यथार्थवादी दृष्टिकोणमा आधारित उपन्यास बुह्रान



सामाजिक यथार्थको चित्रण गरी रचना गरिएको उपन्यास सामाजिक यथार्थवादी उपन्यास हो । लैनसिंह बाङदेलको मुलुक बाहिर २००४ नामक उपन्यासको प्रकाशनसंगै नेपाली उपन्यासका फाटमा सामाजिक यथार्थवादी धाराको प्रर्वतन भएको हो । यस्ता उपन्यासमा समाजको यथार्थ तस्वीर प्रस्तुत गरिएको हुन्छ । साहित्यकार एवं लेखक गजलकार महानन्द ढकालद्घारा रचना गरिएको प्रस्तुत “बुह्रान” उपन्यासमा वर्णित विषयवस्तुका आधारमा विश्लेषण गर्दा सामाजिक यथार्थवादको जगमा उभिएका रचना मान्न सकिन्छ ।
कथास्रोत अनुसार उपन्यासको प्रमुखपात्र एवं कथामा वर्णित पात्र माइलाको पुख्र्यौली घर दाङको चित्रकुटी हो । जग्गाको कमीले गर्दा तत्कालीन समयमा जग्गा बाहेक अन्य आम्दानीको कुनै स्रोत थिएन । आफ्नो जग्गा नभएपछि अरुको जग्गा लगाएर वाच्नु पर्ने बाध्यात्मक अवस्था रहेको तत्कालीन अवस्थालाई यस उपन्यासमा चित्रण गरिएको छ । अरुको अधियाबाट गुजारा गर्न परिवारको खर्चधान्न असहज भएपछि आपूmदाङ चित्रकुटीबाट आएको प्रसङ्ग प्रस्तुत उपन्यासमा प्रस्तुत गरिएको छ । उपन्यासको प्रथम खण्डमा माइलाको परिवार दाङवाट वसाइसराइ सरेर वर्दिया आएको छ । वर्दिया आउने त्रममा बाटामा उनको परिवारले भोगेको पीडालाई अत्यन्त कारुणिक मर्मस्पर्शी यथार्थपरक ढङ्गले चित्रण गरिएको छ । वसाइ सराइका क्रममा बाटामा बुबा आमाको अनुहारमा देखिएको पीडा, वर्दिया आइसकेपछि आफ्नो प्राण धान्नका लागि गरेको संघर्ष र शारीरिक र मानसिक पीडालाई यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ । तत्कालीन समयमा जमिनको मालिकले गरिब किसानहरुमाथि गर्ने दुव्र्यवहार कमैया प्रथाभित्र लुकेको कारुणिकता उपन्यासमा छ । भूमिपुत्र थारू कसरी भूमिपुत्रबाट भूमिहिन हुन पुगे भन्ने प्रसङ्गका साथ दाङको चित्रकुटीमा आफ्नो परिवार रातदिन काम गर्दा पनि परिवारको गुजारा नचलेपछि चित्रकुटीको माटोसँग कहिल्यै खेल्न नपाउने गरी सामानहरुको पोको भन्दा पनि सपनाको पोको लिएर माइलाको परिवार वर्दिया तिर हिडेको यथार्थलाई कारुणिक ढङ्गले चित्रण गरिएको छ ।

बु्ह्रान गरीव थारूहरूको सुन्दर सपनाको पवित्र भूमि थियो । गाँस वाँस र कपासको सपना थियो । तर जमिनको मालिक बन्ने सपना कहिल्यै पूरा नभएको । यो आवाज र सपनालाई सिंहदरवारभित्र प्रवेश गराउँदा समेत मागले सार्थकता नपाएको जमिनको मालिक हुने अवसर कहिल्यै नपाएको यथार्थ अवस्थालाई चित्रण गरिएको छ ।
बहुदलीय व्यवस्थाको प्राप्तीसंगै सुरु भएको आन्दोलनको सुन्दर ढङ्गले चित्रण गरिएको छ । आन्दोलन सकारात्मक एंव सुन्दर ढङ्गले सञ्चालन भएको आन्दोलनको सौन्दर्य र सफलतासँंग साइनो गाँस्न अनेकौ राजनितिक पार्टीहरु आतुर भएको । आवद्ध पार्टी द्धारा निकै ठूलो आश्वासनको पोको वाटिएको भएतापनि झौपडीका लागि मात्र एक कठ्ठा जग्गा प्राप्त गर्न सफल भएको दुःखद प्रसङ्गको चित्रण प्रस्तुत उपन्यासमा गरिएको छ ।
बासको व्यवस्था सामान्य रुपले भए पनि गाँसको सपना अधुरो भएको प्रसङ्ग आएको छ । कान्द्रा आन्दोलनले गाँस दिन नसकेपछि विद्यालयमा गएर कापी कलम हातमा लिएर किताब झोला बोकेर विद्यालय जाने उमेरको आफ्नो छोरालाई विद्यालयको ढोका बन्द गराएर साहुको घरमा कमैया वस्न बाध्य भएको दुःखद प्रसङ्ग प्रस्तुत गर्दै वर्दियादेखि काठमाडौँसम्मको आन्दोलन गर्दा पनि गरिवीको भुमरीबाट माथि उठ्न नसकेको संघर्षको आँधी बेहरीले पनि जीवनमा कुनै परिवर्तन एवं सन्तोषजनक परिणाम ल्याउन नसकेको तीतो यथार्थ प्रस्तुत गरिएको छ । तत्कालीन समयमा थारू जातीले जीवन जीउने क्रममा भोगेका पीडा गरिवी आर्थिक अभाव पीडा आदि बाट मुक्तिपाउनका लागि गरिएको आन्दोलनको यथार्थ तस्वीर यहाँ प्रस्तुत गरिएको छ ।


सुकुम्बासी समस्या समाधान गर्दछु भन्ने निकायले वास मात्र होइन गाँसको पनि व्यवस्था गर्नु पर्छ भन्ने सन्देश प्रस्तुत उपन्यासमा प्रस्तुत गरिएको छ ।शासनको आसनमा बसेको शक्तिले गरिवको आँसको मूल्य झोपडीबाट निस्कने धुवा र पसिनाले सजिएको गरिवको मुहारभित्रको कथा र व्यथा बुझ्नु पर्दछ भन्ने सन्देशका साथ कान्द्रा आन्दोलनको उपलव्धीको चर्चा गर्दै उक्त आन्दोलनले गाँस नदिँदा मात्र वासले गरिवको समस्या नहुने देखिएकाले आम थारु समुदायमा ठुलो निराशा छाएको अवस्थामा त्यही निरासा गरिवी अभावको गर्भवाट सशस्त्र विद्रोह जन्मिएको, जुन विद्रोह गरिबीको रेखाबाट माथि उठ्न नसकेको रात दिन काम गर्दा पनि दुई छाक खान नसकेको, राम्रो कपडा लगाउने अवसर नपाउने पुस्ता – पुस्ता वित्दा समेत परिवर्तनको मुहार देख्न नपाएको परिवर्तनको सुखद अनुभव गर्न नपाएका असन्तुष्ट वर्गको असन्तुष्टिको जगमा उमिएको थियो । सो विद्रोहमा माइलाको छोरा सोमलालसँगै उसको गाँउका थुप्रै युवाहरु भूमिगत भएको यथार्थतालाई पस्कदै जनताको झोपडीवाट निस्कने गरिवीको राप र उसको भोको पेट र अनुहारमा देखिने असन्तुष्टि समयमै समाधान गर्न सकिएन भने विद्रोहको मुस्लोले भयानक आकार लिन सक्ने भएकाले यस तर्फ शासक सतर्क हुनु पर्ने सन्देश प्रस्तुत गरिएको छ ।
आदर्श, आश्वासनको भरमा गरीव र श्रमजीवी वर्ग मुलाएर गुमराहमा पार्न नसकिने यथार्थलाई प्रस्तुत गरिएको छ ।

यस उपन्यासकी अर्की प्रमुख पात्र हुन् पार्वती । प्रस्तुत उपन्यासको केन्द्रिय भूमिकामा छन् पार्वती ।जसरी माइलाको परिवारलाई पेटले लखेटेर वर्दिया आएका थिए त्यसै गरी पार्वतीको परिवारलाई पनि पेटलेनै वद्रिपुरसम्म लखेटेको थियो । पार्वती र माइला दुवैको परिवार वर्दिया झर्नुका वाध्यतामा केही तल माथि थियो होला तर आशा र उद्देश्यमा समानता थियो । सुनौलो सपना थियो दुवै परिवारका लागि वर्दिया ं। पार्वती उपन्यासमा जोडिदै गर्दा पार्वतीको विहेको प्रसङ्गका माध्यमाबाट तत्कालीन समयमा विहेको प्रचलन कस्तो थियो भन्ने विषयको उजागर गरिएको छ । दुलहीलेवर छान्न नपाउने । म अहिले विहे गर्दिन भन्न नपाइने तत्कालिन समयको पुरुषको हैकमवादी प्रवृत्तिको चर्चा गरिएको छ ।
उपन्यासमा कन्यादानलाई महादान भन्ने गरिएको, रजस्वला हुनुभन्दा पहिले नै विवाह गर्न उत्तम मानिने, विवाहमा जन्ती जाने भोज खाने, गाई भैँसी विरामी भयो भने झारफुक गर्ने, महिलालाई सन्तान उत्पादन गर्ने साधन सम्झिने परिपाटी रहेको महिला मैत्री समाज नभएको, घरको बालबच्चा हुर्काउनेदेखि खेती, पशुपालन आदि सबै काम महिलाले मात्र गर्नुपर्ने, विरमी गर्भवती हँुदा समेत कामबाट छुटकारा नपाइने तत्कालीन समयमा हाम्रो समाजमा महिलाहरुले भोगेको पीडाको यथार्थ तस्वीर प्रस्तुत गरिएको छ ।
जेठाजु अगाडि टाउको छोपेर निहुरिनु पर्ने,श्रीमानको खुट्टाको जल नखाई खाना खान नमिल्ने, उक्त जल खान पाउँदा आफूलाई भाग्यशाली ठान्नु पर्ने अवस्थाको चित्रण गरिएको छ । उपन्यासमा बन्ध्याकरणको व्यवस्था नभएकाले दर्जनौ वच्चा जन्माउन वाध्य हुनुपर्ने तत्कालीन दुःख अवस्थाको चित्रण गरिएको छ । बाल विवाह कम उमेरमा सन्तानको आमा वनेको स्वास्थ्य सम्बन्धी चेतनाको अभाव आदि विविध कारणले पार्वतीको छोरीले संसार छोडेको दुःख प्रसङ्गको चित्रण गर्दै बाल विवाहलाई समस्याको रुपमा चित्रण गर्दै धेरै सन्तान हुनु बालविवाह गर्नु आदि दुवै मानव जीवनका अभिशाप हुनु भन्ने सन्देश प्रस्तुत उपन्यासले प्रस्तुत गरेको छ ।

पार्वतीले जीवन जीउनेक्रममा अनेकौ पीडकहरु भोग्न बाध्यभएकी छिन् पहिलो समस्या सानैमा विहे हुनु,श्रीमान तिलकरामले आपूmलाई समाजसेवीहँु भन्नु, अरुलाई अर्ती उपदेश दिनु तर पार्वतीको समस्या कहिल्यै बुझ्ने प्रयत्न नगरेको, घरको काममा कहिल्यै सहयोग गर्ने नगरेको विषय चित्रण गर्दै तिलकरामको अल्प आयुमै मृत्यु हुँदा पार्वती कलिलो उमेरमा विधवाहुन वाध्यभएको दुखद घटनाको चित्रण गरिएको छ । श्रीमान जस्तो सुकै भएपनि जीवन साथी हो ऊ मर्दा महिलाको जीवनमा आइपर्ने कहाली लाग्दो अवस्थाको चित्रण उपन्यासमा गरिएको छ ।

पार्वती एकल महिला भएपछि तराई झर्ने निर्णयमा पुगिन् तर जग्गा वेच्दा राजीनामा पत्रमा हस्ताक्षर गर्दा मृत्यु पत्रमा हस्ताक्षर गर्दा झै लागेको प्रसङ्गका साथ पार्वतीले गाउँ छाडेर बंद्रिपुरतिर प्रस्थान गर्दा पूरा गाँउ स्तब्ध भएको घटनाका साथै पहाडका पहाडीहरु र देउखुरीका थारुहरुको बुह्रान सपना भएको, पहाड र दाङका दुवै स्थानका मानिसका लागि सपना साकार पार्ने गन्तव्य स्थानका रुपमा बुह्रान रहेको, उब्जाउ र सस्तो भूमि भएकाले गरिबहरुको रोजाई बुह्रान बनेको सन्दर्भका साथ बुह्रानको एतिहसिक पक्षलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।
पार्वती बर्दिया आइसकेपछि उनले सुरुदेखि अन्तिमसम्म भोगेका पीडाहरुलाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।बर्दिया आइसकेपछि कुलो पानी गर्दै गर्दा दमनलाई ज्वरो आउनु उपचार गर्दा गर्दै दमनको दुःखद मृत्यु भएको घटनाको चित्रणका साथै बुह्रानमा जग्गा धनीले बटैया लिनेहरुको श्रमको शोषण गर्ने गरेको जग्गा मालिकबाट शोषित हँदा हँुदै पनि गरीवीका कारण प्रतिकारको बाटो समात्न नसकेको दुःखद अवस्थाको चित्रण गरिएको छ तत्कालिन समयमा बुह्रानमा जग्गा धनीले बटैया लिनेहरुलाई शोषण गर्ने गरेको प्रवृत्तिलाई यथार्थपरक ढङ्गले चित्रण गरिएको छ ।
यसरी कथावस्तु अगाडि वढ्दै जादाँ थारु संस्कृतिको चर्चा गरिएको छ । थारु संस्कृति अन्तरगत रहेको सखिया नाचको चर्चा गरिएको छ । थारुहरुको कुलपूजामा झझरा, मठौरी बस्यात्या जस्ता परिकार पाक्ने गरेको सबै गोतियारहरु जम्मा भएर कुलपूजा गर्ने गरेको सास्कृतिक प्रसङ्गको चर्चा गरिएको छ ।पार्वती र माइलाको परिवारमा जातीय एव सामाजिक सद्भाव कायम रहेको थारु जातिहरु सोझा हुने कसैको कुभलो नसोच्ने परिश्रममा विश्वासगर्ने भिख मागेर कहिल्यै नहिडेको, जालझेल गर्न नजानेको,कसैप्रति रिस राग नराख्ने प्रवृत्तिका हुन्छन् भन्ने चर्चा गरिएको छ ।
पार्वतीका छोरा छोरीलाई पढ्न सहयोग गर्ने माइलाले आफ्ना छोरा छोरीलाई किन पढाउन नसक्नुका कारणहरु खोतल्ने प्रयास गरिएको छ । माइलाको छोरा सोमलाल पढ्न नसकेपछि कमैया वस्न वाध्य भएको छ । कमैया हुँदै गर्दा विहे गर्नु रुद्रलालको घरमा कमैया वसेको समयमा राति सर्पले टोकेर सोमलालकी श्रीमती मर्नु, अज्ञानता अशिक्षा गरीबीका कारण सर्पले टोक्दा समेत विरामीलाई अस्पताल लग्न नसकेको झारफुकमा विश्वास गर्दा बुहारी गुमाउनु पर्दाको पीडा त्यसमा जमिन्दार रुद्रलालको राक्षसी व्यवहार तत्कालीन नेपाली समाजको शोषकीय प्रवृत्ति रहेको, हुने खानेले गरीब माथि गर्ने दुव्र्यवहार आदिको यथार्थपरक एंव कारुणिक ढङ्गले चित्रण गरिएको छ । माघि पर्व सकिएपछि वरघरअगुवा र चौकीदार वनाउने तत्कालीन प्रचलन माघीमै कमैया छोड्ने र लाग्ने प्रचलनको चित्रण गरिएको छ । सोमलाल गरीबीसंग अभावको राप र तापसंग मुक्ति पाउन श्रीमतीको मृत्युको पीडा कम नभएको अवस्थामा पनि सर्वराजको घरमा कमैया बस्न गएको छ ।
सर्वराजको घरमा उनकी छोरी रमिता हुन्छिन् । उनको स्वभाव नै चुलवुले रहेको देखाइएको छ । सोमलाल देख्ने वित्तिकै उनको सुशुप्त अवस्थामा रहेको यौन चाहना चञ्चलता सतहमा सल्बलाउन थाल्छ यहाँ नेर सिग्मण्ड फ्राइडको यौन वैज्ञानिक धारामा प्रस्तुत उपन्यासको कथावस्तु अगाडि वढेको छ । सोमलालको शारीरिक जीउ डालले रमिता आकर्षित हुनु रमिता फुर्सद मिल्ने वित्तिकै सोमलालसंँग काम गर्न जानु उसँंग जिस्किएर कुराकानी गरेर अतृप्त यौन चाहना पूरा गर्ने इच्छा राख्नु याी सबै यौन मनोवैज्ञानिक यथार्थवादका परिणति हुन् । उनको यौन चाहना निकै सल्बलाएको छ । सोमलाल प्रतिको आकर्षणले उसको किताबमा ध्यान जान सकेको छैन । माध्यमिक तह उत्तीर्ण गरेपछि रमिता अध्ययनका लागि कोहलपुर वस्न थाल्नु, विभिन्न वाहनामा सोमलाललाई बोलाएर बन्द कोठामा यौन प्यास मेटाउनु, सुरुमै यौन प्रस्ताव रमिताले गर्नु, सुरुमा सोमलालले इन्कार गर्नु तर रमिताका अगाडि गल्दै गएको कथावस्तुलाई अत्यन्त रोमान्चक ढङ्गले पाठकमा कौतुहता रोमांश जगाउने किसिमले रमिता र सोमलालको बिचको प्रेम यौन त्रियाकलाप त्यसले उत्पन्न गरेका गम्भीर सङ्कटहरुलाई प्रस्तुत गरिएको छ ।
रमिताले राखेको यौन प्रस्तावबाट भाग्न नसकेको सोमलाल र रमिता बीचको प्रेम विवाहमा परिवर्तन हुन्छ । यो अन्तरजातीय विवाहबाट सर्वराज सन्तुष्ट हुन सकेन। सर्वराज जस्तो समाजसेवी सालिन सहनशील व्यक्तिमा पनि ठूलो क्रोध देखिएको छ । उनले धैर्यता गुमाएका छन् । सालिनताको वाध भत्काएका छन् । आफ्नो चेतनाको तहवाट निकै तल उत्रन वाध्य भएका छन् । तत्कालीन समयमा अन्तरजातीय विवाहलाई स्वीकार्य नगरेको अवस्था चित्रण गरिएको छ । समाजको यथार्थवादी मनोवृत्तिलाई उपन्यासमा प्रस्तुत गरिएको छ ।
सोमलालको रमिताको विवाहको माध्यमबाट हार्दिक प्रेम जाति र वर्ग भन्दा माथि हुन्छ जाति र वर्गका जतिसुकै मजवुत पर्खाल भएपनि ती पर्खाललाई तोड्ने क्षमता हुन्छ भन्ने हरेक चुनौतीका चाङलाई पन्छाउने क्षमता हुन्छ भन्ने देखाउनका साथै समाज पुरातन हुकुमी जन्जीर तोड्दै विस्तारै प्रगतिशिलता तिर उन्मुख हुँदैगएको देखाइएको छ । यस अघि गरिएका आन्दोलनबाट गाँस बास र कपासको समस्या समाधान हुन सकेन परिणाम स्वरुप कमैया मुक्ति आन्दोलन शसक्त ढङ्गले अगाडि बढ्यो आन्दोलन सहमतिमा गएर टुङ्गियो तर यसले पनि गाँस दिन सकेन परिणाम स्वरुप सोमलाल सहित केही युवाहरु भूमिगत सशस्त्र बिद्रोहमासहभागी भएको, घटनाक्रम प्रस्तुत उपन्यासमा प्रस्तुत गरिएको छ । सशस्त्र विद्रोह वढ्दै जाँदा सिङ्गो गाँउ वस्ती अशान्त भएको यही अशान्तिको समयमा पार्वतीले बद्रिपुरमा आपूmलाई असुरक्षित महसुस गराएर बद्रिपुर छोड्न वाध्य बनाएको घटनालाई प्रस्तुत गरिएको छ । भूमिगत आन्दोलनले समाजमा सिर्जना गरेको त्राशको चित्रण गरिएको छ । ऐतिहासिक गणेशपुर भिडन्तका समेत चर्चा गरिएको छ ।
कमैया मुक्ति आन्दोलन भूमिगत राजनैतिक जीवन र थरुहट आन्दोलनमा सोमलालले खेलेको भूमिकाले चर्चा गर्दै जीवनभर सङ्घर्ष गरेर पनि माइलाले न बुह्रानको सपना पूरा गर्न सके उता सोमलालको सिङ्गो जीवन संङ्घर्षमा विताएको भएता पनि खासै उपलब्धि नभएको तर्क उपन्यासमा प्रस्तुत गरिएको छ । भूमिगत जीवनमा लडाइमा अग्रपक्तिमा खटिने सोमलाल शान्ति वार्तापछि सेनाको उपल्लो पदमा पुग्ने सपना थियो तर सपना मात्र रहेको विपनामा पूरा हुन नसकेको उसको पसिना रगतमा कयौँ मानिस उच्च पदमा पुगेको, कयौ महलका मालिक भएको तर सोमलालले जीवनमा कहिल्यै केही अवसर नपाएको आन्दोलन र विद्रोहले उसको जीवनमा खुसी दिन नसकेको अवस्थामा ऊ थरुहट आन्दोलनको अग्तमोर्चामा होमिएर उक्त आन्दोलन सफल बनाउनका लागि उसले खेलेको भूमिका चित्रण गर्दै थरुहट आन्दोलन चर्कीदै गर्दा त्यसमा भएको घुस पैठ, सामाजिक सद्भावमा समस्या सिर्जना गरेको अराजक तत्वहरुले मज्जाले खेल्ने अवसर पाएको, सामाजिक सद्भाव विथोलिएर थारु र पहाडिया भनेर एक अर्कालाई फरक दृष्टिकोणले हेर्न थालेको दुःखद प्रसङ्ग उपन्यासमा चित्रण गरिएको छ ।
उक्त आन्दोलनले पनि सोमलालको जीवनमा खासै परिवर्तन ल्याउन नसकेको चर्चा उपन्यासमा गरिएको छ । माइलाको सहयोगले पार्वतीको परिवार आदर्श परिवार बनेको थियो । श्रम र संघर्षमा पसिना वगाएको माइलाको परिवार सधै संघर्षमा जीउन बाध्य हुनु परेको, उसको पसिना र श्रमले कहिल्यै पनि मूल्य नपाएको प्रसङ्ग उपन्यासमा गरिएको छ । यसैको कारण खोज्ने प्रयास प्रस्तुत उपन्यासमा गरिएको छ ।

यथार्थवादी उपन्यासमा आञ्चलिकता र स्थानीय रङ भए राम्रो हुन्छ किनकि यसले विश्वसनीयताको स्थितिमा पु¥याउनका निम्ति उपन्यासलाई प्रभावकारी वनाउनका लागि महत्वपूर्ण भूमिका हुन्छ । उपन्यास बन्नका लागि स्थानीय प्रदेशिक दृश्यावली सामाजिक घटनाको फेहरिस्त हुनुपर्दछ जुन बुह्रान उपन्यासमा प्रसस्त पाउन सकिन्छ ।

यसरी प्रस्तुत बुह्रान उपन्यास तत्कालीन समाजको यथार्था चित्रण गर्ने सामाजिक यथार्थवादी उपन्यास हो भन्न सकिन्छ ।यसका साथै जीवन भर पसिना बगाउँदा पनि गरीबी अभाव पीडा अशिक्षाको चक्रवाट माथि उठन नसकेको कहानी हो बुह्रान उपन्यास । सुरुमा सामान्य देखिने सोमलाल पछि भूमिगत आन्दोलनको कमान्डर थरुहट आन्दोलनको अगुवा कसरी हुन पुग्यो भन्ने विषयको कहानी हो बुह्रान ।
प्रस्तुत उपन्यास बुह्रानको ऐतिहासिक दस्तावेज हो कान्द्रा आन्दोलन मुक्त कमैया आन्दोलन सशस्त्र आन्दोलन एंव थरुहट आन्दोलनको यथार्थ तस्वीर हो बुह्रान उपन्यास । भूमिपुत्रहरु कसरी भूमिहिन हुन पुगे भन्ने विषयको एवं कारण मात्र प्रस्तुत गरिएको छैन समाधान पनि पस्किएको रचना हो बुह्रान उपन्यास ।अन्यन्त कारुणिक एवं जीवन जीउने क्रममा माइला र पार्वतीको परिवारले भोगेको पीडाको नाली बेली हो बुुह्रान ।
बुह्रान पढ्दै जाँदा पाठकलाई आँसमा हुवाइदिन सक्ने दुःखान्त नालीवेली प्रस्तुत गरी पात्रहरुप्रति अत्यन्तत सहानुभूूति उत्पन्न गर्न सक्ने रचना हो बुह्रान उपन्यास । यसरी साहित्यकार गजलकार एवं उपन्यासकार महानन्द ढकाल द्धारा रचना गरिएको प्रस्तुत उपन्यास विधागत दृष्टिकोन शैली शिल्पको दृष्टिकोणवाट विषयवस्तुका दृष्टिकोणबाट पर नियाल्दा अत्यन्त सफल उपन्यास मान्न सकिन्छ ।

तुलसी पौडेल
कोहलपुर १०, बाँके

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २५ गते आइतबार