यूएनडीपी, डब्लूडब्लूएफ जस्ता गैरसरकारी संस्था साथै ग्रामीण र सहरी क्षेत्रका विद्यालयहरूले इको क्लबमार्फत वृक्षरोपण हरित ऊर्जा प्रवद्र्धन र जैविक विविधता संरक्षणमा ठोस कदम चालेका छन् । यद्यपि स्रोतसाधनको अभाव चेतनाको कमी र दीर्घकालीन योजनाको अभाव विद्यालयलाई इको क्लबको जानकारी नहुनु जस्ता चुनौतीहरू अझै विद्यमान छन् ।
हेमन्तराज काफ्ले ।
विद्यालयमा इको क्लबले विद्यार्थीहरूमा वातावरणीय चेतना र व्यावहारिक सीप विकास गर्न निकै ठूलो भूमिका खेल्छन् ।
इको क्लब भनेको विद्यालयस्तरमा वातावरणीय संरक्षण र दिगो विकासका गतिविधिहरू सञ्चालन गर्ने तथा जैविक विविधताका बारेमा जानकारीका साथै विद्यार्थीहरूको नेतृत्व तथा क्षमता विकास गर्ने एक समूह हो । यसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई वातावरणप्रति जिम्मेवार नागरिक बनाउनु वातावरणीय संकटबारे जागरूक गराउनु र वातावरण संरक्षणका व्यावहारिक उपायहरूमा सहभागी गराउनु हो ।
इको क्लबले वातावरणीय शिक्षा र व्यावहारिक ज्ञानलाई जोड दिँदै विविध कार्यक्रमहरू विधालयमा सञ्चालन गर्छ । यसको महत्वपूर्ण गतिविधिहरूमा वृक्षरोपण फोहोर व्यवस्थापन जलस्रोत संरक्षण र जैविक विविधता संरक्षण गर्नु नै हुन् । वृक्षरोपण अभियानमार्फत यसले विद्यालय र वरपरको क्षेत्र हराभरा बनाउन मद्दत पु¥याउँछ ।
फोहोर व्यवस्थापन कार्यक्रमले विद्यार्थीहरूलाई फोहोरको वर्गीकरण, पुनः प्रयोग र रिसाइकल गर्न सिकाउँछ जसले विद्यालय परिसरलाई सफा र स्वस्थ राख्न मद्दत गर्दछ । जलस्रोत संरक्षण अभियानले पानीको सही प्रयोग र प्रदूषण रोक्न योगदान पु¥याउँछ भने जैविक विविधता संरक्षणका गतिविधिले स्थानीय जैविक सम्पदाको महत्व र सुरक्षा आवश्यकताबारे विद्यार्थीलाई जानकारी दिन्छ ।
इको क्लबले केवल विद्यार्थीहरूलाई ज्ञान प्रदान गर्दैन उनीहरूलाई व्यावहारिक जीवनमा वातावरणमैत्री दृष्टिकोण अपनाउन प्रेरित पनि गर्छ । यो क्लबले विद्यार्थीहरूमा नेतृत्व विकास समूहमा काम गर्ने सीप र समस्या समाधान तथा व्यक्तिगत क्षमताको पनि विकास गर्छ । विद्यार्थीहरूले सामुदायिक स्तरमा वृक्षरोपण वातावरणीय सचेतना कार्यक्रम र हरित क्रियाकलापहरू सञ्चालन गर्दै वातावरण संरक्षणमा योगदान दिन सक्छन् । यसले विद्यार्थीहरूलाई विद्यालय मात्र होइन आफ्नो समुदायप्रति पनि उत्तरदायी बनाउँछ ।
नेपालमा इको क्लबको प्रभाव सकारात्मक रहेको छ । शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले विद्यालयमा इको क्लब स्थापनाका लागि प्रोत्साहन गरिरहेको छ । यूएनडीपी, डब्लूडब्लूएफ जस्ता गैरसरकारी संस्थाहरूले यसका गतिविधिहरूलाई सशक्त बनाउन मद्दत गरेका छन् । ग्रामीण र सहरी क्षेत्रका विद्यालयहरूले इको क्लबमार्फत वृक्षरोपण हरित ऊर्जा प्रवद्र्धन र जैविक विविधता संरक्षणमा ठोस कदम चालेका छन् । यद्यपि स्रोतसाधनको अभाव चेतनाको कमी र दीर्घकालीन योजनाको अभाव विद्यालयलाई इको क्लबको जानकारी नहुनु जस्ता चुनौतीहरू अझै विद्यमान छन् ।
यी चुनौतीहरूको समाधानका लागि सरकारी सहयोग अभिभावक र समुदायको सक्रिय सहभागिता र दीर्घकालीन रणनीति तयार गर्नु आवश्यक छ । इको क्लबलाई सशक्त बनाउन वित्तीय स्रोत आवश्यक सामग्री र प्राविधिक सहयोग उपलब्ध गराउनु अपरिहार्य छ । स्थानीय सरकार र गैरसरकारी संस्थाहरूले इको क्लबका गतिविधिहरूलाई थप प्रभावकारी बनाउन आवश्यक बजेट र तालिमको व्यवस्था गर्नुपर्छ ।
विद्यालयमा इको क्लबका गतिविधिहरूलाई नियमित रूपमा अनुगमन गर्ने र मूल्यांकन गर्ने प्रक्रिया पनि आवश्यक छ ताकि सुधार र प्रभावकारिता सुनिश्चित गर्न सकियोस् । विद्यालयमा इको क्लबको स्थापना र सञ्चालनले विद्यार्थीहरूमा वातावरणीय शिक्षा प्रदान गर्न मात्र होइन व्यावहारिक जीवनमा दिगो विकासका सिद्धान्तहरू लागू गर्न पनि महत्वपूर्ण योगदान पु¥याउँछ ।
इको क्लबको प्रभावकारी गतिविधिहरूले विद्यालयलाई हरित विद्यालयमा परिणत गर्दै समुदायलाई पनि वातावरणीय संरक्षणका लागि प्रेरित गर्छ । नेपालजस्तो प्राकृतिक स्रोतसाधनले सम्पन्न देशमा वातावरणीय संकटको समाधान विद्यालयस्तरबाटै सुरु गर्नु निकै राम्रो हो । इको क्लबको प्रभावकारी सञ्चालनले हरित समाज निर्माण गर्ने र जलवायु संकट समाधान गर्ने दिशामा ठोस योगदान दिन सक्छ ।
इको क्लबको महत्व र विभिन्न विद्यालयमा विविध गतिविधि सञ्चालन गरी वातावरणीय चेतना जागरूक गराउन सकिन्छ । वृक्षरोपण अभियानमार्फत विद्यालय र वरपरका क्षेत्र हराभरा बनाउन विद्यार्थीहरूलाई सक्रिय बनाउँछ । यसले फोहोरको वर्गीकरण, पुनः प्रयोग, र रिसाइकल गर्ने सीप प्रदान गर्छ, जसले विद्यालय परिसर सफा र स्वस्थ राख्न मद्दत पु¥याउँछ ।
साथै, पानीको संरक्षण र जलस्रोतहरूको प्रदूषण रोक्न सचेतना कार्यक्रम सञ्चालन गरेर विद्यार्थीलाई जल व्यवस्थापनको महत्व बुझाउँछ । जैविक विविधता संरक्षण, हरित ऊर्जाको प्रयोग र वातावरणमैत्री पूर्वाधार निर्माणको अभ्यास गराउँदै इको क्लबले विद्यार्थीहरूलाई दिगो विकासतर्फ उन्मुख बनाउँछ ।
इको क्लबले हरित समाज र दिगो विकासतर्फ जानकारी दिन्छ । विद्यालयमा इको क्लबको स्थापना र सञ्चालनले वातावरणीय संरक्षणका लागि नयाँ आयाम थपेको छ । यसले विद्यार्थीहरूलाई केवल जिम्मेवार नागरिक मात्र बनाउँदैन, उनीहरूलाई जलवायु परिवर्तनको प्रभाव कम गर्न सशक्त बनाउँछ । नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा इको क्लबको महत्व अझ धेरै छ । विद्यालयमा इको क्लबले सिकाइ र व्यवहारबीचको दूरी घटाउँदै दिगो विकासका लागि हरित भविष्य निर्माणमा योगदान पु¥याउँछ ।
इको क्लबको प्रभावकारी सञ्चालनले केवल विद्यालय मात्र होइन, समग्र समाजलाई हरित बनाउन महत्वपूर्ण भूमिका खेल्छ । यसले समग्र समाजलाई पर्यावरणीय दृष्टिकोणबाट सुधार गर्न प्रेरित गर्दछ र यसको प्रभाव विद्यालयको क्षेत्रभन्दा बाहिर पनि फैलिन्छ । विद्यालयमा इको क्लबको गतिविधिहरूले आगामी पुस्तालाई पृथ्वीका प्राकृतिक स्रोतहरूको संरक्षण गर्न सजग र जिम्मेवार बनाउँछ ।
यस्ता क्लबहरूको सहयोगले जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्नमा विश्वका विभिन्न स्थानहरूमा सशक्त कदम चाल्न सकिन्छ । विद्यालयमा ईको क्लबको आवश्यकता निकै नै छ र सबै विद्यालयले इको क्लब बनाउन निकै जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्