चर्चद्वारा औधी सताइएका वैज्ञानिक ग्यालिलियो ग्यालिली



चिन्तामणि घिमिरे

‘ग्यालिलियो एक दिग्गज थिए, उनको काँधमाथि चढेर मैले दुनियाँ देखेँ ।’ – आइज्याक न्युटन

‘ग्यालिलियो सायद कुनै पनि अन्य व्यक्तिको तुलनामा आधुनिक विज्ञानका जन्मदाता थिए ।’ – स्टिफन हकिङ्ग

ग्यालिलियो ग्यालिली ती खगोलशास्त्री जसले प्रमाणित गरे कि पृथ्वीले सूर्यको वरिपरि घुम्दछ भनेर । पोल्यान्डका एकजना गणितज्ञ थिए निकोलस कोपरनि कस । उनले सबैभन्दा पहिले भनेका थिए कि पृथ्वीले सूर्यलाई घुम्छ । उनले यो कुरा सीमित व्यक्तिहरूका बीचमा भने तर सार्वजनिक रूपमा व्यक्त गर्न सकेनन् । उनले एउटा किताब पनि लेखे तर त्यसलाई पनि सार्वजनिक गर्न सकेनन् । सार्वजनिक यसकारण गरेनन् कि किनकी उनलाई चर्चको ठूलोे डर थियो । चर्चले फरक मत राख्नेहरूलाई देखिसहँदैनथ्यो । त्यो बेला चर्चको मान्यताविपरीत फरक मत राख्नु भनेको आफ्नो मृत्यु निम्त्याउनु थियो । यी सबै कुराहरू बुझेर कोपरनिकस जीवनभर मौन बसे ।

उनले यो कुरा आफ्नो जीवनको अन्तिम अवस्थातिर आफ्नो एकजना साथीलाई आफूले लेखेको किताबको पाण्डुलिपि जिम्मा लगाइदिए । कोपरनिकस पक्षघात रोगले बिस्तारामा थिए । त्यसैबेला उनको किताब प्रकाशित भयो । किताबको एकप्रति उनीकहाँ आइपुग्यो । उनले किताबलाई मुसार्न पाए । तर पढ्न पाएनन् किनकी त्यो बेला उनी पक्षघातको रोगले मृत्युशैयामा छटपटाइरहेका थिए । यिनको अध्ययनलाई अगाडी बढाउने काम जियोर्दानो ब्रुनोले गरे । ब्रुनो पनि आफ्नो खोजबाट जुन निष्कर्षमा पुगे जसमा कोपरनिकस पुगेका थिए ।

चर्चले धर्म र ईश्वरको आदेशको उल्लंघन गरेका कारण ब्रुनोमाथि मुद्दा चलायो र उनलाई मृत्युदण्डको सजाय सुनायो । इतिहासका किताबहरूमा त्यसदिनको विस्तृत उल्लेख मिल्दछ, जुनदिन ब्रुनोलाई मृत्युको सजाय दिइयो । उनलाई सुलीमा टाँगिएन, गर्दन पनि काटिएन र सुकरातलाई जस्तै विषको प्याला पिलाइएको थिएन । जियोर्दानो ब्रुनोलाई खुलेआम रोमको चौराहमा ठूलोे भीडको अगाडि ज्युँदै जलाइएको थियो ।च र्चले भन्दथ्यो कि मृत्युको यो सजाय एउटा नजिर हो र यसपछि कसैले वा कुनै व्यक्तिले पनि चर्च र बाइबलको विरुद्धमा जाने हिम्मत नगरोस् । ब्रुनोको सहादतले वैज्ञानिक खोज र अनुसन्धानको कार्यलाई रोक्न सकेन । दमनले वैज्ञानिक खोजमाथि आधारित सत्यलाई लामोसमयसम्म लुकाउन सकिँदैन् ।

जिओदार्नो ब्रुनोलाई प्राणदण्ड दिइएको समयमा प्रसिद्ध इटालिएन खगोलविज्ञानी ग्यालिलियो ग्यालिलिको उमेर छत्तीस वर्षको भइसकेको थियो। यो उमेर अवस्था भनेको अत्यन्त परिपक्व हो । ग्यालिलियोले कोपरनिकसको सिद्धान्तलाई सही ढंगले बुझेका थिए । तर ब्रुनोको भयानक र कहालीलाग्दो अन्तले ग्यालिलियोलाई झस्काइदिएको थियोे । यसकारण सुरुमा उनलाई विश्व ब्रह्माण्डको बारेमा कोपरनिकसको सिद्धान्तलाई खुल्ला रूपले स्वीकार्ने साहस आउन सकेन । ठिक त्यसै समयमा एउटा अत्यन्तै महत्वपूर्ण घटना घटयो – दूरबिनको आविष्कार भयो । दूरबिनको सहायताले आकाशमण्डलको जाँच सबैभन्दा पहिले ग्यालिलियोले गरेका थिए ।

यी इटालियन खगोलविज्ञानीले आकाशमा कोपरनिकसको सिद्धान्तलाई परीक्षण गर्दा सच्चाइ प्राप्त गरे अर्थात् स्पष्ट प्रमाण प्राप्त गरे । ग्यालिलियोले चन्द्रमामा पहाड र मैदान देखे । यसबाट उनलाई थाहा भयो कि चन्द्रमा एउटा विस्तृत संसार हो जुन धेरै मात्रामा पृथ्वीसँग समान छ । ग्यालिलियोले शुक्र ग्रहलाई केबल एक चम्किलो ग्रह मात्र देखेनन् बरु चन्द्रमाजस्तै एउटा हँसिया आकारमा देखे । बृहस्पति ग्रहको अध्ययन उनका लागि एउटा रुचिको विषय थियोे । ७ जनवरी १६१० मा ग्यालिलियोले पहिलो पटक बृहस्पति ग्रहको निरीक्षण गरेका थिए ।
ग्यालिलियोको खोजले वैज्ञानिक जगतमा ठूलोे हलचल पैदा ग¥यो । पदुआ विश्वविद्यालयका प्रोफेसरहरू समेत उनको विरोधमा देखा परे । किनकि यो एउटा आश्चर्यजनक र पत्याउनै नसकिने खालको आविष्कार थियो ।

ती प्रोफेसरहरूले ग्यालिलियोको खोजलाई अनावश्यक ठाने र यो अनुसन्धान आवश्यक नभएको भने । किनकि ती प्रोफेसरहरूको दिमागमा अरस्तु र टोलेमी नाचिरहेका थिए । उता क्याथोलिक चर्चका पादरीहरूको दिमागमा ठुलै भुकम्प आयो । ग्यालिलियोलाई आधुनिक भौतिकशास्त्रको जनक मानिन्छ । उनी इटालीका महान वैज्ञानिक थिए । दूरदर्शक यन्त्रका आविष्कारक थिए । यिनैले नै कोपरनिकसको सिद्धान्तलाई पुष्टि गरेका थिए । पिसाको झुकेको मिनारबाट प्रेरणा प्राप्त गरेर यिनले दुई महत्वपूर्ण सिद्धान्त विज्ञान जगतलाई दिए । यसको अलावा यिनले कैयौँ प्रयोगहरू गरे । प्रकाशको वेग नाप्ने प्रयत्न पनि यिनैले गरेका थिए ।

विश्वको इतिहासमा वर्ष १५६४ को ठूलोे महत्व छ । यो वर्ष दुई महान विभूतिहरू यस संसारमा आए–शेक्सपियर र ग्यालिलियो ग्यालिली । एक साहित्य क्षेत्रका दिग्गज र दोश्रा विज्ञानका महारथी । कोपरनिकसको निधन को २१ वर्षपछि सन् १८ फरवरी १५६४ मा ग्यालिलियोको जन्म इटालीको पिसा भन्ने नगरमा भएको थियो । यिनी सम्पन्न र शिक्षित परिवारका थिए । फ्लोरेन्सको उच्च खानदानमा यिनको गणना हुन्थ्यो । घरका कैयौँ सदस्यले सरकारी उच्च पद सम्हालेका थिए । संयोगले भन्नुपर्दछ कि उनले वैज्ञानिक वातावरणमा नै आफ्नो जीवनको प्रारम्भिक वर्षहरू बिताए किनकि यिनका पिता विनसैन, जुन एक ठूलो गणितज्ञ तथा सङ्गीतका प्रेमी थिए ।

उनी राम्रो बाँसुरीबादक थिए । ग्यालिलियोले बाँसुरी बजाउन आफ्नो पिताबाट सिकेका थिए । उनी चित्रकारी पनि गर्दथे । यसको अतिरिक्त उनीमा पढाईको अत्यन्तै शौक थियो । स्रोह वर्षको उमेरमा उनले यति धेरै साहित्य पढिसकेका थिए कि उनले संस्थाहरूमा गएर भाषण दिन सक्तथे । उनले सबैभन्दा पहिलो भाषण दातेको काव्य ‘इनफर्नो’माथि दिएका थिए । पिताले नै आफैँ ग्यालिलियोलाई बचपनमा विज्ञानको सम्बन्धमा कैयौँ विषयबस्तुहरू बताउने गर्दथे । उनले एउटा किताब लेखे जसको नाम थियो डायलग । यस किताबमा आफ्ना खोजहरूको आधारमा ग्यालिलियोले दावी गरेकी पृथ्वीले सूर्यको वरिपरि घुम्छ ।

ग्यालिलियोका पिता उनलाई डाक्टर बनाउन चाहन्थे । यसकारण पिताले यिनलाई चिकित्सा विज्ञान अध्ययनको लागी पिसाको विश्वविद्यालयमा भर्ना गरे । परन्तु ग्यालिलियोको सानैदेखि तोडफोड गर्ने, मर्मत गर्ने र गणितको अध्ययनमा रुचि थियो । पिसामा ग्यालिलियोले पहिलो खोज गरे। उनको मन धार्मिक विषयमा लाग्दैनथ्यो । तर गिरजाघरमा गएर थोरै समयको लागि भएपनी खडा रहनु पर्दथ्यो । एकदिन उनले देखे कि हावाको झोक्काको कारण रसीमा टाँगिएको लाल्टिन यताउता हल्लिरहेको थियो । ग्यालिलियोले त्यसलाई गम्भीरतापूर्वक अवलोकन गर्न थाले । हावा जब सुस्त भयो तब लाल्टिनको हल्लिने प्रक्रिया पनि कम हुँदै गयो । ग्यालिलियोले आफ्नो नाडीको धड्कनबाट यसलाई निरीक्षण गरेका थिए । ग्यालिलियोको यसै खोज (पेन्डुलमको सिद्धान्त)को आधारमाथि यान्त्रिक घडी बन्यो ।

उनले एउटा किताब लेखे, जसको नाम थियो डायलग । यस किताबमा आफ्ना खोजहरूको आधारमा ग्यालिलियोले दावी गरे कि पृथ्वीले सूर्यको वरिपरि घुम्दछ । ग्यालिलियोले पुनर्जागरण कालमा प्राकृतिक विज्ञानमा कैयौँ नयाँ खोज गरे, जो अगाडि गएर अरुपनि कैयौँ नयाँ खोजहरू एवं सिद्धान्तहरूको आधार बने । दुर्भाग्यवश उनी त्यस कालमा युरोपको सबैभन्दा प्रतिक्रियावादी भागमा रहे जसको कारण उनीलाई प्रशस्तै कठिनाइहरू झेल्नु प¥यो । आजपनि धेरैथोरै यस्तो अवस्था छ कि जब प्रतिक्रियावादी शक्तिहरूद्वारा झुठा काल्पनिक कल्पनाहरूमाथि सत्यको आवरणले छोपेर जनतासमक्ष पेश गरिएका पुरातनपन्थी सोचलाई बढवा दिइरहेका छन् ता कि समाजमा शोषण एवं गैरबराबरीको यथास्थिति बनिरहोस् ।

यस्तो परिस्थितिमा हामीले एक सच्चा वैज्ञानिकले जस्तै झुठका पुलिन्दाहरूको खण्डन गर्दै तर्कशीलता एवं वैज्ञानिक चिन्तनलाई आम मानिसहरूको बीचमा पु¥याएर उनीहरूलाई परिवर्तनको लागि अगाडि बढ्नमा अपिल गर्नुपर्दछ । ग्यालिलियोको खोज रोमन चर्च र पादरीहरूलाई अप्रिय लाग्न थाल्यो । त्यसको कारण पनि थियो । बाइबलमा लेखिएको थियोे कि पृथ्वी ब्रह्माण्डको केन्द्र हो र सूर्यले पृथ्वीको वरिपरि घुम्दछ । त्यसबेलासम्म मानिसहरूको लागि तर्क र विज्ञानको कुनै अर्थ थिएन । बाइबलमा लेखिएको कुरा नै मानौँ अन्तिम सत्य थियो । धर्मका ठेकेदारहरूले नै समाजलाई सम्पूर्ण रूपले नियन्त्रण र सञ्चालन गर्दथे ।

ग्यालिलियोले जुन कुरा बताइरहेका थिए, यद्यपि त्यो सत्य ठहरियो भने यसको अर्थ थियो कि बाइबलमा गलत लेखिएको छ । पोप र पादरीहरूले जनतालाई जुन कुरा बताइरहेका थिए, त्यो झुठ थियो र छ पनि । ग्यालुलियोले त्यस समयमा धर्म एवं अन्धविश्वासमा डुबेको समाजलाई नयाँ दिशा दिए । तर उनको वैज्ञानिक विचारको जमेरै विरोध भयो । यही कुरा चर्चलाई नराम्रो लाग्यो । ग्यालिलियोमाथि मुद्दा चलाइयो । आफैँले लेखेको कुरालाई गलत बताउनका लागि उनलाई रोममा बोलाइयो । ग्यालिलियो त्यस समय आफ्नो दावीमाथि अडिग रहे र भन्दै रहे कि उनले जे लेखेका छन्, त्यो सही छ । अन्ततः उनलाई जेलमा बन्द गरियो ।

ग्यालिलियोले आफूभन्दा पहिलेका वैज्ञानिकहरूको बारेमा राम्रोसँग जान्दथे । यसकारण केही समयपछि उनले चर्चको अगाडि आफूले लेखेको खोजको लागि माफी मागे । पादरीहरूले उनको सजाय कम गरिदिए तर उनलाई घरमै नजरबन्द गरिदिए । उनका किताबहरू प्रकाशन गर्नमा प्रतिबन्ध लगाइदिए । नजरबन्दकै दौरानमा ८ जनवरी १६४२ मा उनको निधन भयो । ग्यालिलियोको मृत्युको करिब ३५० वर्षपछि अक्टोबर १९९२ मा पोप जोन पालले चर्चले गरेको निर्णय गलत थियो र ग्यालिलियो सही थिए भन्ने कुरा स्वीकारे ।

ग्यालिलियो, ब्रुनो, कोपरनिकस जस्ता खोजकर्ताहरूको मृत्युको सयौँ वर्षपछि पनि आज हामीले यो भुल्नु हुँदैन कि यस सरल झैँ लाग्ने कुरालाई स्थापित गर्नको लागि पनि कति कुर्बानीहरू दिनु प¥यो । आफ्नो समयमा उपरोक्त खोजकर्ताहरूद्वारा अनुसन्धान गरिएका तर्कहरूलाई समाजको ठूलोे हिस्साद्वारा तिरस्कार गरिएको थियो । तर तथ्य र वैज्ञानिक खोजहरूमा आधारित हुनुको कारण अन्ततः सत्य सावित भयो ।
ग्यालिलियो एवं फ्रान्सिस बेकन सम्भवतः पहिलो यस्तो व्यक्ति थिए, जसले प्राकृतिक विज्ञानमा प्रेक्षण गरेपछि मिलेका निष्कर्षहरूबाट सही अवधारणाहरूसम्म पुग्ने पद्धतिबाट विश्वलाई परिचित गराए । फ्रान्सिस बेकनले वैज्ञानिक चिन्तन पद्धतिलाई ठोस दार्शनिक आधार दिए ।

यस्तो प्रेक्षणको प्रक्रिया ग्यालिलियो एवं बेकनभन्दा पहिले कहिँ कतै कत्ति पनि अपनाइएको थिएन भन्ने होइन, टाइको ब्राहे, कोपरनिकस जस्ता कतिपय व्यक्ति पनि थिए, जसले खगोलीय अनुसन्धान गरे परन्तु निष्कर्षहरूलाई तार्किक परिणतिमा पु¥याउनका लागि उनीहरूमा कैयौँ कमीहरू रहन गएका थिए । ग्यालिलियो पहिलो वैज्ञानिक थिए, जसले दूरबिनको सहायताले आकाशको अवलोकन गरे । दूरबिनको सहायताले उनले देखिने बस्तुहरूको तीस गुणा आवर्धन प्राप्त गरे । नाङ्गो आँखाले जति ताराहरू देखिन्छन्, त्योभन्दा पनि धेरै ताराहरू छन् भन्ने कुरा उनले थाहा पाए । चन्द्रमामा पनि पृथ्वीका जस्तै पहाडहरू छन्, बृहस्पति ग्रहलाई उपग्रहहरूले घेरेका छन् र सूर्यमा धब्बाहरू छन् भन्ने कुरा पनि थाहा भयो । ग्यालिलियोले आफ्नो अदभूत दूरबिनको सहायताले अरुपनि कैयौँ खोजहरू गरे ।

ती सबैले कोपरनिकस र जर्दानो ब्रुनोको सिद्धान्त सही थियो भन्ने सिद्ध गरिदिए । चर्चले कोपरनिकसको पुस्तकमाथि प्रतिबन्ध लगाइदिएको थियो । ग्यालिलियोले आफ्नो वैज्ञानिक कृति प्रकाशित गरे, जसमा पोलिश वैज्ञानिकका निष्कर्षहरूको समर्थन गरिएको थियो । ग्यालिलियोका खोजहरूले धर्माधिकारीहरूमा नाराजी पैदा ग¥यो । पोपले ग्यालिलियोलाई रोम बोलायो, जहाँ सत्तरी वर्षिया वैज्ञानिकलाई धर्माधिकरणका न्यायाधीशहरूले थकानले लखतरान भएको बुढोलाई आफ्नो पूर्वमत त्याग्नलाई बाध्य बनाए । पस्चातापी पापीका लुगा लगाएर उनले घुँडा टेक्दै न्यायाधीशको अनुसरण गर्दै आफ्ना पस्चातापका शब्दहरू दोहो¥याउनु प¥यो ।

पछि ग्यालिलियोको पश्चातापका बारेमा एक रमाइलो किस्सा जन्मियो, जसअनुसार पश्चाताप गरिसके पछि र उ पृथ्वीको गतिमा विश्वास गर्दैन भन्ने घोषणा गरिसके पछि उनले उठ्दै भनेका थिए ः ‘तर त्यो हिँड्छ ।’ मानिसको स्वतन्त्र चिन्तनलाई दबाउन सकिँदैन भन्ने विश्वासलाई यस किस्साले व्यक्त गर्छ । आफ्नो जीवनको अन्तिम दिनसम्म ग्यालिलियोलाई धर्माधिकरणको निगरानीमा बस्नु प¥यो । चर्चले पुस्तक लेख्न र प्रकाशन गर्नबाट उनलाई रोक लगाइदियो । तैपनि ग्यालिलियो ब्रह्माण्डको संरचनाका बारेमा नयाँ दृष्टिकोणको सत्यतामाथि विश्वास गरिरहे । यसप्रकार विज्ञानले धर्मका विरुद्ध विद्रोह गरिदियो र त्यसको सिकन्जाबाट बाहिर निक्लियो । त्यसका सामु अब विश्वको संज्ञानका लागि, प्रकृतिका नियमहरूको उद्घाटन गर्नको लागि असीम सम्भावनाहरू उन्मुक्त हुन पुगे ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार