चिन्तामणि घिमिरे
कोपरनिकस तथा ग्यालिलियो भन्दा लगभग एक हजार वर्ष पहिले मिश्र (भ्नथउत)को अलेक्जेन्ड्रिया सहरमा एक महिला रहने गर्दथिइन् । उनको भनाइ थियो कि पृथ्वीले सूर्यको चारैतर्फ चक्कर लगाउने गर्दछ र त्यो पनि अन्डाकार वृत्तमा । आधुनिक उपकरण तथा दूरबिनको सहायता बिनानै उनले त्यस समय स्थापित टोलेमी मोडेललाई चुनौती दिइन् । यी अद्भूत महिला दार्शनिक, गणितज्ञ, एवं वैज्ञानिकको नाम हिपेशिया थियो ।
धेरै तर्क गर्ने स्वतन्त्र विचार राख्ने र पारम्पारिक मान्यता भन्दा फरक सोच राख्ने र आफ्नो मौलिक विचारमा दृढ़ रहने मानिसहरू शायद औँलामा गन्ने नै हुन्छन् । यस्ता मान्छेलाई सधैँभरी चुनौतीको सामना गर्नु परिरहेको हुन्छ । अहिले त हालत खराब छ भने कोपरनिकस भन्दा एक हजार वर्ष अगाडिको समाजको चेतना कस्तो थियो होला । पुरुषप्रधान समाजमा महिलाको स्वतन्त्र विचारलाई प्रायः मान्यता दिँदैनन् । महिला बुद्धिजीवी बन्नु र समाजलाई खबरदारी गरिरहने कुरा समाजमा कहिल्यै पनि अपेक्षा राखिएको हुँदैनथ्यो कि उनले ती विषयहरुमा आफ्नो राय राख्नेछिन् जसमाथि राय राख्ने अधिकार केबल पुरुषलाई नै सम्झने गरिन्थ्यो ।
महिलाहरू पुरुषभन्दा जान्ने भएमा पोँथी बास्यो भनेर खिसीट्युरी गर्ने चलन थियो । अहिलेसम्म आउँदा अझै पनि समाजको विभिन्न तहमा महिलाको नेतृत्वलाई सहजै स्वीकारेको देखिँदैन । यस्तै प्रकारको घटना प्राचीन कालमा अलेक्जेन्ड्रिया सहरको प्रसिद्ध महिला हिपेशियाको साथ पनि भएको थियो, जो गणित, खगोलशास्त्र, दर्शनशास्त्रसहित कैयौँ विषयहरुको विद्वान थिइन् । उनी प्रकाण्ड विद्वान थिओन कि पुत्री थिइन् । उनले आफ्नो पिताको विरासतलाई अरु अगाडि बढाइरहेकी थिइन् । विभिन्न विषयहरुमा नयाँ तरिकाबाट ( परम्परादेखि भिन्न) व्याख्या गर्ने हिपेशिया रुढीवादी र अवैज्ञानिक विचारधाराका केही कट्टर इसाईहरुको आँखाको छिट्टै नै कसिङ्गर बनिन् । उनलाई घृणा गर्ने व्यक्तिहरुले उनको बारेमा विभिन्न थरिका भ्रम फैलाइ रहेका थिए ।
एकदिन मौका हात पर्नासाथ उनीदेखि रिसाएका मान्छेहरुले उनलाई घेरेर मारे । यो हत्या ती धार्मिक तत्वहरुले अत्यन्तै बीभत्स तरिकाले गरेका थिए । यसबाट उनको स्वतन्त्र चिन्तक हिपेशियाप्रति बेहिसाब घृणाको जानकारी हुन्छ । उनको कपडा च्यातेर शरीरको छाला उतारेर टुक्राटुक्रा पारेर जलाइदिए । ज्ञानको उपासक एक नारी जोसँग केवल तर्क, ज्ञान र बुद्धिको अस्त्र थियो । उनको हत्या गरेर नै ती कट्टरपन्थीहरुलाई चैन मिल्यो । हिपेशियाको गल्ती यो थियो कि उनी स्त्री भएर पनि तमाम शास्त्रहरुको विवेचना गरिरहेकी थिइन् । उनले फरक खालको व्याख्या गरिरहेकी थिइन् । उनी स्वतन्त्र विचारक थिइन् । ज्ञान एवं प्रकाशको उपासक थिइन् । तर्क एवं बुद्धिले काम गर्दथिइन् । उनी ती तमाम क्षेत्रहरुमा दखल दिइरहेकी थिइन् जसमा तत्कालीन समाजमा केवल पुरुषहरूको वर्चस्व थियोे ।
शायद दुनियाँमा धेरै ठाउँहरु यस्ता छन् कि धेरै तर्क वितर्क गर्ने स्त्रीलाई यसरी सम्मान मिल्दैन जसरी (जुन तरिकाले)पुरुषलाई मिल्छ । यस्तो तर्क– वितर्क गर्ने पुरुष जहाँसम्म लाग्छ सबैको नजरमा महान बन्दछ, बुद्धिमान ठहरिन्छ । चारैतिरबाट उसलाई स्याबासीको ओइरो लाग्छ । त्यस्तै त्यही काम महिलाले गरेमा जिद्दी, हठी, घमण्डी र कुतर्कीको दर्जा पाउँछिन् । कुनैपनि धर्म, धार्मिक सम्प्रदाय, सम्प्रदाय, संस्था, राज्य र समाज कति उदार छ भन्ने कुरालाई यसरी मापन गर्न सकिन्छ कि त्यहाँ महिलाहरुसँग कस्तो व्यवहार हुन्छ । धर्मले वास्तवमा महिलाहरुको भलाइ गरेको हुँदैन् । शासक वर्गले धर्ममार्फत महिलाहरुको शोषण गरिरहेको हुन्छ ।
तैपनि परम्पराका नाममा हजारौँ वर्षदेखि महिलाहरुले धार्मिक क्रियाकलापमा सहभागी हुँदै आइरहेका छन् । इसाको चौथो–पाँचौँ शताब्दीतिर हिपेशिया जस्तो क्रान्तिकारी र वैज्ञानिक सोचको महिला देखापर्नु अत्यन्तै ठुलो र महान क्रान्तिकारी उपलब्धि नै मान्नु पर्ने हुन्छ । त्यति बेलाको समयमा पनि धर्मभन्दा फरक खालको विचार राख्नु महान क्रान्ती नै थियो । धर्मको बारेमा महिलाहरु खुलेर अगाडि आएपछि र आफ्ना फरक खालका विचारहरु राखेपछि उनीहरुको के हाल गरिन्छ त्यसको एक उदाहरण हामीले हिपेशियालाई देख्न सक्छौँ । हिपेशिया एक त्यस्तो नाम हो, जसको कहानी सुनेर आज धर्मका नाममा भइरहेका जघन्य अपराध र निर्मम व्यवहारहरु पनि फिका लाग्न सक्छन् ।
गणित र दर्शनसहित कैयौँ विषयमा विद्वान रहेकी हिपेशिया चौथो–पाँचौँ शताब्दीमा पूर्वीरोमन साम्राज्यको मिश्रमा एक परिचित नाम थियो । उनको आधुनिक विचार र ज्ञानले इसाईहरुको स्वयंभु पण्डितहरुलाई काट्न दौडन्थ्यो । पÞmेरि एकदिन यस्तो समय आयो, जब इसाई धार्मिक क्रुरताले आफ्नो सबै सीमा पार ग¥यो । केही कट्टर इसाईहरुले उनलाई अपहरण गरे । त्यसपछि उनलाई अलेक्जेन्ड्रिया नगरको एक धार्मिक स्थलमा लगेर त्यहाँ उनीहरुले उनको हत्या गरे । ज्ञानको दीपकलाई निभाइ दिए । निर्ममताले आफ्ना सबै सीमाहरु तब पार ग¥यो, जब उनको शरीरलाई यति टुक्राटुक्रा पारेर काटियो कि सायद उनका कुनै आफन्त पनि उनको मृत शरीरलाई पहिचान गर्न सक्दैनथे ।
यो सबैभन्दा भयावह दृश्य थियोे । उनको क्षत–विक्षत शबलाइ पुरै शहरमा घुमाइयो र फेरि एक खास ठाउँमा लगेर आगो लगाइदिए । यो दृश्य एवं घटनाक्रम यति डर लाग्दो थियो कि यति भयावह थियो कि यसमा सोसल मिडियाविहीन त्यस युगमा पनि मिश्रसहित पूरै रोमन साम्राज्यलाई हल्लाइदियो । कट्टर धार्मिक भीडद्वारा हत्याको यो एक यस्तो जीवन्त उदाहरण हो । सन् ३९१ मा इसाईहरुको एउटा भीडले सिकन्दरियामा रहेको ज्ञानको भण्डार पुस्तकालयलाई जलाएर खरानी पारेका थिए । पुस्तकालयमा रहेका पुस्तकहरु सुन तथा हिराभन्दा अधिक मुल्यवान हुन्छन् । पुस्तकालय भनेको ज्ञान विज्ञानको भण्डार हो । जहाँ अमूल्य ग्रन्थहरु रहेका हुन्छन् । जलाएर खरानी पारेको पुस्तक फेरि किन्न खोज्दा सितिमिति पाइँदैनन् । अझ त्यसमा झन हस्तलिखित ग्रन्थ पुनः दोहोराएर पाउन गाह्रो हुन्छ ।
तर सुन र हिरा धन भएपछि जहिले पनि किन्न पाइन्छ । धर्मको पछाडी लाग्ने भीड प्रायः ज्ञान र विवेकविहीन हुन्छ । उनीहरू तर्क होइन कुतर्क गर्छन् । उनीहरूलाई धर्मको नशाले यत्ति बेहोस बनाएको हुन्छ कि उनीहरू पछिको कुरा सोच्न र सुन्न सक्दैनन् । धार्मिक दङ्गामा प्रायः गरिबका छोराछोरीहरुलाई प्रयोग गरिएको हुन्छ । धनीका छोराछोरीहरु त विश्वविद्यालयमा पढिरहेका हुन्छन् या कुनै जागिर या बिजनेसमा लागेका हुन्छन् । धनीहरु अथवा पुँजीपतिहरु धार्मिक जुलुसमा भाग लिँदैनन् । तर उनीहरूले आफ्नो नाफाको सानो हिस्सा धर्मको नाममा छुट्टाउँछन् । धार्मिक समारोहमा ती पुँजीपति कै नाम दाताको रुपमा उदघोषण हुन्छ । तर जुलुसमा हिँड्ने त्यो गरिबको नाम आउँदैन् । धनीले गरिबलाई धर्मको नामबाट मिनेट मिनेटमा ठगिरहेको हुन्छ । धर्मले आफूलाई ठगेको कुरा त्यो गरिबले बुझ्दैन् ।
उसलाई बुझ्ने मौका पनि मिल्दैन । पुस्तकालय जलाइएको घटनाको लगभग बीस वर्षपछि क्रुर भीडले प्राचीन कालकी एक अत्यन्तै प्रतिभाशाली महिलालाई टुक्राटुक्रा पारेर काटेर मारे । ती महिलाको नाम थियो हिपेशिया । विश्वमा उनी खगोल विज्ञान र गणितको पहिलो अध्यापिका थिइन् । हिपेशियाले वास्तविक विज्ञानको हेतु इसाई अन्धविश्वासको साहसका साथ डटेर विरोध गरिन् । यसकारण पादरीहरुले हिपेशियालाई मार्नका लागि हत्यारालाई जिम्मा दिएर पठाए । यस प्रकार धर्म विज्ञान र वैज्ञानिकहरुको मार्गमा बाधक बनेर उभियो । हिपेशियाले विज्ञानका बारेमा सोच्ने गर्थिन् विशेषतः खगोल विज्ञानको बारेमा बढी सोच्ने गर्थिन् । उनले त्यति बेलाको समयमा पनि त्यस्तो महत्वपूर्ण गौरवमय महान विचार राख्नु र आफ्नो विचारमा अडिग रही सम्झौताहिन जीवन जिउनु पनि कम चुनौती थिएन होला ।
उनी जति बाँचिन् संघर्ष गरेर बाँचिन् । उनले कुनै पनि बस्तु माथितिर फ्याँक्दा माथितिर नगई तलतिर किन खस्छ भनेर सोच्ने पनि गर्थिन् । उनले बस्तु माथि फ्याँकेर तल खस्ने कुरा पनि प्रयोग गरेर हेरिन् । तर उनले त्यसलाई गुरुत्वाकर्षण नाम दिन भ्याइनन् वा सकिनन् । शायद उनी अलि धेरैवर्ष बाँच्न पाएको भए विज्ञानको क्षेत्रमा उनले अरु थप केही प्रगति गर्थिन् होला । गुरुत्वाकर्षणको नियमको बारेमा पनि केही हल निकाल्थिन् होला । तर समयले यो नियमबारे जान्न बुझ्नको लागि सत्रौँ शताब्दी कुर्नुप¥यो । सन् २००९ मा आएको फिल्म ‘अगोरा’ (ब्नयचब) हिपेशियाको जीवन कथामा आधारित थियो । हिपेशियाको जीवन कथालाई उतारेर बनाइएको यस फिल्ममा त्यस समयको धर्म, विवेक, विज्ञानको खुनी टकरावको बारेमा यसरी प्रस्तुत गरिएको छ कि जसले हामीलाई आजको समयमा पनि सोच्न बाध्य गर्दछ ।
हिपेशियाले अलेक्जेन्ड्रियामा अभिजात वर्गका युवाहरूलाई पढाउँथिन् । उनका पिता अलेक्जेन्ड्रियाको लाइब्रेरीमा काम गर्दथे । उनको पनि रुचि उही थियो जो हिपेशियाको थियो । दुवैले अलेक्जेन्ड्रियाको लाइब्रेरीमा संसारभरबाट जम्मा गरिएका किताबहरुको बीचमा बसेर विज्ञान, गणित, दर्शनका गूढ सवालहरुमाथि चर्चा गर्दथे । पिता–पुत्रीको बीचको यो सम्बन्ध फिल्ममा अत्यन्तै प्रभावशाली देखिन्छ ।
हिपेशियाको महत्वको तपाईँ यस तथ्यबाट पनि बुझ्न सक्नुहुन्छ कि अरस्तुको यो भनाइले त्यस बेलाको समाजको सामान्य चेतनालाई बुझाउँथ्यो कि महिलाहरु र गुलामहरुमा आत्मा हुँदैन र सार्वजनिक जीवनमा महिलाहरु केही पनि होइनन् भन्ने थियो । हिपेशियाले यस प्रकारको घटिया सोचाइको विरुद्ध त्यस बेलाको परिस्थितिमा कति संघर्ष गर्नुप¥यो होला ?









प्रतिक्रिया दिनुहोस्