लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि सडक नाटक



कोहलपुर (बाँके), लागूऔषध दुव्र्यसन सम्बन्धी जनचेतनामूलक सडक नाटक ‘महशुस’ प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल न. ४२ रिजर्भ गण हेडक्वाटर शमशेरगन्ज बाँकेको आयोजनामा लागूऔषध दुव्र्यसन सम्बन्धी जनचेतनामूलक सडक नाटक महशुस प्रदर्शन गरिएको हो । आइतबार एक औपचारिक समारोहका बीच लागूऔषध दुव्र्यसन सम्बन्धी अभिमूखीकरण कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

सोही अवसरमा कार्यक्रमको समन्वय गरेको समाज सेवा संस्थाका कलाकारले सडक नाटक प्रस्तुत गरेका थिए । उक्त अवसरमा बोल्दै राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शालिकराम डाँगीले लागूऔषध दुव्र्यसन समाजको प्रमुख समस्याको रुपमा रहेको बताए । उनका अनुसार लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि स्थानीय सरकारले सचेतनामूलक कार्यक्रम गरिरहेको छ ।

वडाको अभियान अन्तर्गत सडक नाटक तथा अभिमूखीकरण आयोजना गरिएको उनले बताए । ‘लागूऔषध हाम्रो समस्याको रुपमा रहेको छ । विशेषगरी हाम्रो समाजका युवा पुस्ता प्रभावित भएको छ । उनीहरुलाई सचेत गराउनुपर्ने अवस्था छ । यसका विरुद्ध हामी सबै एकजुट हुन जरुरी छ, ।’ उनले भने ।

यस्तै प्रहरी नायव उपरीक्षक छवि रावतले गणले विभिन्न समयमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको बताए । उनका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको छ । सडक नाटकमा कलाकारहरु विनोद थापा, सोनिमा थापा, कविता थापा र संगम थापाले अभिनय गरेका थिए । उक्त कार्यक्रममा ५ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार