठूलोे पीडा दिएका थिए ।
सन् १७०५ मा ब्रिटेनकी महारानीले न्युटनलाई ‘सर’को उपाधिले सम्मानित गरिन् । त्यसपछि उनी सर आइज्याक न्युटनको नामले चिनिन थाले । ब्रिटेनमा यो उपाधि अत्यन्तै कम व्यक्तिहरूलाई मिल्थ्यो । सन् १७०३ मा न्युटन रोयल सोसाइटीको अध्यक्ष बने । उनी आजीवन अविवाहित रहे । वैज्ञानिक अनुसन्धानमा व्यस्तताको कारण विवाहबारे सोच्ने फुर्सदै भएन । पित्ताशयमा जमेको पत्थरीको कारणले धेरै असह्य पीडाका साथ ८४ वर्षको उमेरमा २० मार्च १७२७ मा उनको मृत्यु भयो । उनको शवलाई बडो सम्मानका साथ राजपरिवारका सदस्यहरूको शव गाड्ने ठाउँमा गाडियो । न्युटन भौतिक रूपले यो संसारबाट सदाका लागि बिदा भएर गएपनि वैज्ञानिक जगतमा उनी सधैँ अमर रहनेछन् ।









प्रतिक्रिया दिनुहोस्