युरोपका मानिसहरूले सोच्थे कि पृथ्वीको चारैतिर लगभग असी चक्र छन् । यिनै चक्रहरूबाट जोडिएको हुनाले सबै नक्षेत्रले पृथ्वीको चारैतिर घुम्छन् । परन्तु यसप्रकारको सिद्धान्तबाट नक्षेत्र हरूको गतिको सही ढंगबाट विश्लेषण हुन पाइरहेको थिएन । कोपरनिकसको यो कुरा बडो अनौठो लाग्थ्यो कि भगवानको सिद्दहस्त हातहरूले जब सम्पूर्ण ब्रह्माण्डको यति सुन्दर र सुरुचिपूर्ण ढंगले निर्माण गरे भन्ने कुरा एउटा भयानक भुल वा मिथ्या कसरी हुन सक्छ ?
चिन्तामणि घिमिरे
आकाशीय पिण्डको बारेमा मानिसले केही न केही जान्नका लागि सधैँ उत्सुक रह्यो । यन्त्रबिना उसले नाङ्गो आँखाले आकाशका सूर्य, चन्द्र र ताराहरूलाई नियाल्ने ग¥यो । जसबाट उसले अनुभव लगाउन थाल्यो कि पृथ्वी ब्रह्माण्डको केन्द्रमा छैन, सूर्यनै ब्रह्माण्डको केन्द्रमा छ । तर त्यसलाई प्रमाणित गर्ने औजारहरू थिएनन । जुन समयमा निकोलस कोपरनिकसको जन्म भयो त्यो समयमा युरोपमा धर्मको निकै बोलबाला थियो । मानिसहरू अन्धविश्वासमाथि अत्यन्तै भरोसा राख्दथे । अन्धविश्वासका मान्यताहरूमाथि टेकेर चल्दथे । कसैले पनि चाहेर धर्मका विरुद्धमा बोल्ने त के प्रश्नसम्म पनि गर्न पाउँदैनथे । क्याथोलिक चर्चको एकछत्र रजाइँ थियो । राजा महाराजाहरूसमेत पोप पादरीहरूसँग डराउँथे । पादरी पुरोहितहरूमा धर्मका बारेमा उठाइएका तर्कहरूलाई सुन्ने धैर्यता हुँदैनथ्यो । पादरीहरूको बोलीनै कानुन हुन्थ्यो ।
कोपरनिकसले अरस्तु र टोल्मीका पुराना मान्यताहरूलाई खारेज गर्दै विज्ञानलाई मध्ययुगको अन्धकारबाट निकालेर आधुनिक युगतर्फ पदार्पण गराए । उनले चर्चको १३०० वर्षको पुरानो मान्यतालाई चुनौती दिए । विश्वलाई हेर्ने नयाँ दृष्टि प्रदान गरे । उनले टोलेमीको विपरीत आवाज उठाएर मध्यकालीन विज्ञानदेखि आधुनिक विज्ञानसम्म एउटा ठोस कदम उठाए । आजभन्दा छ सय वर्ष पहिले युरोपमा चर्चको वर्चश्व थियो । विद्वान, पादरी र आमजनताहरूमा यो विश्वास थियो कि पृथ्वी ब्रह्माण्डको केन्द्रमा छ र स्थिर पनि छ । सूर्य र ताराहरू सबैले पृथ्वीको वरिपरि परिक्रमा गर्दछन् । चर्चको मान्यता थियो कि पृथ्वी पापले भरिएको छ । पापको अधिकताको कारण पृथ्वी स्थिर छ । निष्ठावान इसाई पादरी (जसको नाम निकोलस कोपरनिकस थियोे)को खगोलशास्त्रमा गहिरो रुचि थियो । उनले तीस वर्षसम्म साधारण उपकरणको सहायताले आकाशीय पिण्डको अध्ययन गरे ।
प्लेग रोगको महामारीले युरोपको जनसङ्ख्या धेरै घटिसकेको थियो । १४औँ शताब्दीको यस त्रासदीपूर्ण समयको पछि अर्को तीनसय वर्षसम्म युरोपले आफूलाई पुनर्निर्माण ग¥यो । ग्रीक र रोमन सभ्यताको ज्ञानलाई पुनः दोहो¥याएर खोजियो । कला र विज्ञानप्रति मानिसहरूमा नयाँ रुचि जाग्यो र पढेलेखेका मान्छेहरूले यस सिद्धान्तलाई प्रचारप्रसार गरे । मानिसको विचारको क्षमता असीम हुन्छ र उसले जीवनमा जति चाह्यो त्यति ज्ञान बटुल्न वा आर्जन गर्न, जम्मा गर्न र सभ्यतालाई अगाडि बढाउनमा महत्वपूर्ण योगदान गर्न सक्छ । तीनसय वर्षको यो सुनौलो समय रेनेसास यानी पुनर्जागरणको नामले चिनियो ।
रेनेसासको मोडेलको लागि प्रायः अक्सर पोलैन्ड निवासी निकोलस कोपर्निकसको नाम लिने गरिन्छ । तर पुनर्जागरणको वास्तविक इपिसेन्टर इटली थियो । गणितज्ञ र खगोलशास्त्री कोपरनिकस चर्चका कानुनहरूको ज्ञाता, चिकित्सक, अनुवादक, चित्रकार, कुटनीतिज्ञ र अर्थशास्त्री पनि थिए । उनको पास वकालतनामा डाक्टरेटको डिग्री थियो साथै उनी पोलिश, जर्मन, ल्याटिन ग्रीक र इटालियन भाषाहरूको विद्वान थिए ।
भनिन्छ सन्देहबाट सत्यको खोजी सुरु हुन्छ । कोपरनिकसले सुर्य र ताराहरूले पृथ्वीलाई घुम्छन् भन्ने अरस्तु र टोलेमीको पुरानो विचारलाई शंकाको दृष्टिकोणले हेर्दथे । कोपरनिकसको जन्म १९ फरवरी १४७३ को उत्तरी पोलैन्डको वार्मियाको प्रीन्सबिस्फोरिक क्षेत्रको तोरुन नामक सहरमा खान लाउन पुग्ने सम्पन्न परिवारमा भएको थियोे ।
उनका पिता निकोलस कोपरनिक तामाका व्यापारी र अङ्गुरको बगैँचाको मालिक थिए । उनी राजनीति पनि गर्थे । उनकी माता बारबरा वाटजेनरोड पनि सम्पन्न परिवारमा जन्मेकी थिइन् । आफ्ना चार भाइबहिनीहरूमा निकोलस सबभन्दा कान्छा थिए । जब उनी दस वर्ष उमेरका पुगेका थिए उनका पिताको देहान्त भयो । उनका मामा ल्युकास वाटजेलरोड उनको संरक्षक बने । १४९१ मा कोपरनिकस उच्च अध्ययनको लागि क्राकोव विश्वविद्यालयमा पुगे जहाँ उनले खगोलशास्त्र, गणित, दर्शन एवं विज्ञानको शिक्षा ग्रहण गरे । विश्वविद्यालयमा चार वर्षसम्म अध्ययन गरेर शिक्षा प्राप्त गरेपश्चात् आफ्नो मामाको आदेशमा इटलीको बोलोना सहरमा केनन (पादरीको पद)को शिक्षाको अध्ययनको लागि प्रस्थान गरे ।
उनका मामा वार्मियाको प्रीन्स विशपको पदमा आसीन थिए । मामाको इच्छा थियो कि केननको डिग्री प्राप्त गरेर भान्जा पनि उनको केथेद्रलमा केननको प्रतिष्ठित पद प्राप्त गरून् । डाक्टर अफ ल उपाधिको यो कोर्स तीन वर्षको थियो जसमा उनलाई क्याथोलिक चर्चको नियम कानुनहरूको शिक्षा ग्रहण गर्नु थियो । इटलीमा रहँदा पनि कोपरनिकसमा खगोलशास्त्रप्रति सम्मोहन कम थिएन साथै उनले कानुनको पुस्तकभन्दा अधिक समय खगोलविद्यासँग सम्बन्धित पुस्तकहरूको अध्ययनमा बिताए । यसै सिलसिलामा उनले ग्रीक भाषा सिके र टोलेमीको कस्मोग्राफी, अल्मागेस्टको मूलप्रति नै राम्रोसँग अध्ययन गरे । यसै समय उनलाई आफ्नो मामाको प्रभावबाट कोर्स पूरा नगरिकनै वार्मियाको क्याथोलिक चर्चमा केननको पद मिल्न गयो । लामो समयसम्म इटलीमा रहेर उनले यस पदको दायित्व निभाउँदै रहे । १५०१ मा अठ्ठाईस वर्षको उमेरमा उनी वार्मिया फिर्ता भए परन्तु उनी त्यहाँ अधिक समय रोकिएनन् र पुनः इटली फिर्ता भए ।
उनी चिकित्साशास्त्र अध्ययन गर्न चाहन्थे । उनको इच्छा डाक्टरको डिग्री, जसलाई उनले यसभन्दा अगाडि पूरा गर्न पाएका थिएनन्, प्राप्त गर्नु थियोे । उनको विचार थियो कि चिकित्सक बनेर वार्मियाको केथेद्रलमा उनले अधिक उपयोगी कार्य गर्न सक्दथे । दुई वर्षको अवकाश लिएर उनी इटलीको पादुवा नगर गए । यस समय उनले आफ्नो प्रिय विषयहरू खगोलशास्त्र तथा गणितको गहन अध्ययन जारी राखे । चिकित्साशास्त्रको पढाइको अलावा उनले आफ्नो कानुनको डिग्रीको शेष कार्य पनि पूरा गरे र डाक्टर अफ लको डिग्री हासिल गरे । तीस वर्षको उमेरमा आफ्नो औपचारिक अध्ययन पूरा गरेर उनी पुनः सधैँका लागि वार्मिया फिर्ता भए र आफ्नो मामाको सेक्रेटरीको रूपमा चिकित्सक तथा आर्थिक मामिलाहरूको अलावा चर्चका अन्य कार्यहरूको सम्पादन गर्न लागे । १५१२ मा उनका मामा बिशप ल्युकासको देहान्तको केही समयपछि जीवनको चालिस वर्ष पूरा गरेर कोपरनिकसले फ्राउनबर्ग केथेद्रलमा केननको कार्यभार सम्हाले र जीवनपर्यन्त यसै पदमा रहिरहे ।
कोपरनिकसले सौर्यमण्डलको नयाँ व्याख्या गरे । उनले भनेकि सूर्यले पृथ्वीको परिक्रमा नगरेर पृथ्वीले सूर्यको परिक्रमा गर्दछ । पश्चिममा सामन्तवादको प्रभामण्डलको रूपमा स्थापित क्याथोलिक चर्चलाई यो व्याख्या पटक्कै मन परेन । मन नपर्नुको कारण थियो ईश्वर र ईश्वर पुत्र क्राइस्टको वाणी (बाइबल )अनुसार सूर्यले नै पृथ्वीको परिक्रमा गर्दछ । यो नयाँ व्याख्याले बाइबल र रोमन क्याथोलिक चर्चका साथै त्यससित अभिन्न रूपमा जोडिएको सामन्तवादको अस्तित्वको प्रामाणिकता तथा सत्तालाई चुनौती दिन्थ्यो । यो विचारहरूको क्षेत्रमा आउने एउटा पूर्णक्रान्तिकारी वैज्ञानिक परम्पराको आरम्भ बिन्दु थियो । यसले वास्तविकताको पुरानो तस्बिरलाई उल्टाएर प्रस्तुत ग¥यो । कोपरनिकस जस्ता खगोलशास्त्रीले ‘पृथ्वीले सूर्यको वरिपरि परिक्रमा गर्छ’ भन्नु ठूलो दार्शनिक क्रान्ति थियो ।
सन् १५३० मा आएर उनले यही सिद्धान्तबारे एउटा किताब लेखे । उनले लेखेको किताबको नाम म्भ च्भखयगितष्यलष्दगक(यल तजभ च्भखयगितष्यलक या तजभ जभबखभलथि कउजभचभक) थियोे । यो किताब सन् १५४३ मा प्रकाशित भयो । त्यतिबेला उनको मृत्यु भइसकेको थियो । चर्चद्वारा प्रताडित भइने डरले उनले लामो समयसम्म किताबलाई सार्वजनिक गरेनन् । किताब सिरानीमा रहिआएको थियो ।
कोपरनिकस अत्यन्तै बहुप्रतिभाशाली व्यक्ति थिए । उनी पादरी, विद्वान, वकिल, कलाकार, कवि, वैद्य, अर्थशास्त्री, गणितज्ञ र ज्योतिषाचार्य थिए । परन्तु उनको झुकाव अधिकतर गणित र ज्योतिषतिर थियो । उनले मौलिक ढंगले काम गर्ने गर्दथे । उनको विचारमा पुराना मान्यताहरूलाई तबसम्म मान्नु पर्छ, जबसम्म त्यो विचारले हामीलाई सही बाटो देखाउँछ ।
परन्तु जब त्यसले हामीलाई गुमराह पार्न लाग्यो भने नयाँ मार्गको खोजीमा हामी लाग्नु पर्छ । कोपरनिकस अत्यन्तै स्वतन्त्र विचारका मानिस थिए। उनले जब आफ्नो सूर्यकेन्द्रित सिद्धान्त निकाले तब सारा जगतमा हलचल मच्चियो । कसैले पनि यसलाई मान्नको लागी तयार हुँदैनथे । किनकि पृथ्वी आफ्नो अक्षमा घुम्दछ र सूर्यको वरिपरि पनि घुम्दछ । यो नयाँ र क्रान्तिकारी सिद्धान्त थियो । पारम्परिक अन्धविश्वासमा पौडी खेलेकाहरूलाई यो नयाँ, क्रान्तिकारी र वैज्ञानिक विचारले क्रोधित बनायो । यस्तै यो कुरा धेरै समयअघि लगभग ईसाको तीनसय वर्ष पहिले सामोसको एरिस्टार्कस (एरिस्टार्चस)लाई थाहा थियोे । उनले भनेका थिएकि पृथ्वी न केवल आफ्नो अक्षमा मात्र घुम्छ बरु गोलाकार मार्ग भएर सूर्यको वरिपरि घुम्दछ । तर त्यो कुरा उनले प्रयोगद्वारा बुझाउन सकेनन् । साथै उनको त्यो महत्वपूर्ण विचारलाई हाँसोमा उडाइयो । कसैले पनि महत्व दिएनन् । उनी एक्लै परे । त्यो विचार व्यक्तिमै सीमित रह्यो । फैलने मौका पाएन् ।
हामीलाई थाहा छ कि मानिसको प्रकृति यस्तो छ कि सरल र सुग्राह्य बस्तुहरूलाई छिट्टै अपनाउने गरिन्छ तर कठिन र मौलिक विचारहरूलाई होइन । साथै अलेक्जेन्ड्रियाका टोलेमीले अरस्तुको सिद्धान्तलाई सही ठहराउँदै घोषणा गरे कि पृथ्वी नै सारा ब्रह्माण्डको केन्द्र हो । सीमित दृष्टि भएका भोलेभाले मान्छेहरूको लागि यो सिद्धान्त ज्यादै राम्रो थियो । किनकि पृथ्वी कहिँकतै पनि हिलेको देखिँदैनथ्यो । यसको विपरीत सूर्य, चन्द्रमा र ताराहरू सबै गतिमान देखिन्छन् । यही नै सबै मान्छेहरूले यसरी नै धोका खान्छन् । जस्तो कि चन्द्रमाको मुनि बादल चलिरहने प्रक्रियाले हामीलाई यस्तो महसुस हुन्छ कि बादल स्थिर छ चन्द्रमा चलिरहेको छ भन्ने । युरोपका मानिसहरूले सोच्थे कि पृथ्वीको चारैतिर लगभग असी चक्र छन् ।
यिनै चक्रहरूबाट जोडिएको हुनाले सबै नक्षेत्रले पृथ्वीको चारैतिर घुम्छन् । परन्तु यसप्रकारको सिद्धान्तबाट नक्षेत्र हरूको गतिको सही ढंगबाट विश्लेषण हुन पाइरहेको थिएन । कोपरनिकसको यो कुरा बडो अनौठो लाग्थ्यो कि भगवानको सिद्दहस्त हातहरूले जब सम्पूर्ण ब्रह्माण्डको यति सुन्दर र सुरुचिपूर्ण ढंगले निर्माण गरे भन्ने कुरा एउटा भयानक भुल वा मिथ्या कसरी हुन सक्छ ? यस प्रश्नको समाधान खोज्नको लागि लगभग तीस वर्षसम्म कोपरनिकस पुस्तकको पृष्ठमाथि कागजको कुनामा, पर्खाल र कुर्सीमा, मेजमाथि आफ्नो दिमागलाई कल्पनामयी सुझबुझका साथ पागल जसरी लेख्दै रहे । यथार्थमा उनका आसपासका मान्छेहरूले यो सोच्न थाले कि उनी बहुलाए । कुरा सही हो पनि किनकि बुद्दिमत्ताले जब आफ्नो सीमा पार गर्न लाग्छ तब मानिस पागल बन्छ । अन्तमा गएर उनले एउटा पुस्तक लेखे ः आकाशका पिण्डहरूको परिभ्रमण (म्भ च्भखयगितष्यलष्भिगक यचदष्गm अबभभिकतष्यल) हेर्नुहोस् यो कस्तो विडम्बनाको कुरा छ कि किताब उनी बाँचुन्जेल छापिएन उनको मृत्युपछि मात्र छापिएर बाहिर आयो । उनी जीवित छँदै पुस्तक छापिएको भए शायद उनी चर्चको कठघरामा उभिनुपथ्र्यो र माफी माग्नुपर्ने हुन्थ्यो वा सहिदको सुचीमा दर्ता हुनुपथ्र्यो ।
उनको मृत्युको एक शताब्दीपछि उनको सिद्धान्तलाई लिएर एउटा यस्तो गरम वादविवाद उठ्यो कि जसले संसारका सबै विचारकहरूलाई विवश गरिदियो कि पूर्वनिर्धारित धाराहरू र कोपरनिकसको विचारमाथि तुलनात्मक परीक्षा गर्ने । कैयौँ त अत्यन्त नराम्रोसँग दुखी भएका थिए कि २००० वर्षदेखि चली आइरहेको धार्मिक विश्वासमाथि कोपरनिकसको सिद्धान्तले घातक प्रहार गरेको थियो । पुरानो आधारशीला अब भत्कन लागेको थियो । कोपरनिकसको मृत्युपछि ब्रुनोले असीम साहसका साथ संघर्ष गरेका थिए र यो बताएका थिए कि प्रत्येक तारा सूर्यजस्तै एउटा आगोको गोला हो, जुन सूर्यभन्दा पनि कैयौँ गुणा ठूलो हुन सक्छ । यता केप्लरले कोपरनिकसको सिद्धान्तलाई क्रमिक रूपले लेख्ने कार्य गरे र ग्रहहरूको गतिको बारेमा संसारलाई आफ्ना तीन महत्वपूर्ण सिद्धान्त दिए । ग्यालिलियोले आफ्नो दूरदर्शक यन्त्रद्वारा आकाशगंगाको निरीक्षण गरे । ताराहरू र ग्रहहरूको गति पत्ता लाग्यो र जब दूरबिनको सहायताले अवलोकन गरियो तब कोपरनिकसको सत्यतालाई मानिसहरूले मान्न थाले ।
ब्रह्माण्डको संरचनाका बारेमा यस धार्मिक दृष्टिकोणमाथि महान पोलिश वैज्ञानिक निकोलस कोपरनिकसले मरणान्तक प्रहार गरे । कोपरनिकसले तीस वर्षभन्दा बढी अत्यन्त साधारण उपकरणहरूको सहायताले आकाशीय पिण्डहरूको प्रक्षेपण गरे । जटिल गणनाको आधारमा उनी यस निष्कर्षमा पुगे कि पृथ्वीले सूर्यको चारैतिर र आफ्नो अक्षमा पनि घुम्छ । पृथ्वी एउटा ग्रह मात्र हो र सबै ग्रहहरूले सूर्यको परिक्रमा गर्छन् । कोपरनिकसले वर्षौँसम्म आफ्ना खोजहरूलाई गुप्त राखे । नयाँ सिद्धान्तले उनलाई चर्चको उत्पीडनको शिकार मात्र होइन सबैतिर उपहास र निन्दाको पात्र बनाउन सक्थ्यो । त्यसबेला सूर्य पृथ्वीको चारैतिर घुम्छ भन्ने कुरा सारा दुनियाँले मान्थ्यो र केवल एक्लो कोपरनिकस मात्र यो बुझ्थे कि जो प्रत्यक्ष छ, त्यो सत्यका विरुद्ध छ ।
सन् १५४३ मा कोपरनिकसले आफ्नो कृति ‘आकाशीय पिण्डहरूको परिक्रमणहरूका बारेमा’लाई प्रकाशित गर्ने निश्चय गरे । कोपरनिकसको खोजको परिणामस्वरुप विज्ञानमा एक आमूल मोड आयो । उनले धर्मको प्रभुत्व र प्रभावलाई कमजोर बनाइदिए । टोलेमीको विपरीत आवाज उठाएर उनले मध्यकालीन विज्ञानदेखि आधुनिक विज्ञानसम्म एउटा ठोस कदम उठाए । कोपरनिकसले मानवजातिमा गहिराइसम्म जरा जमाए त्यो अन्धकारको पर्दा उठाइदिए, जसका आधारमा सृष्टिको केन्द्र कुनै अलौकिक शक्ति वा ईश्वर हो भन्ने मान्यतालाई खारेज गरिदिए ।
कोपरनिकसले टोलेमीद्वारा लिखित पुस्तक अल्मागेस्टलाई राम्रोसँग अध्ययन गरेका थिए । अध्ययनकै दौरानमा उनले कैयौँ त्रुटिहरू फेला पारे । गणितीय व्याख्याको आधारमा उनले टोलेमीको सिद्धान्तलाई गलत ठहराएका थिए ।
टोलेमीको सिद्धान्तलाई अरब खगोलशास्त्रीहरूले पनि गलत ठहराउन थालेका थिए । अरबका वैज्ञानिकहरूका रचनाहरू युरोपेली भाषामा अनुवाद भइ छापिन थालेका थिए । ब्रह्माण्डको संरचनाको बारेमा अरस्तु र टोलेमीको सिद्धान्तहरूमा कोपरनिकसले घनघोर विसङ्गतिहरू देखे । कोपरनिकसले टोलेमी मात्र नभएर पाइथागोरस र अरस्तुका सिद्धान्तहरूलाई पनि राम्रोसँग अध्ययन गरेका थिए । उनले गणितको माध्यमबाट पत्ता लगाए कि पृथ्वीले एकदिनमा आफ्नै धुरीमा एक चक्कर लगाउँछ र त्यसरी चक्कर लगाउँदै यसले सूर्यलाई पनि निश्चित बाटो भएर एक वर्षमा परिक्रमा गर्छ । कोपरनिकस आजीवन अविवाहित रहे । विवाह गरेर वंशलाई निरन्तरता दिन उनले चाहेनन् । पारिवारिक झमेलाबाट टाढै रहे । विवाह नगरेपछि उत्तराधिकारी पनि हुने कुरै भएन ।
आज जब मान्छेले मङ्गल ग्रहमा घर बनाउने कुराको कल्पना गरिराछ, हामीले कोपरनिकसलाई सम्झनुपर्ने हुन्छ । अन्तरिक्ष विज्ञानको आधारमा उनको कैयौँ वर्षको साधना पूरा भएको छ । कोपरनिकसको जीवनले बताउँछ कि सच्चाइको खोज कहिल्यै पनि निष्फल हुँदैन र उनको जीवनको प्रकाशले सयौँ वर्षसम्म मानिसको बाटोलाई उज्यालो बनाइरहने काम गर्नेछ । १४ मई १५४३ मा कोपरनिकसको जीवनको अन्त्य भयो तर उनको विचार दुनियाँभरका प्रयोगशालाहरूमा आजपनि जीवितै छ ।









प्रतिक्रिया दिनुहोस्